धनगढीः स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सुदूरपश्चिमका ३४ मध्ये ३३ क्याम्पसको नतिजा सार्वजनिक भएको छ। सार्बजनिक विवरणअनुसार नेकपा एमाले निकट अनेरास्ववियु १६ क्याम्पसमा जित निकाल्दै पहिलो विद्यार्थी शक्ति बनेको छ।
आइतबार त्रिभुवन विश्वविद्यालय अन्तरगतका ३६ वटा क्याम्पसमा निर्वाचन सम्पन्न भएको थियो। डोटी क्याम्पसमा विवादका कारण मतदान रोकिएको थियो। त्यहाँ निर्वाचन स्थगित भएको छ।
निर्वाचन सम्पन्न भएका क्याम्पसहरूको नतिजा हेर्दा सोमबार दिउँसोसम्म अनेरास्ववियुले १६ वटा क्याम्पसमा जित हात पारेको छ।
कांग्रेस निकट नेपाल विद्यार्थी संघले ८, माओवादी केन्द्र निकट अखिल ९क्रान्तिकारी० ले ८, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको क्रान्तिकारीले १ क्याम्पसमा जित हासिल गरेको छ।
बाजुराको बुढीनन्दा क्याम्पसमा भने मत गणना रोकिएको छ।
Facebook Comments Box