Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल र बेलायतबीच आगामी सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो ।

Read More

कलैया – मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । सवारी नियम उलङ्घन गर्ने दुई लाख ६४ हजार ९१० साना ठूला सवारीसाधनका चालकलाई दण्ड जरिवाना गरी उक्त रकम असुल गरिएको हो । मधेस प्रदेशका ८ जिल्लाका ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा सवारी नियम उलङ्घन गरी दण्ड जरिवाना असुल गरिएको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सो क्रममा ९९ हजार ३५८ ट्रक चालकबाट रु ११ करोड ५२ लाख ४३ हजार, ७६ हजार ७१३ मोटरसाइकल चालकबाट रु चार करोड ९५ लाख ७५ हजार तथा ४७ हजार ५०५…

Read More

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए । अर्को बैठकमा समितिको सदस्य चयन गर्ने बारेमा पनि छलफल भएको छ । आजको बैठकमा केही सदस्य नआएका कारण सभापति चयन गर्ने काम अर्को बैठकका लागि सारिएको उनले बताए । बैठकमा काम ढिलो सुरु भएको र समयमै सक्ने बारेमा चुनौती रहेको बिषय सांसदहरुले उठाएका थिए ।…

Read More

काठमाडौं – प्रहरी स्कर्टिङमा फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजिएपछि स्थानीयसँग झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दीलिप लामाले बताए । धुनवेशी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए । सो क्रममा प्रहरीले झडप भएको उनको भनाइ छ । प्रहरीले दमन गर्न खोजेपछि स्थानीयबासीहरुले डाँडामा चढेर ढुंगा हान्न थालेका छन् । फोहोरको गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

Read More

काठमाडौँ – काठमाडौँ महानगरपालिका-२६ कपुरधारास्थित सार्वजनिक यात्रु प्रतीक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटासहित एकजना पक्राउ परेका छन् । दुई किलोग्राम खपेटासहित काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने धादिङ धुनिवेँशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Read More

काठामाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संघीय चुनाव झापाबाटै लड्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् चुनावबारे प्रस्ट्याउँदै उनले आफू काठमाडौँबाट चुनाव नलड्ने बताएका हुन् । ‘उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता, घरजम यता कुरै हुन्न ।’, शर्माले ट्वीटरमार्फत भनेका छन् ।

Read More

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोगमाथि अध्ययन सुरु भएको छ । महाअभियोग सिफारिस समितिको पहिलो बैठकले महाअभियोग बारे अध्ययन सुरु गरेको हो । समितिका ज्येष्ठ सदस्य रामबहादुर बिस्टको सभापतित्वमा बसेको बैठकले कार्यविधि तयार गर्ने छ । यस्तै सभापति चयनका बारेमा पनि बैठकमा छलफल हुने छ । १ फागुन २०७८ मा जबराविरुद्ध विभिन्न २१ वटा आरोप लगाएर प्रतिनिधि सभामा महाभियोग दर्ता भएको थियो । जबराविरुद्ध महाअभियोग दर्ता भएपछि २२ फागुनमा महाअभियोग सिफारिस समिति बनेको थियो । २९ फागुनमा प्रतिनिधि सभामा पेस भएको महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर २२ साउनमा महाअभियोग सिफारिस समितिमा पठाएको थियो । ११ सदस्यीय महाभियोग सिफारिस समितिमा…

Read More

काठमाडौं – सरकारले आजदेखि काठमाण्डौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलाको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाएको छ। ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन र कारोबार भए नभएको बारे आजैदेखि अनुगमन थाल्ने वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज ठाउँ ठाउँमा अनुगमन टोली खटिनेछ । ४० माइक्रोन भन्दा पातला झोला प्रयोग नगर्न नगराउन सम्झाईबुझाई गरिने छ । तर, अटेर गरेमा वातावरण संरक्षण ऐन अनुसार कारबाही गरिने उहाँले बताउनुभयो। पहिलो चरणमा झोला उत्पादन गर्ने कम्पनीमा अनुगमन हुनेछ । त्यसपछि धेरै प्रयोग हुने क्षेत्रहरूमा अनुगमन गर्ने र अनुगमनको क्रममा नियम पालना नगरेको पाइए कारबाही हुने वातावरण विभागका…

Read More

काठमाडौं – सरकारले बुधबार (१ भदौ) देखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए । सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो । बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ । गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयले आदेश छ ।

Read More

काठमाडौं – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा निर्वाचनमा भाग नलिने भएको छ । बुधवार एक भिडियो सन्देश जारी गर्दै पार्टी अध्यक्ष लामिछानेले प्रदेश सभाको निर्वाचनमा भाग नलिन निर्वाचन आयोगलाई जानकारी समेत गराइसकेको बताएका छन् । अध्यक्ष लामिछानेले प्रदेश र जिल्ला समन्वय समिति भ्रष्टाचार र खर्चको अखडा भएका कारण सुधारको माग गर्दै प्रदेश निर्वाचनमा भाग नलिने जनाएका हुन् । लामिछानेले देशव्यापी राजनीतिक भ्रमणका क्रममा प्रदेश संरचनाप्रति असन्तुष्टी देखिएको जनाउँदै स्थानीय तहलाई थप बलियो बनाएर प्रदेशसभालाई सुधारेर लैजानुपर्ने जनाएका छन् । उनले भनेका छन्,’यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन,’…

Read More