Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रहरीले मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सडक बालबालिकाहरुलाई प्रलोभनमा पारी मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा रामेछापका हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका विजय कुँवर, दैलेखका भूपेन्द्र शाही, विमलबहादुर शाही र झापाका आशिष तामाङलाई पक्राउ गरिएको जानकारी गराएको हो। भारतमा गएर मिर्गौला दान गरेबापत जनही ५ लाख नगद र एउटा नयाँ मोबाइल सेट दिने प्रलोभनमा पारी सडक बालबालिकाहरुलाई भारत लैजाने तयारी भइरहेको सुराकी पाएपछि उनीहरुलाई गत असार २८ गते काठमाडौँको विभिन्न स्थानबाट पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक…

Read More

काठमाडौं – नेपाली सेनाको जङ्गी अड्डामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ । बैंक लिमिटडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौँमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । आइतबार नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रुपमा उक्त एक्सटेन्स काउन्टरको उद्घाटन गरेका हुन्। सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, सैनिक शाखाका शाखा प्रबन्धक श्री कृष्णाहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरुको समेत सहभागिता रहेको थियो।

Read More

काठमाडौँ – काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ । उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरूले नै गरिरहेका छन् । उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ राख्न गृहकार्य सुरुआत गरेको छ । यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसँग संवाद गरिसकेको छ । नगरप्रमुख घनश्याम गिरीलेका अनुसार उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार…

Read More

काठमाडौं- सोमबार सुन-चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेको हो।

Read More

काठमाडौं – पछिल्ला केही दिनदेखि बढी रहेको गर्मीबाट केही हदसम्म भए पनि राहत मिल्ने सम्भावना देखिएको छ । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ । मौसमविद् हिरा भट्टराईका अनुसार मंगलबार र बुधबार आजभन्दा पनि धेरै स्थानमा वर्षा हुने सम्भावना छ । ‘मंगलबार सुदूरपश्चिम, कर्णाली , गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने छ,’ मौसमविद भट्टराईले भने, ‘बुधबार एरिया कभरेज थप बढ्छ ।’ मौसमविद भट्टराईका अनुसार अहिले पाल्पा, तनहुँ, मकवानपुर, इलाम र झापामा पानी परिरहेको छ । सोमबार बिहान करिब ६ बजेतिर प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक(दुई…

Read More

काठमाडौँ – राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने भएको हो । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको आजको सम्भावित कार्यसूचीअनुसार विभिन्न पेश हुनेछन् । कार्यसूची:

Read More

काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । केन्द्रीय सदस्य तथा पदाधिकारीले धारणा राखिसकेपछि सोको निर्णय सुनाउनको लागि केन्द्रीय समिति बैठक बस्न लागेको हो । आइतबार बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको निर्णयका बारेमा गृहकार्य सम्पन्न गरे पछि आज बस्ने बैठकमा निर्णय सुनाउन लागिएको हो ।

Read More

काठमाडौँ- आज सोमबार न्यायापरिषद्‌को बैठक बस्ने भएको छ। न्यायाधीश नियुक्तिलगायतको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। उच्च अदालत र सर्वोच्च अदालतमा न्यायाधीशहरूको दरबन्दी रिक्त रहेको अवस्थामा बैठक बस्न लागेको हो। नियमित तालिकाअनुसार नै बैठक बोलाइएको हो। प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्‌मा कानुनमन्त्रीसहित अन्य चारजना सदस्य रहने व्यवस्था छ। अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा रहेकाले कामु प्रधानन्यायाधीशको अध्यक्षतामा बैठक बस्नेछ। सर्वोच्च तथा उच्च अदालतमा ठूलो संख्यामा दरबन्दी रिक्त छ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताएका छन् । भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै टेन्सन नभएको बताउदै भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिए । ‘के कारणले भेट भएन मैले पनि तपाईँहरुले जस्तै थाहा पाएको छैन । मलाई भेट भएन भनेर कुनै टेन्सन पनि भएको छैन’, सञ्चारकर्मीहरूसँग प्रचण्डले भने, ‘भेटेको भए त्यही फोटो खिच्ने कुरा त हुन्थ्यो होला त्यो भन्दा बढी हुँदैनथ्यो । मोदीसँग भेट नभएपनि…

Read More

काठमाडौं – प्रतिवन्धित लागूऔषध हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरोको टोलीले तीन जनालाई चार किलो हेरोइनसहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए। पक्राउ पर्नेमा दुई जना विदेशी र एक जना नेपाली नागरिक छन्। दक्षिण अफ्रिकाको जोहानशबर्गबाट दुबई हुँदै काठमाडौंमा असार ३१ गते शुक्रबार ६१ वर्षीय अफ्रिकी नागरिक ज्याक्वेस एन्टन एनजेलब्रेचमाथि प्रहरीले शंका गरेको थियो। उनको गतिविधि शंकास्पद देखेपछि प्रहरीले उनीमाथि निगरानी गरेको थियो। अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-२६ ठमेलको एउटा होटलबाट उनलाई प्रहरीले पक्राउ गर्यो। उनले ल्याएको सुटकेशमा फल्सबटमभित्र चार किलो हेरोइन बरामद भएको थियो। यस्तै लागु औषध भारतमा लैजान लागेको प्रहरीको भनाई छ।…

Read More