धनगढीः धनगढीका एक फरार प्रतिवादी पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-४ का ४३ वर्षीय मानबहादुर चौधरी पक्राउ परेका हुन् । उनलाई सोमवार कैलालीको कैलारी गाउँपालिका-३ बाट पक्राउ गरिएको प्रहरीले बताएको छ । सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार २०७५ कात्तिक १४ गते जिल्ला अदालत कैलालीले उनलाई सवारी ज्यान मुद्दामा दुई हजार रुपैयाँ जरिबानाको सुनाएको थियो ।
Author: महेन्द्रनगर पोष्ट
धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्दै एक युवक मौन अनशन बसेका छन्। गोदावरी नगरपालिका वडा नम्बर १ का पवर्तराज जोशी सुदूरपश्चिम प्रदेश सभाको प्रवेशद्धवारमा अनशनमा बसेका हुन्। धनगढीको चर्को गर्मीमा उनी मौन अनशनमा पलेटी कसेर बसेको बताइएको छ। ६ सय श्ययाको अस्पताल सञ्चालनको माग गर्दै धनगढीको गर्मीमा पनि उनी प्रदेशसभाको प्रवेशद्धवारमा छन्। सोमवार बिहानदेखि उनी अनशनमा बसेका हुन्। गेटामा विश्व विद्यालय सञ्चालनको माग गर्दै सुदूरपश्चिममा आन्दोलन जारी छ। आइतवार प्रदेशमा आमहड्ताल गरिएकोमा आज २ बजेबाट प्रदेश सभा अगाडि प्रदशर्न गरिदैछ। प्रदेश सभाका सदस्यहरुलाई सभामा प्रवेश गर्न निषेध गरिने बताइएको छ।
धनगढीः कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्व विद्यालय सञ्चालनको ऐन तयारीको चरणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड)ले बताएका छन्। सुदूरपश्चिममा विश्वविद्यालय सञ्चालनको माग गर्दै आन्दोलन जारी रहेका बेला पूर्व मन्त्री प्रेमबहादुर आलेसहितको एकीकृत समाजवादीका सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। उनीहरुसँग प्रधानमन्त्री प्रचण्डले गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालनमा ल्याउनको लागि ऐन निर्माणको चरणमा रहेको बताएका छन्। सोमवार बिहान प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतसँग भेटेका सांसदहरुले गेटामा विश्वविद्यालय सञ्चालनको माग गरेका थिए। अर्थ मन्त्री महतले संघीय संसदमा सोमवार गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको बारेमासमेत जबाफ दिने तयारी गरेका छन्। उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गेटामा दोहोरो…
काठमाडौं: अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका विजय शाही अर्को अपत्यारिलो कुरा गर्दै ‘कमब्याक’ भएका छन् । केही समयदेखि गुमनाम रहेका उनले आज बिहान टिकटकमा एक घण्टाभन्दा बढी समय लाइभ बसेर ‘मरेको मान्छे बचाउन सक्ने’ गफ दिए । आफूसँग २१ जनाको टीम रहेको भन्दै उनले मरेको चरा बचाएर देखाइसकेको दाबी गरे ।‘हामीले पूर्वमन्त्रीज्यूकै अगाडि मरेको चरा बचाइदिएका छौं । पूर्वमन्त्रीज्यू आफैंले चरा मार्नुभयो, त्यसलाई हाम्रो टीमले फेरि ज्यूँदो बनाइदियो,’ शाहीले भने । चरामा गरिएको परीक्षण सफल भएपछि अब मान्छेमा गर्न लागेको उनको भनाइ छ । शाहीको दाबीअनुसार उनको टीमले सर्पले टोकेको, पानीमा डुबेको, हृदयघात भएको र निसास्सिएर…
धनगढी: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी समेत रहेकी नेपाली काँग्रेसकी नेतृ डा. आरजू राणा देउवा नयाँ दिल्ली गएकी छन्। उनी आज राजधानी काठमाडौंबाट भारतको दिल्लीतर्फ प्रस्थान गरेकी हुन्। नेपाल वायुसेवा निगमको उडान नम्बर आरए २०५ मा बिहान पौने ११ बजे नयाँ दिल्ली गएकी उनको यात्रा विवरणवारे परिवार र नेपाली काँग्रेसले थप जानकारी दिएको छैन ।
कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन् । केही दिनयता खेतको उखु सुक्न थालेको छ । त्यसैले खेतको उखु सिँचाइ गर्नैमा दिन बित्छ, उनको । “पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, उनले भने, “खेती जगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष अत्यधिक मात्रामा उखु सुक्दै गएको उनको भनाइ छ । “यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, उनले भने, “बोरिङबाट खेतमा पानी…
धनगढी: कैलालीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको घोडाघोडी नगरपालिका–८ दीपनगरकी कृष्णादेवि चौधरी सोमवार बिहान मृत अवस्थामा भेटिएकी प्रहरीले बताएको छ । प्रहरीका अनुसार आइतवार राति आफ्नै कोठामा सुतेकी चौधरी बिहान मृत भेटिएकी हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।
पर्सा: वीरगञ्ज महानगरपालिकाको एक वडाको नाला सफाइ गर्ने क्रममा हिजो आइतवार ठुलो परिमाणमा बन्दुकमा प्रयोग हुने गोली फेला परेको छ । महानगरपालिकाका कर्मचारीहरूले वीरगञ्ज–६ मा नाला सफाइ गर्ने क्रममा प्लास्टिकको झोलामा विभिन्न हतियारमा प्रयोग हुने एक सय पाँच थान गोली फेला पारेको हो । नाइन एमएमको ३२ थान, ३८ बोरको २४ रान्ड, एसएलआरको चार राउन्ड, हर्नेटको १७ राउन्डसहित अन्य विभिन्न बन्दुकमा लाग्ने गरी एक सय पाँच राउन्ड गोली फेला परेको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । भेटिएको गोलीबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए । रासस
धनगढी : काठमाडौंबाट टर्की हुँदै जर्मनी जान लागेका एक जना यात्रुको ब्यागेजमा गाँजा फेला परेको छ । आज बिहान टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२७ को उडानमा इस्तानबुल जान लागेका पौल वेस्र्टको ब्यागेज चेक जाँच गर्ने क्रममा गाँजा फेला परेको बताइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षको एक्सरे मेसिनमा ब्यागेज परीक्षण गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो । प्रहरीले तत्काल नियन्त्रणमा लिएर जर्मन नागरिकलाई थप अनुसन्धान तथा कारवाहीको निम्ति लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पुर्याएको छ ।
डडेल्धुरा: सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ। बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो। केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ।