बाजुरा – बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी एक आमाले बाटोमा छोरा जन्माएकी छन् ।
वडा नम्बर २ मा रहेको माझगाउँ स्वास्थ्य इकाइ केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा ३५ वर्षिय कार्तिका बिकले बाटोमा बच्चा जन्माएकी हुन् ।
सुत्केरी व्यथा लाग्ने बित्तिकै आफन्तले गाउँबाट एक घण्टा भन्दा बढिको दुरीमा रहेको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ स्वास्थ्यकर्मी नहुँदा उनलाई फिर्ता ल्याएका थिए ।
घरमा ल्याउदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानीय बल बहादुर बिकले बताएका छन् । कार्तिका बिकको जन्माएको यो तेस्रो बच्चा रहेको जनाइएकाे छ ।
स्वास्थ्यकर्मी होलान् भनेर लग्यौ, त्यहाँ कोही पनि स्वास्थ्यकर्मी नभएपछि फिर्ता ल्याउदै गर्दा बाटोमै छोरा जन्माएको बल बहादुर विकले एक सञ्चारमाध्यमलाई बताएका छन् ।
वडा अध्यक्ष अजय बहादुर बिकका अनुसार माझगाउँ इकाइ स्वास्थ्य केन्द्रमा कर्मचारी नभएको वताए । स्वास्थ्य केन्द्रमा सबै कर्मचारी करार रहेका थिए ।