Author: महेन्द्रनगर पोष्ट

नयाँ दिल्ली – भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार मध्यरातिदेखि शुक्रबारसम्म सो संख्याका संक्रमित थपिएका शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका थिए । हाल भारतमा सक्रिय सङ्क्रमितको संख्या ८८ हजार २८४ रहेको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.२० प्रतिशत हो । पछिल्लो एक दिनमा १३ हजार २९ जना कोरोनामुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको कुल सङ्ख्या ४ करोड २७ लाख ४९ हजार ५६ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर…

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै सडक सङ्घर्षमा उत्रिएका विराटनगरका उद्योगी व्यवसायीले शुक्रबार विराटनगरस्थित आन्तरिक राजश्व कार्यालय घेराउ गरेका छन् । विरोध र्‍याली निकाल्दै ट्राफिक चोकस्थित कर कार्यालय अगाडि भेला भएका उद्योगी व्यवसायीले सीमित उद्योग पोस्न अर्थमन्त्री शर्माले करको दर हेरफेर गरेको आरोप लगाए । नेपाल उद्योग सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले अर्थमन्त्रीसँग आफूहरूले बारम्बार छलफल गरेको सुधार गर्ने भनेर आश्वासन दिएको, तर उद्योगीका माग सम्बोधन नगरिएको बताए । निरन्तर सडक सङ्घर्ष गरिरहेका उद्योगीले आइतबारबाट राजमार्ग ठप्प पार्ने चेतावनी दिएका छन् । कर कार्यालय अगाडि भएको विरोध सभामा बोल्दै नेपाल उद्योग परिसंघ प्रदेश नम्बर एकका अध्यक्ष भीम घिमिरेले राम्रा आश्वासन…

Read More

काठमाडौं – नेपालएकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पार्टीबाट मन्त्री बनेकाहरूले ध्यानाकर्षण पत्र पठाउँदै मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा स्वाभाविक मान्न नसकिने बताएका छन् । उनीहरूले आफूहरूलाई पटक-पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि पनि जनाएका छन् । आठ बुँदे ध्यानाकर्षण पत्रमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ र ६ जना सांसदको हस्ताक्षर छ । अध्यक्ष माधव कुमार नेपालले यसअघि नै अहिलेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाएका थिए । तर बजेट अधिवेशन चलिरहेको र मन्त्रीहरूले जवाफ दिनुपर्ने भन्दै तत्कालका लागि मन्त्री हेरफेरको गृहकार्य स्थगित गरिएको थियो । बजेट…

Read More

सोलुखुम्बु – सोलुखुम्बुमा पेट्रोलको मूल्य प्रतिलिटर २ सय ३० रुपैयाँसम्म पुगेको छ । सोताङ गाउँपालिकामा पेट्रोल प्रतिलिटर २ सय ३० रुपैयाँ र डिजेल प्रतिलिटर २ सय १५ रुपैयाँ रहेको सोताङका पेट्रोल पम्प सञ्चालक सन्तोष घतानीले जानकारी दिए । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि नयाँ मुल्यसूची अनुसार सदरमुकाम सल्लेरीमा पेट्रोल प्रतिलिटर २ सय १३ रुपैयाँ तीन पैसा र डिजेल २ सय ३ रुपैयाँ तीन पैसा पुगेको दुधकोशी आयल स्टोर सल्लेरीले जनाएको छ । सल्लेरीमा यसअघि पेट्रोल प्रतिलिटर १ सय ९२ रुपैयाँ तीन पैसा र डिजेल १ सय ७६ रुपैयाँ तीन पैसा रहेको थियो । सरकारले असार ५ गते रातिदेखि लागू…

Read More

काठमाडौँ- सुनको मूल्य आज शुक्रबार प्रतितोलामा ३०० रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला ९७ हजार ५०० मा कारोबार भएको सुनको भाउ आज ३०० रुपैयाँले घटेर भएर ९७ हजार २०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिन यता चाँदीको मूल्य घट्दो क्रममा छ ।

Read More

काठमाडौं – अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीकी गौरिकालाई उत्कृष्ट महिला तथा प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीको रूपमा सम्मान गरेको हो। वर्षभरको प्रदर्शन र उपलब्धिको आधारमा ओलम्पिक कमिटिले गौरिका र प्रिन्सलाई उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरेको हो। यसैगरी तेक्वान्दोकी संगीना वैद्यले उत्कृष्ट महिला प्रशिक्षकको सम्मान पाउँदा पुरुषतर्फ दीपक मगरले उत्कृष्ट प्रशिक्षकको सम्मान प्राप्त गरे। नेपाल तेक्वान्दो संघ उत्कृष्ट संघ घोषित भयो। बिबिसीका वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले एनओसी अवार्डअन्तर्गत…

Read More

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा हिजो बिहिबार बेलुका भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । प्रदेश १-०२-४४ प ६१० नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ७ बजे सडकमा बसिरहेको चौपायासँग ठोक्किएर अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २५२२ नम्बरको टिपरमा ठोकिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङको विराटनगरका अन्दजी ५० वर्षीय युवराज खतीवडाको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडी सवार मोरङकै विराटनगर उपमहानगरपालिका–१५ का ४७ वर्षीय गौतम महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर…

Read More

कैलाली – नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारविरुद्ध नै लागेको भनेर पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको छ । बिहीवार बसेको जिल्ला सचिवालय बैठकले अध्यक्ष थापालाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो । यसअघि थापालाई कैलाली इञ्चार्ज नारदमुनि रानाले २३ बुँदे आरोप लगाउँदै ७२ घण्टे स्पष्टीकरण सोध्नुभएको थियो । थापालाई पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई अपुतो भनेको, महासचिव शंकर पोख्रेल, सचिव लेखराज भट्टसहितका नेताहरु कर्ण थापा, नारदमुनि राना, गौरीशङ्कर चौधरी, कमला ओली, सन्तोष शर्मालाई राजीनामा दिन लगाउने धम्की दिएको, एमालेले एक सिट पनि…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा लुम्बिनी प्रदेशको दाङका योजना समावेश गरेको पाइएको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रममा लुम्बिनी प्रदेशको दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ को सिरङगी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको पाइएको हो। प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले भने त्यसमा आफ्नो त्रुटि नरहेको बताएका छन् । संघीय सरकारले सशर्त अनुदानमार्फत पठाएका कार्यक्रमलाई हुवहु प्रदेश सरकारले प्रकाशन गरेको बताए। ‘सशर्त अनुदानमार्फत संघीय सरकारले ७ अर्ब बढीका योजना प्रदेश सरकारलाई पठाएको छ,’ बस्नेतले भने, ‘ती कार्यक्रम परिवर्तन गर्ने अधिकार…

Read More

काठमाडौं – रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा नयाँ दलको घोषणा गरेका थिए ।

Read More