Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – संसदले कारागार विधेयक २०७८ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतले पारित गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए । आइतबार नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दफावार छलफल भएको थियो ।

Read More

काठमाडौँ – संसदीय छानबिन समितिको आज (आइतबार) बसेको बैठकले बजेट निर्माणको अघिल्लो रात सिंहदरबारमा को आएका हुन् भन्ने प्रमाण जुटाउनका लागि दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने भएको छ । छानबिन समितिका सदस्यसचिव सुरेन्द्र अर्यालले आज समितिका सदस्यहरूले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय भएको बताए । अर्थ मन्त्रालयभन्दा गेटमा लामो समय फुटेज रहने भएकाले नै समिति फुटेज मगाएको स्रोतले बतायो ।

Read More

भक्तपुर – भक्तपुरमा रुख ढलेर बसलाई किच्दा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएकाे छ । सल्लाघारी चोङा गणेशमा वनको रुख सडकमा ढल्दा ठिमीबाट भक्तपुर दुधपाटीतर्फ जाँदै गरेको बा २ ख ३५८४ नम्बरको बस र भक्तपुर दूधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको थियो । घाइतेहरुको इवामुरा अस्पताल, भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

सर्लाही – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नागरिकता विधेयक पास गरेर आफ्नो प्रतिबद्धता पूरा गरेको बताएका छन् । पार्टीले सर्लाहीमा शनिवार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सबाेधन गर्न बागमती आइपुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । माओवादी केन्द्रले मधेश प्रदेशमै आएर गरेको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा गरेको उनकाे भनाइ थियो । ‘हामीले अबको सदनमा नागरिकतासम्बन्धी विधेयक पास हुन्छ भनेका थियौँ ।’ उनले भने, ‘हिजोबाट मधेश र पहाडका गरी सात लाखको हाराहारीमा नागरिकताबाट पीडित युवाको समस्या समाधान गर्ने निर्णय गरिसकेका छौं । नागरिकता नपाएर पीडित बनेका युवा र सम्पूर्णमा बधाई भन्न चाहान्छु…

Read More

महेन्द्रनगर – पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिने मानिसमा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि सीमा क्षेत्रमा स्वास्थ्यकर्मीले उच्च सर्तकता अपनाएका छन् । शङ्कास्पद व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षणको कार्य सीमा क्षेत्रमै गर्ने व्यवस्था गरिएको छ । सीमा नाका गड्डाचौकीमा रहेको हेल्थडेस्कका प्रमुख तर्कराज भट्टका अनुसार दैनिक चारदेखि पाँच जनामा कोरोनाको सङ्क्रमण देखिन थालेको छ । भारतबाट फर्कने शङ्कास्पद व्यक्तिको एन्टिजेट विधिबाट परीक्षण गर्दा दैनिक नतिजा पोजेटिभ आउनेको सङ्ख्या बढ्दो रुपमा रहेको छ । एक साताको अवधिमा २२ जना बढीमा कोरोनाको सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । “आज बिहान मात्रै एन्टिजेन परीक्षण गर्दा चार…

Read More

काठमाडौँ – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रमा विश्वसनीयताको अभाव भएको बताएका छन् । उनले मुलुकको स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आज (आइतबार) आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ-नयाँ सरुवा र नसर्ने रोग बढ्दो क्रममा रहेको बताउँदै पूर्वाधार, जनशक्तिको क्षमता अभिवृद्धि र पूर्व तयारीको काम गर्नुपर्ने बताए । उपचारका लागि देश बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न लाग्नुपर्ने पनि अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । उनले भने, ‘नेपालबाट स्वास्थ्य उपचार र स्वास्थ्य…

Read More

काठमाडौँ – जिल्ला समन्वय समिति बाजुरामा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ। समन्वय समितिको निर्वाचनमा एमालेको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। नौ स्थानीय तहका मेयर र उपमेयर तथा अध्यक्ष र उपाध्यक्ष गरी १८ मतदातामध्ये एमाले एक्लैसँग १२ मत छ। समन्वय समितिको प्रमुखमा तुलसीराम रोकाया, उपप्रमुखमा लाछु सार्की तथा खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी र लालबहादुर महतरा निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी, महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा, लक्ष्मी बुढा साउद र दलित महिला सदस्यमा रम्बदेवी विक निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गत स्थानीय निर्वाचनमा बुढीगंगा र बडिमालिका नगरपालिका तथा गौमूल…

Read More

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको जानकारी दिएको छ। महासंघका अनुसार आज सुनको मूल्य बढेको हो। यस्तै, सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ छ। गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो। गत साताको बिहीबार तोलामा ९३ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ९४ हजार रुपैयाँ पुगेको थियो । एकैदिन एक हजारले बढेको सुनको मूल्य पुनः…

Read More

झापा – झापामा एउटै रूखमा झुन्डिएको अवस्थामा तीन किशोरी मृत फेला परेका छन् । कचनकवल गाउँपालिका ५ मा आइतबार बिहान एउटै रूखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीय बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको जिङ खोला किनारमा ढल्केको बयरको रूखमा उनीहरूको शव मृत अवस्थामा फेला परेको गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकका अनुसार मृतकमा स्थानीय पञ्चम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पना छन् । शनिबार दिउँसोदेखि हराएका उनीहरू आज बिहान करिब ७:३० बजे झुन्डिएको अवस्थामा फेला परेको…

Read More

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी एकीकृत कानुन निर्माणको तयारी तीव्र पारेको छ । निर्वाचनसम्बन्धी सात ऐनलाई एकीकृत गरी बन्न लागेको कानुनबारे सरोकारवालाहरूको सुझाव समेटेर सरकारलाई पठाउने तयारी गरिएको छ । सुझावका आधारमा अघि बढाउने तयारी भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ऐनहरू एक अर्कासँग मिल्दाजुल्दा भएकाले एकीकृत गर्ने तयारी गरिएको हो । आयोगले ती ऐन एकीकृत गर्न कानुन मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गरेको थियो । सैद्धान्तिक सहमति पाएपछि राजनीतिक दल, पूर्वप्रमुख आयुक्त, पूर्वआयुक्तलगायत व्यक्तिसँग छलफल गरेको थियो । सोही सुझाव समेटेर यसै साता पठाउने आयोगको तयारी छ । १० वटा निर्वाचन ऐनमध्ये राजनीतिक…

Read More