Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सरकारले विनोदप्रकाश सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिको सिफारिसका मन्त्रिपरिषद्को सोमबारको बैठकले सिंहलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । उनी यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सहसचिव थिए । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा ३१ जेठमा बसेको बढुवा सिफारिस समितिको बैठकले सिंहको नाम सचिव बढुवामा सिफारिस गरेको थियो ।

Read More

काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मंगलबार विहान ११ बजे निर्वाचन आयोगको कार्यालय जाने भएका छन्। आयोगको कार्यालय पुगेर उनीहरुले प्रवासी नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको ध्यानाकर्षण गराउन लागेका हुन्। विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दाको समस्या लगायतका विषयमा कुरा गरिने महामन्त्री शर्माले जानकारी दिए। महामन्त्रीद्वय थापा र शर्माले सोमबार उक्त विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका थिए। सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि कानुन निर्माण गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ। तर आयोगले विदेशमा भएका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउन सकेको छैन। आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रवासी…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दैछ। बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ ।आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ ।संघीय संसद सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर पनि प्रस्ताव प्रस्तुत गरिनेछ । आजको बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले विरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्…

Read More

काठमाडौं – सरकारले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने भएकाे छ । मन्त्रिपरिषद्‍काे अ‍ाज बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे । यसकाे लागि सरकारले अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको छ । पहिलो पटक सन् २०१५ मा नेपाली सेनाले एसपीपीकाे लागि पत्र लेखेको थियो । एसपीपी सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद विगत केही दिनदेखि चर्काचर्की चलिरहेकाे छ ।

Read More

महेन्द्रनगर – महेन्द्रनगर भिमदत्त नगरगरपालिकाको गल्ली नम्बर ४ मा भीषण आगलागी भएको छ । दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको छ । सडक कालोपत्रको लागी राखिएको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। आगलागीबाट के कति क्षति भयो ? सो बारे विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

Read More

दार्चुला – आर्थिक वर्ष २०७९/८० का लागि सुदूरपश्चिम प्रदेश सरकारबाट हस्तान्तरण हुने विभिन्न किसिमका अनुदानहरु प्राप्त भएका छन् । दार्चुलामा प्रदेश अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहमा जाने अनुदान मध्ये सबै भन्दा बढी अनुदान शैल्यशिखर नगरपालिकाले पाएको छ । नेपालको कानुनी व्यवस्था अनुसार संघीय सरकार र प्रदेश सरकारबाट स्थानीय तहहरुले समानीकरण अनुदान, सर्शत अनुदान, विषेश अनुदान र समपूरक अनुदान गरि चार प्रकारको अनुदान पाउने गरेका छन् । प्रदेश सरकारले समानीकरण अनुदान, विषेश अनुदान र समपुरक अनुदानको बाँडफाँड गरेको छ भने सर्शत अनुदानको बाँडफाँड गर्न बाकि रहेको छ । प्रदेश सरकारबाट शैल्यशिखर नगरपालिकामा समानीकरण अनुदान १ करोड ५ लाख ७२ हजार, विषेश…

Read More

बैतडी – बैतडीको पज्यूनयाँमा साेमबार जीप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु थिएनन् । जीप दिउँसो ३ बजेतिर दुर्घटना भएको हो । घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सन्जय धामीले बताए । जीप पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको उनले बताए ।

Read More

काठमाडौं – सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । मानव बेचविखन मुद्दामा जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रकाश ढुंगानाले सो आदेश गरेका हुन् । पाण्डेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले दुईवटा मुद्दा दर्ता गरेको थियो । बाल यौन दुर्व्यवहार गर्न नहुने कसुरमा १ लाख धरौटी माग्ने आदेश भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख गंगाप्रसाद पौडेलले बताए । सुन्दरी प्रतियोगितामा भाग लिएकी युवतीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई जेठ ७ मा काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको थियो । अदालतको आदेशपछि पाण्डेलाई डिल्लीबजार कारागार…

Read More

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै हवाई भाडासमेत वृद्धि भएको छ । नेपाल वायु सेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी आन्तरिक हवाई सेवाको भाडादर वृद्धि गरेको हो । सोमबार एक सूचना जारी गर्दै संघले आन्तरिक हवाई उडानको फ्यूल सर्चाज न्यूनतम १७० रुपैयाँदेखि अधिकतम ८४० रुपैयाँसम्मले वृद्धि गरिएको जनाएको छ । नयाँ मूल्य अनुसार अब सबैभन्दा बढी काठमाडौँ–धनगढी रुटमा ८४० रुपैयाँले भाडा बढ्नेछ । सो रुटका लागि अब हवाई सेवा प्रदायकले एक व्यक्तिबाट अधिकतम १६ हजार ८०५ रुपैयाँसम्म लिन पाउने छन् । यस्तै, सबैभन्दा कम काठमाडौँ–सिमरा ७० रुपैयाँले बढेको भाडा अनुसार अधिकतम ४ हजार १९५ रुपैयाँ तोकिएको छ । आइतबार नेपाल आयाल…

Read More

काठमाडौं – राष्ट्रिय सभाको बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, परराष्ट्र मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल हुनेछ। सोमबारको बैठकमा विनियोजन विधेयक (बजेट), २०७९ अन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकहरुमाथि छलफल भएको छ।

Read More