Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राजनीतिमा लागेर नागरिकको अवस्था बदल्न अग्रसर भएका रवि लामिछाने कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गरेका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् । लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताउदै आफू भएका दलहरुवले नागरिकको आशा विपरीत काम नगर्ने बताए । उनले अहिलेको राजनीतिक दलको प्रवृतीप्रती पनि दोष देखाए ।जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उनले लगाए ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने,’नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने कुरा अनुभवले देखाइसकेको विषय हो । विशेषतः नसर्ने रोगको रोकथाम, उपचार र…

Read More

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले समाचार संकलन गर्न गएका पत्रकारमाथि धरपकड गरेको छ । प्रहरीले सोमबार राती भीमदत्त नगरपालिका १८ महेन्द्रनगर गल्ली नम्बर ४ मा सडक कालोपत्रे गर्नका लागि अलकत्रा बोकेको ट्याङकरमा आगलागी भएको घटना बारे समाचार संकलन गर्न गएका पत्रकार रवि विवसमाथि निष्कृष्ठ अमानविय दुव्र्यवहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले पत्रकार विवसमाथि दुव्र्यवहार गर्दै शक्तिको आडमा जबरजस्त पक्राउ गरी हिरासतमा राखेको थियो । प्रहरीसंग विवाद गरेको निहुँ बनाएर प्रहरी निरीक्षक ठगुन्नाले मानव अधिकार उलङघन हुने गरी पत्रकार विवसलाई जबरजस्त गाडीमा धकेलेर हिरासतमा राखेका थिए । पत्रकार विवसको प्रहरीको धरपकडबाट नाक सहित शरिरमा चोट…

Read More

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्षबीच धेरै विषयमा विमति रहने भए पनि राष्ट्रिय हित, विदेश नीतिमा विमति हुनु नहुने बताएका छन् । मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञावलीले एमसीसीलाई देशभित्र गिजोलिएको र झण्डै भूराजनीतिक द्वन्द्वको अवस्थामा पुगेको बताए । दलहरूले सत्तामा रहँदा आफैले हस्ताक्षर गर्ने र सत्ता बाहिर रहेपछि राजनीतिक तथा दलीय स्वार्थका कारण गिजोलेको उनले बताए । नेपालले अहिले भूराजनीतिक बदलाव र त्यसका बाछिटा भोगिरहेको उल्लेख गर्दै उनले देशको अस्मिता जोगाउन हाम्रा पुर्खाले देखाएका कुशलताबाट पनि धेरै कुरा सिक्न सकिने प्रस्ट पारे । नेपालको संविधानले इतिहासमा पहिलो पटक राष्ट्रिय हितको…

Read More

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। । हिजो सोमबारको तुलनामा आज मंगलबार सुन-चाँदीको मूल्य स्थिर छ। अघिल्लो दिन पनि सुन-चाँदी सोही मूल्यमा कारोबार भएको थियो। यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारदेखि चाँदीको मूल्यमा भने स्थिरता कामय छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेर प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – काठमाडौँमा बलात्कारपछि लुटपाट गरी फरार भएका आरोपित पक्राउ परेका छन्। काभ्रे तेमाल गाउँपालिका-९ घर भई बनेपामा डेरा गरी बस्दै आएका ३० वर्षीय भोटे भनिने विश्व तामाङलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो। जेठ २९ गते राति एक २४ वर्षीया महिलालाई फकाएर विवाह गर्ने प्रलोभनमा पारी बलात्कारपछि लुटपाट गरेर तामाङ फरार भएका थिए। प्रलोभनमा पारेर ती पीडितलाई काठमाडौँ महानगरपालिका-११ भोटेबहालस्थित एक गेस्ट हाउसमा लगेका थिए। त्यहाँ लगेर पीडितलाई पेय पदार्थमा लट्ठिने पदार्थ मिसाएर खुवाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त दिन पीडितले आफूसँग १ लाख…

Read More

काठमाडौं – सर्वसाधारणमा सेयर जारी नगरेका बिमा कम्पनीहरू मर्जरमा जान सक्ने भएका छन् । पछिल्लो समय बिमा कम्पनीहरूलाई मर्जरमा जान समितिले दबाब दिइरहेको र फोर्स मर्जरमा जानका लागि विभिन्न किसिमका सुविधाहरू दिइरहेको छ । यसैका लागि हालै गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी थप व्यवस्थासहित परिपत्र जारी गरेको छ । जसमा सर्वसाधारणमा सेयर जारी गरिसकेका वा गरिनसकेका इजाजतपत्र प्राप्त बिमकहरू एक आपमा मर्जरमा जान मिल्ने समितिले जनाएको छ । तर, मर्जरमा गएका बिमा कम्पनीको कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणमा बिक्री वितरण नभएको अवस्थामा त्यस्तो नपुग अंश सर्वसाधारणमा जारी गर्ने व्यवस्थासम्बन्धित् बिमा कम्पनीले गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।…

Read More

काठमाडौं – सरकारले हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज (मंगलबार) मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि नबढाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सबै सरकारी निकायहरुले कूटनीतिक सम्बन्धका विषयमा पत्राचार गर्दा अनिवार्यरूपमा परराष्ट्र मन्त्रालयमार्फत गर्ने निर्णयसमेत गरेको छ । यसैगरी बैठकले राष्ट्रिय समाचार समिति(रासस)को अध्यक्ष पदमा वरिष्ठ पत्रकार धमेन्द्र झा (धनुषा)लाई नियुक्त गर्ने निर्णय गरेको छ । राससका नवनियुक्त अध्यक्ष झा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष हुन् । मन्त्रिपरिषद्ले बैठकले नेपालको…

Read More

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव स्वास्थ्यका लागि नियमित योग आवश्यक रहेको बताएका छन् । आठौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज बिहान जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले योगाभ्यासले मानवलाई स्वस्थ राख्ने भएकाले योग शिक्षामा जोड दिनुपर्छ भने । स्वस्थ्य रहन मानवले दैनिक एक घण्टा योग गर्नुपर्ने जनाउदै मुख्यमन्त्री राउतले कार्यव्यस्थताका बाबजुद मानवले स्वस्थ्य रहन दैनिक कम्तीमा एक घण्टा योग गर्नुपर्ने बताए। “स्वास्थ्य नै महत्वपूर्ण कुरा हो”, उनले भने, “स्वस्थ रहन योग आवश्यक छ, त्यसैले नियमित योग गरौँ र निरोग रहौँ ।” योग गर्दा स्वस्थसँगै सोच र विचारमा पनि परिवर्तन आउने उनको भनाइ थियो ।…

Read More

बैतडी – तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो । घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दै जाँदा भारत जाँदै गरेको अवस्थामा सीमानाका त्रिनगरबाट उद्धार गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । उनले भने, “घरपरिवारले हुलियासहित हामीलाई निवेदन दिएको थियो, हामीले सीमा क्षेत्रमा पनि सञ्चार गरेका थियौँ, त्रिनगरबाट उद्धार गरिएको खबर आएको छ ।” उद्धार गरिएकी युवतीको घरपरिवारलाई खबर भइसकेको प्रहरीले जनाएको छ । भारतमा कोही आफन्त नरहेको र सररस्वती किन भारत जाँदै थिइन् भन्ने खुल्न नसकेको र प्रहरीले थप अनुसन्धान गरिरहेको…

Read More