Author: महेन्द्रनगर पोष्ट

धनगढी : सुदूरपश्चिमका तीन राजनीतिक दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीको तत्काल राजीनामा माग गरेका छन्। नयाँ गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले आज धनगढीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्री सोडारीको राजीनामा मागेका हुन्। कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले नयाँ सरकार गठनका लागि सहयोग गर्न मुख्यमन्त्री सोडारीलाई आग्रह गरे। ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसक्नुभएको छ,’ उनले भने, ‘उहाँले विश्वासको मत लिन खोजे पनि पाउने अवस्था छैन । बजेट माथिको छलफल हुन सकेको छैन। अल्पमतको सरकारले केही ठूला निर्णयहरू पनि गर्न सक्दैन। त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौँ।’ नेता शाहले…

Read More

धनगढीः कैलालीमा माछा मार्ने क्रममा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्य भएको छ। जिल्लाको भजनी नगरपालिका–३ धुसीका चन्द्रबहादुर पाण्डेको छोरा १३ वर्षीय जनार्जन पाण्डेको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ती बालकले घर नजिकै रहेको नालामा आफ्नै घरबाट बिद्युतको तार लगेर माछा मार्ने क्रमामा करेन्ट लागेको थियो। बालकलाई करेन्ट लागेपछि उनलाई बचाउन खोज्दा सोही ठाँउ बस्ने १८ वर्षीय पारस ठगुन्नालाई समेत करेन्ट लागेर घाईते भएका छन्। घाईते ठगुन्नाको निसर्ग अस्पताल धनगढीमा उपचार भईरहेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री पठाउने विषयमा आन्तरिक छलफल बढाएका छन्। ओली भोलि प्रधानमन्त्री नियुक्त हुने भएपछि कांग्रेसले पार्टीका इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापासहित पार्टीका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेका हुन्। देउवाले यसपछि पार्टीभित्र सन्तुलन मिलाएर विवाद नआउनेगरी पार्टीबाट सरकारमा मन्त्री पठाउने तयारी गरेका छन्। पार्टीबाट मन्त्री बनाउन मापदण्ड बनाउनको लागि आजै केन्द्रीय कार्यसम्पादन समितिको बैठक राखेका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति हुने उनले बताए। देउवाले यसपटक आफूलाई १४…

Read More

धनगढी : नेपालगन्जको टाङ्गा स्टेण्ड नजिकै गएराति भएको झडपकामा खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ। स्थानीयहरुको जमघट भएको स्थानमा एक स्कुटर र एक मोटरसाईकलमा आएका दुई जनाले विवाद निकाल्दै झगडा गरेपछि खुकुरी प्रहार भएको हो। उक्त घटनामा ३८ वर्षीय इरसाद कबडीयाको मृत्यु भएको स्थानीयले बताएका छन्। झडपमा संलग्न फैजान अन्सारी घाइते अवस्थामा रहेको र उनको मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले शंकर नेपालीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए । खुकुरी प्रहार गर्ने दुबै जना फरार रहेका छन् भने प्रहरीले उनीहरुको खोजी कार्य तिब्र पारेको छ। घटनास्थलबाट से ७ प ४२५३ नम्बरको मोटरसाईकल…

Read More

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ । साथै ओली सरकारमा पठाउने मन्त्रीहरूबारे पनि आज निर्णय लिने पार्टीको तयारी छ ।

Read More

काठमाडौँ : शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र यात्रु खोजी क्रममा आज (शनिबार) एउटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालका अनुसार दुर्घटनास्थलभन्दा ५० किलोमिटर पश्चिम नारायणी नदीमा आज बिहान एक भारतीय नागरिकको शव फेला परेको हो। ‘दुर्घटनास्थलबाट झन्डै ५० किलोमिटर पश्चिम भरतपुर महानगरपालिका–२८, गोलाघाट भन्ने ठाउँमा शव फेला परेको हो । शवको साथमा भेटिएका बैंकका एटीएम कार्ड र भारतीय आधार कार्डबाट उनको नाम ऋषिपाल साह भन्ने खुलेको डीएसपी रिजालले बताए। काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँ आउँ गरेको…

Read More

काठमाडौं : असार २९ अर्थात् भानुजयन्ती, नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मदिन। नेपाल तथा नेपालीभाषी रहेका विश्वका विभिभन्न देशमा विविध कार्यक्रम गरी शनिबार २११औँ भानुजयन्ती मनाइँँदै छ। आदिकवि आचार्यको जन्म तनहुँको चुँदी रम्घामा २०९ वर्षअघि अर्थात् १८७१ असार २९ गते भएको हो। धनञ्जय आचार्य र धर्मावती देवीका छोरा भानुभक्तको शिक्षादीक्षा बाजे श्रीकृष्ण आचार्यले गरेका थिए। भानुभक्तले भारतको वाराणसीमा पनि केही समय शिक्षा लिएका थिए। भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरेका थिए। रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, वधुशिक्षा र रामगीता लगायत उनका थुप्रै फुटकर रचना नेपालीभाषीमाझ लोकप्रिय छन्। उनको निधन १९२५ मा भएको थियो।

Read More

धनगढीः धनगढी–अत्तरिया छ लेन सडकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–५ गेटामा माछापालनको गेट नजिक अत्तरियाबाट धनगढी तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ३३३७ नम्बरको मोटरसाईकल छाडा गोरुसंग ठोक्किदा चालक धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका ३५ वर्षीय भीमबहादुर पुनको गएराति मृत्यु भएको हो। मोटरसाईकल गोरुसंग ठोक्किदा पुन गम्भिर घाईते भएका थिए। उनको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गोरुपनि घटना स्थलमानै मरेको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढी : बाँकेमा साढे २४ लाखभन्दा बढी रकमसहित चार जना हुण्डीकारोबारी पक्राउ परेका छन् । बाँकेका प्रहरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका – १८ का २९ वर्षीय राजु भुजु श्रेष्ठ, नेपालगञ्ज – ३ का २५ वर्षीय सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका – ७ का २९ वर्षीय निमबहादुर बोहरा र कञ्चनपुरको भिमदत्त नगरपालिका– ७ घर भइ बाँकेको नेपालगञ्ज – ३ बस्ने ३० वर्षीय राहुल देवल पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा उनीहरुलाई शुक्रबार नेपालगञ्ज – १२ बेलासपुरस्थित टिभी, फ्रिज मर्मत गर्ने पसलबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । टिभी र फ्रिज मर्मत गर्ने पसलमा बिगतदेखि नै अवैध रुपमा हुण्डीकारोबार हुँदै आएको…

Read More

काठमाडौं : भारतको उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदैछ । लिफ्ट सफाइको लागि अहिले बिहान ६ बजेदेखि भोलिसम्म बाँध खोल्न लागिएको हो । भारतीय पक्षले गराएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । बाँध खोलेका बेला र खोलिएको केही घण्टापछिसम्म महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । लगातारको वर्षा र बाँध खोलिएपछि महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले सावधानी अपनाउन भनिएको हो । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध…

Read More