Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – दार्चुलाका २० हजार बढि बालबालिकालाई सोमबारबाट विद्यालयमै कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको छ । पाँचदेखि ११ वर्ष मुनिका जिल्लाभरीका २० हजार ३ सय ९२ जना बालबालिकालाई कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको हो । स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुरपरभाइजर बीरेन्द्र भट्टका अनुसार यही सोमबारदेखि १० गतेसम्म जिल्लाभरी खोप अभियान सुरु भएको छ । ९ वटै स्थानीय तहका चार सय २९ वटा खोप केन्द्रमार्फत खोप लगाउन थालिएको हो । खोप अभियानका लागि एक सय ५७ जना खोप दिने स्वास्थ्यकर्मी, ९८ जना सुपरिवेक्षक र आठ सय ९२ जना स्वयंसेवक परिचालन गरिएको छ । भट्टका अनुसार महाकाली नगरपालिकामा ६४ वटा…

Read More

काठमाडौं – आज साताको पहिलो दोस्रो दिन सोमबार छापावाल सुनको मूल्य घटेको छ । सुन २०० रुपैयाँले घटेर आज प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कायम भएको छ । साथै, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ८०० रुपैयाँमा कायम भएको छ । साथै, आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ६५ रुपैयाँमा कायम भएको छ ।

Read More

काठमाडौं – नेपाल धितोपत्र बोर्डले आइपीओ भर्दा लाग्ने सि-आश्वा शुल्क घटाउने भएको छ। आइतबार बसेको बोर्ड बैठकमा सि-आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । उनका अनुसार अब आइपीओ लगायतका सार्वजनिक निष्कासनमा अधिकतम ५ रुपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरी बोर्डमा प्रस्ताव लगेर छलफल गरिने निर्णय भएको छ । सोही अनुसार निर्णय भएर चाँडै कार्यान्वयनमा जाने अध्यक्ष हमालले बताए। सार्वजनिक निष्कासनमा बोर्डबाट सि- आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाले अधिकतम १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था रहेको छ ।

Read More

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले काठमाडौंको फोहोर व्यवस्थापनमा दक्षिण कोरियाको सहयोगको अपेक्षा गरेको बताएका छन् । नेपाल भ्रमणमा रहेको दक्षिण कोरियाको संसदीय प्रतिनिधि मण्डलले आइतबार गरेको शिष्टाचार भेटमा सभामुख सापकोटाले फोहोरमैला व्यवस्थापनमा सहयोगको अपेक्षा गरिएको बताएका छन् । सिंहदरबार कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले ‘फोहोरमैला व्यवस्थापनमा दक्षिण कोरियाले अब्बल सावित गरेको छ, अन्य सहरमा पनि सहयोगको कुरा छ, काठमाडौंको फोहोरमैला व्यवस्थापनमा कोरियाली सहयोगको अपेक्षा गरेका छौं ।’ आर्थिक र सामाजिक विकासमा दक्षिण कोरियाको निरन्तर सहयोगका लागि आभार व्यक्त गर्दै सभामुख सापकोटाले कोरियाले गरेको द्रूत विकासबाट नेपालले सिक्न चाहेको उनले बताए । सभामुखले नेपालीका लागि दक्षिण कोरिया आकर्षक रोजगारीको गन्तव्य भएको…

Read More

काठमाडौँ – मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा इलाकाबाट दुई वटा पेस्तालसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले आइतबार स्थानीय २८ वर्षीय आरिफ आलमलाई पक्राउ गरेको हो। को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अटोमेटिक चाईनिज पेस्तोल, सोको एक वटा म्यागजीन तथा एक राउण्ड गोली र एउटा सिक्सर पेस्तोलसहित पक्रेको हो। आलमले उक्त पेस्तोल सोही जिल्लाको उर्लावारी नगरपालिका ६ बस्ने २९ वर्षिय नविन धिमालले मगाएको भनि दिएको मौखिक बयानको आधारमा धिमाललाई पनि मोरङ जिल्लाको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टाबाट पक्राउ गरिएको छ। धिमालले प्रयोग गरेको को २२ प…

Read More

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदीप गिरिको त्याग, निष्ठा र समर्पणलाई सम्झेर पार्टीलाई अघि बढाउनुपर्ने बताएका छन् । “समाजवादमा प्रदीपजीको गहिरो निष्ठा थियो । पार्टीलाई सिद्धान्त र आदर्शलाई हुबहु अपनाउन प्रेरित गर्नुहुन्थ्यो । प्रदीप गिरिको नीति भनेको कांग्रेसको मौलिक नीति हो । निमुखालाई न्याय अनि विपन्नलाई आय दिने र पार्टीलाई समावेशी बनाउने उहाँको धारणा थियो । सामाजिक न्याय, भूमिसुधार, किसानलाई राहत दिने कुरामा प्रदीपजी र मेरो धारणा मिल्थ्यो । आगामी दिनमा प्रदीप गिरिजस्ता साथीहरुको त्याग, निष्ठा र समर्पणलाई सम्झेर पार्टीलाई अघि बढाउनुपर्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता…

Read More

काठमाडौं – टी–२० र एकदिवसीय क्रिकेट खेल्नका नेपाली राष्ट्रिय क्रिकेट टोली आज सोमबार केन्या प्रस्थान गर्दैछ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली आज अपरान्ह ४ बजे केन्या प्रस्थान गर्ने तयारी रहेको जनाएको छ।त्यसअघि क्यानले टोलीलाई बिदाइको कार्यक्रम रहेको छ। क्यानका अनुसार नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ। ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ। ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ। दुबै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ। नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ। राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य…

Read More

कञ्चनपुर – कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा पुरुष ९५ र महिला २० कैदी बन्दी राख्ने क्षमता रहेको छ । कारागारमा अहिले २० महिला सहित चार सय २९ पुरुषलाई राखिएको छ । ती मध्ये लागू औषध मुद्दाका मात्रै एक सय ५२ रहेका छन् । क्षमताभन्दा बढी कैदी बन्दीलाई राखिएपछि बस्नका लागि समेत समस्या भएको छ । कैदी बन्दी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ । राति सुत्नका लागिसमेत कैदी बन्दीले पालो मिलाउँदै आएका जनाइएको छ । सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको…

Read More

काठमाडौं – नेपालपछिल्लो २४ घण्टामा २८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ४२३ जनाको परीक्षण गर्दा २८६ जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा ४७९ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार ६४८ पुगेको छ।

Read More

काठमाडौं – नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रदाञ्जली अर्पण गर्न नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् । उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रदाञ्जली अर्पण गरे । शनिबारराति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो । उनी लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित थिए ।

Read More