Author: महेन्द्रनगर पोष्ट

दार्चुला – सनराइज बैंक लिमिटेड दार्चुला शाखाले मेहेन्दी उत्सव कार्यक्रमको आयोजना गरेको छ । बैंकले नारीहरुका लागि सोमवार मेहेन्दी उत्सव कार्यक्रमको आयोजना गरेको हो । साउन महिनामा महिलाका लागि हरियो चुरा, मेहेन्दीको छुट्टै महत्व रहेकोले मेहेन्दी उत्सवको आयोजना गरेको सनराइज बैंक दार्चुला शाखाका प्रबन्धक राकेश सिंह बुढाथोकीले बताए । मेहेन्दी कार्यक्रमको महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले उद्घाटन गरेका हुन् । महिलाहरुले हातमा मेहेन्दी लगाई दिनुका साथै एक आपसमा मिष्ठान्न बाडेर उत्सव मनाएका थिए । बैंकले हरेक वर्ष साउनको महिना नारीहरुका लागि मेहेन्दी उत्सव मनाउँदै आएको छ । साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन् । महिलाहरूले आफ्ना…

Read More

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज (मंगलबार) बस्दै छ। संसद सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ। बैठकका लागि सम्भावित कार्यसूची बनाइएको छ। जसअनुसार आजको बैठकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७९ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभामुखले निर्णायार्थ प्रस्तुत गर्ने कार्यक्रम छ। यसैगरी बैठकमा तथ्यांक विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७८ छलफलका लागि प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। कार्यसूची:

Read More

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण आज (मंगलबार) बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो । सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएकामा अहिले एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पहिरो हटाएर राजमार्ग दुईतर्फी सञ्चालन गराउने काम भइरहेको उनले बताए । पृथ्वीराजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहँदा बेला–बेलामा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने गरेको छ ।

Read More

दार्चुला – दार्चुलामा एक महिनामा १ हजार ९७ जना नयाँ मतदाता थपिएका छन । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली संकलनको क्रममा नयाँ मतदाता थपिएका हुन् । निर्वाचन आयोगले गत आसार १ गतेदेखि मतदाता नामावली संकलन कार्य जारी राखेको छ । जिल्लाका दुई स्थानमा मतदाता नामावली संकलन कार्य भइरहेको छ । जिल्लाको जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन कार्य भइरहेको बताइएको छ । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदिप सिह धामीले दिएको जानकारी अनुसार दुबै ठाउँबाट एक महिनामा ५३१ जना महिला तथा ५सय ६६ जना पुरुष…

Read More

काठमाडौँ — सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले आज सोमबार विभिन्न क्षेत्रमा कार्यरत २३८ प्रहरी नायब उपरीक्षकको सरुवा गरेको छ । विभिन्न जिल्लामा कार्यरत प्रहरी उपरीक्षकको प्रशासनिक दृष्टिकोणबाट र आवश्यकता अनुसार सरुवा गर्नुपर्ने भएकोले गरिएको कार्यालयले आज सूचना जारी गरी सरुवा गरिएको जनाएको हो । सरुवा सूची:

Read More

दार्चुला – दार्चुलाबाट सञ्चालन भईरहेको विद्युतीय राहदानी (ई पासपोर्ट)सेवा रोकिएको छ । गत जेठ १६ गते देखि सञ्चालनमा आएको विद्युतीय राहदानी सेवा नेटवर्क डाउन हुदा रोकिएको हो । विद्युतीय राहदानी सञ्चालनका लागि राहदानी विभागबाट सुविसु नेटवर्क कम्पनी मार्फत नेटवर्क जडान भएको थियो । उक्त नेटवर्कमा प्राविधिक समस्या आए पछि ५ दिन देखि सेवा अवरुद्ध भएको प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । साउन ४ गते देखि आएको प्राविधिक समस्याका कारण ई पास्पोर्ट सेवा अर्को सुचना नआए सम्मका लागि स्थगित गरिएको प्रशासन कार्यालयले निकालेको सूचानमा उल्लेख गरिएको छ ।अवरुद्ध सेवा सुचारुको लागि राहदानी विभाग, त्रिपुरेश्वर काठमाण्डौ सँग पत्र तथा फोन सम्पर्क मार्फत…

Read More

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले खगेश्वर पन्थीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीका ८३ वर्षीय पिता खगेश्वरको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । सभापति देउवाले स्व पन्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतात्माको चीरशान्तिको कामना एवं जिल्ला सभापति पन्थीलगायत समस्त परिवारजनप्रति पार्टी र आफ्ना तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् । पन्थीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा यही साउन ४ गते निधन भएको हो । स्व पन्थी साविक नेपाली कांग्रेस अर्थले गाउँ कार्यसमितिका पूर्वकोषाध्यक्ष हुनुहुन्थ्यो ।…

Read More

काठमाडौं – नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै एक युवाले प्रधानमन्त्री सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् । सोमबार काठमाडौँको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा युवाले नागरिकता विधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् । उनले नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँ भन्दै नारा लगाएका थिए । त्यसपछि सुरक्षाकर्मीले उनीलाई कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए ।

Read More

काठमाडौं – अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अस्ट्रेलियाका गर्भनर जनरल डेभिड हर्लीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन्।क्यानबेरास्थित दूतावासले एक विज्ञप्ति जारी गर्दै क्यानबेरास्थित गर्भनर हाउसमा आयोजित औपचारिक कार्यक्रममा पोखरेलले हर्ली समक्ष नेपाली राजदूतका रुपमा ओहोदाको प्रमाणपत्र बुझाएको उल्लेख गरेको छ । कार्यक्रममा गर्भनर जनलर हर्लीले नेपाल र अस्ट्रेलियाको द्विदेशीय सम्बन्ध लामो रहेको स्मरण गर्दै पोखरेलको सफल कार्यकालका लागि शुभकामना दिएका थिए। हर्लीले नेपाल अस्ट्रेलियाबीच रहेको सम्बन्ध विश्वास, समझदारी र सहकार्यका कारण अझ सुमधुर र गाढा बनेकोमा खुसी व्यक्त गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । राजदूत पोखरेलले नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी तथा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट पठाइएको सन्देश गर्भनर जनरललाई सुनाएका…

Read More

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गतेको सिसिटिभी फुटेजको रिपोर्ट संसदीय विशेष छानबिन समितिलाई बुझाएको छ । प्रयोगशालाले आज (सोमबार) समितिलाई रिपोर्ट बुझाएको हो । स्रोतका अनुसार सिलबन्द रहेको रिपोर्ट भोलि (मंगलबार) बिहान समितिको बैठकमा खोलिनेछ । समितिले अर्थ मन्त्रालयबाट सिसिटिभी फुटेज मागे पनि जेठ १४ को फुटेज नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो । बजेट निर्माणमा करको दर हेरफेर गर्न अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषयमा समितिले अहिलेसम्म कुनै प्रमाण फेला पार्न सकेको छैन । समितिका सदस्यबीच तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कल डिटेल हेर्ने/नहेर्ने भन्ने विषयमा विवाद…

Read More