काठमाडौं – नेपाली सेनाको जङ्गी अड्डामा नेपाल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा आएको छ ।
बैंक लिमिटडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौँमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो ।
आइतबार नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका विग्रेडियर जनरल विजय थापाले संयुक्त रुपमा उक्त एक्सटेन्स काउन्टरको उद्घाटन गरेका हुन्।
सो अवसरमा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विश्वराज बराल, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, सैनिक शाखाका शाखा प्रबन्धक श्री कृष्णाहरि गौतम एवम् नेपाली सेनाका उच्च अधिकृतहरुको समेत सहभागिता रहेको थियो।
Facebook Comments Box