Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध जबरजस्ती करणीको उजुरी प्रहरीमा परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले अदालतबाट पक्राउ पुर्जी प्राप्त हुनासाथ आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिने बताए । उपमेयर महतोले जागिर लगाइदिने भनेर स्थानीय एक महिलालाई आफ्नै कार्यकक्षमा लगेर जबरजस्ती करणी गर्न खोजेको किटानी जाहेरीमा उल्लेख गरिएको छ । ‘सुरुमा कार्यालय बाहिर कुराकानी भयो, त्यसपछि आफ्नो कार्यकक्षको गोप्य कोठामा लगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप छ,’ जिल्ला प्रहरी कार्यालय सिरहाका एक प्रहरी अधिकृतले भने । कम्प्युटर अपरेटर पदमा जागिरका लागि निवेदन दिएकी महिलालाई दुर्व्यवहार गरेको आरोप उनीमाथि छ । महतो जनता समाजवादी पार्टीका…

Read More

काठमाडौँ – संसदीय छानबिन विशेष समितिको बैठक आज (शुक्रबार) पनि बस्दै छ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिको बैठक बस्न लागेको हो । आजको बैठकबाट शर्मामाथिको रिपोर्टिङ लेख्न सुरु गरिने जनाइएको छ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय उक्त समिति बनेको हो । समिति बनेसँगै शर्माले पदबाट राजीनामा दिएका थिए ।

Read More

हेटौंडा — नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको आजबाट सुरु हुँदैछ । बागमती प्रदेशको राजधानी हेटौंडामा अहिले बिहान ११ बजेबाट सुरु हुने महाधिवेशनको तयारी पूर भएको जनाइएको छ । महाधिवेशनको उद्घाटनका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने जनाइएको छ । महाधिवेशनमा युनियनका ७७ वटै जिल्ला शाखा, उपशाखा, काठमाडौँ उपत्यका समिति, विभिन्न प्रतिष्ठानबाट र सात वटै प्रदेश समितिका प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार ६५० जना सञ्चारकर्मीको सहभागिता रहने नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गिरिजाप्रसाद अधिकारीले बताएका छन् । महाधिवेशनबाट नेपाल प्रेस युनियनको आगामी नयाँ नेतृत्व पनि निर्वाचित हुने कार्यसूची रहेको छ । उक्त महाधिवेशनमा सहभागी हुन आएका…

Read More

काठमाडौं – प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४० औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका थिए । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु आमा र छोरा’ गरी छ उपन्यास…

Read More

काठमाडौं – आजको संसद बैठकबाट नागरिकता विधेयक संसदबाट पारित हुने भएको छ। आजको प्रतिनिधिसभाको बैठकको कार्यसूचीमा विधेयक पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने रहेको छ । गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेपछि छलफल हुनेछ । छलफलपछि विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। हेर्नुहोस् कार्यसूची

Read More

बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक आमाले बाटोमा छोरा जन्माएकी छन् । वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षिय कार्तिका बिकले बाटोमा बच्चा जन्माएकी हुन् । सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले गाउँबाट एक घण्टा भन्दा बढिको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याएका थिए । घरमा ल्याउदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानीय बल बहादुर बिकले बताएका छन् । कार्तिका बिकको जन्माएको यो तेस्रो बच्चा रहेको जनाइएकाे छ । स्वास्थ्यकर्मी होलान् भनेर लग्यौ, त्यहाँ कोही पनि स्वास्थ्यकर्मी नभएपछि फिर्ता ल्याउदै गर्दा बाटोमै छोरा…

Read More

काठमाडौं –  भाइरस संक्रमण दैनिक बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ । मन्त्रालयद्वारा आज  बिहीबार १० बुँदे सूचना जारी गर्दै सरकारी, गैर सरकारी सबै कार्यालयहरुमा तथा भिडभाड हुने ठाउँहरुमा  मास्कको अनिवार्य  प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ  । मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न उल्लेख गरेको छ ।

Read More

काठमाडौं – यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गरिने भएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिदैं नतिजामा प्राविधिकरुपमा कुनै समस्या नआओस् भनेर विद्यार्थीको विवरणहरू रुजु गर्ने कार्यलाई कडाइका साथ निगरानी गरिरहेको समेत बताए । अध्यक्ष डा शर्माले सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताए । एसईई (कक्षा १०) का परीक्षा नियन्त्रक अर्जुन रायमाझीले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बताउँदै कुनै समस्या नआए १० गतेभित्र र अन्यथा १२ गतेसम्म नतिजा…

Read More

डोटी – यहाँका स्थानीय तहले मदिरा सेवन तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन्। केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ। उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिए। वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो। वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ। यसैगरी जिल्लाकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १ हजार ६६७ पीसीआर तथा १ हजार ९०२ एन्टिजेन परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ५५४ जनाले ज्यान गुमाएका छन्। त्यस्तै बिहीबार ५६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर २ हजार ५ सय ३५ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Read More