काठमाडौं – प्रहरी स्कर्टिङमा फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजिएपछि स्थानीयसँग झडप भएको छ ।
फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको अर्का स्थानीय दीलिप लामाले बताए ।
धुनवेशी नगरपालिका–१ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए ।
सो क्रममा प्रहरीले झडप भएको उनको भनाइ छ । प्रहरीले दमन गर्न खोजेपछि स्थानीयबासीहरुले डाँडामा चढेर ढुंगा हान्न थालेका छन् । फोहोरको गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
Facebook Comments Box