काठमाडौं – भाइरस संक्रमण दैनिक बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ । मन्त्रालयद्वारा आज बिहीबार १० बुँदे सूचना जारी गर्दै सरकारी, गैर सरकारी सबै कार्यालयहरुमा तथा भिडभाड हुने ठाउँहरुमा मास्कको अनिवार्य प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ ।
मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न उल्लेख गरेको छ ।
Facebook Comments Box