दार्चुला – आर्थिक वर्ष २०७९/८० का लागि सुदूरपश्चिम प्रदेश सरकारबाट हस्तान्तरण हुने विभिन्न किसिमका अनुदानहरु प्राप्त भएका छन् ।
दार्चुलामा प्रदेश अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहमा जाने अनुदान मध्ये सबै भन्दा बढी अनुदान शैल्यशिखर नगरपालिकाले पाएको छ ।
नेपालको कानुनी व्यवस्था अनुसार संघीय सरकार र प्रदेश सरकारबाट स्थानीय तहहरुले समानीकरण अनुदान, सर्शत अनुदान, विषेश अनुदान र समपूरक अनुदान गरि चार प्रकारको अनुदान पाउने गरेका छन् ।
प्रदेश सरकारले समानीकरण अनुदान, विषेश अनुदान र समपुरक अनुदानको बाँडफाँड गरेको छ भने सर्शत अनुदानको बाँडफाँड गर्न बाकि रहेको छ ।
प्रदेश सरकारबाट शैल्यशिखर नगरपालिकामा समानीकरण अनुदान १ करोड ५ लाख ७२ हजार, विषेश अनुदान २५ लाख, समपूरक अनुदान ८० लाख गरि जम्मा अनुदान २ करोड १० लाख ७२ हजार प्राप्त भएको छ ।
त्यसैगरि महाकाली नगरपालिकामा समानीकरण अनुदान १ करोड ८ लाख ४६ हजार, विषेश अनुदान २५ लाख र समपुरक अनुदान ७४ लाख गरि जम्मा २ करोड ७ लाख ४६ हजार अनुदान प्राप्त भएको छ भने मालिकार्जुन गाउँपालिकामा समानीकरण अनुदान ८६ लाख ५२ हजार, विषेश अनुदान ६५ लाख र समपूरक अनुदान ४५ लाख गरि जम्मा १ करोड ९६ लाख ५२ हजार अनुदान प्राप्त भएको छ ।त्यसैगरि व्याँस गाउँपालिकामा समानिकरण अनुदान ६७ लाख १४ हजार, विषेश अनुदान २५ लाख र समपूरक अनुदान १ करोड ८७ हजार गरि जम्मा १ करोड ९३ लाख १० हजार अनुदान प्राप्त भएको छ भने दुँहु गाउँपालिकामा समानीकरण अनुदान ६८ लाख २७ हजार, विषेश अनुदान २५ लाख र समपुरक अनुदान ९० लाख गरि जम्मा १ करोड ८३ लाख २७ हजार बजेट प्राप्त भएको छ ।
नौगाड गाउँपालिकामा समानीकरण अनुदान ८२ लाख २० हजार, विषेश अनुदान २५ लाख र समपूरक अनुदान ४० लाख गरि जम्मा १ करोड ४७ लाख २ हजार अनुदान प्राप्त भएको छ । मार्मा गाउँपालिकामा समानीकरण अनुदान ८२ लाख ४८ हजार, विषेश अनुदान ३८ लाख ६० हजार र समपूरक अनुदान २५ लाख गरि जम्मा १ करोड ४६ लाख ८ हजार अनुदान प्राप्त भएको छ ।
लेकम गाउँपालिकामा समानीकरण अनुदान ८२ लाख ९५ हजार, विषेश अनुदान २० लाख र समपूरक अनुदान ३२ लाख गरि जम्मा १ करोड ३४ लाख ९५ हजार अनुदान प्राप्त भएको छ । अपिहिमाल गाउँपालिकामा समानीकरण अनुदान ५३ लाख ३० हजार, विषेश अनुदान २५ लाख र समपूरक अनुदान १४ लाख गरि जम्मा ९२ लाख ४० हजार अनुदान प्राप्त भएको छ ।
‘