Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एबं पुर्वमन्त्री प्रकाश शरण महतले लगानीकर्ताका माग सम्बोधन गर्न प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिइसकेको बताएका छन् । प्रवक्ता महतले भने ‘प्रधानमन्त्रीले लगानीकर्ताहरुका जायज मागहरु पुरा गर्न अर्थमन्त्रीलाई निर्देशन दिईसक्नु भएको छ अब छिट्टै लगानीकर्ताहरुको माग सम्बोधन हुन्छ लगानीकर्ताहरुको मागप्रति सरकार सकारात्मक छ ।’ अर्को प्रसंगमा बोल्दै महतले भने ‘सेयर कर्जामा जसरी ४/१२ को क्याप लगाईएको छ वास्तवमा त्यो आवश्यक नै छैन यो खारेज नै हुनुपर्छ ।’आइतबार अनसनरत लगानीकर्ता तिलक कोईरालालाई भेट्दै महतले लगानीकर्ताहरुको माग सम्बोधनका लागि पहल गर्ने बताएका थिए ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल आबद्ध हुन नसक्ने भनी पत्राचार गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापतिसमेत रहेका देउवालाई भेट गरी उनीहरूले राष्ट्रिय सहमति निर्माण गरी एसपीपीमा कहिल्यै सहभागी नहुने गरी पत्राचार गर्न सुझाव दिएका हुन् । शर्माले भने, ‘एसपीपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्‍याएर यो प्रकरण सदाको लागि बन्द गरिदिनुस् । विदेश नीतिको अन्य सन्दर्भमा पनि प्रमुख प्रतिपक्ष लगायत राजनीति दललाई बोलाए साझा धारणा तय गर्न प्रारम्भ गरौँ ।’

Read More

काठमाडौं – पर्यटन व्यवसाय आबद्ध सङ्गठनहरूले पर्यटनमन्त्री प्रेम आलेलाई बर्खास्त गर्न माग गरेका छन् । मन्त्री आलेले अश्लील बोलेको अर्को अडिओ बाहिरिएसँगै उनीविरुद्ध आलोचना भइरहँदा नेपाल पर्यटन व्यवसायी सङ्घ, नेपाल पर्यटन व्यवसायी सङ्गठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले संयुक्त विज्ञप्तिमार्फत प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आलेलाई बर्खास्तको माग गरेका हुन् । मन्त्री प्रेम आलेले विगतदेखि वर्तमानसम्म सर्वसाधारणदेखि मातहतका कर्मचारीमाथि असभ्य र अश्लील गाली बेइज्जती र गुण्डागर्दी पदीय मर्यादा र जिम्मेवारीविरुद्ध रहेको भन्दै ती सङ्गठनले आपत्ति जनाएका छन् । ‘आफ्ना कार्यकर्ताहरूलाई जागिर नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुसम्मका दुर्व्यवहारजन्य र मन्त्री प्रेम आले एकपछि…

Read More

काठमाडौं – संसदमा मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले मूल्यवृद्धिबारे मन्त्रीको जवाफ माग गरेका हुन् । एमाले सांसद पद्मा अर्यालले मूल्यवृद्धिबारे सरकारले जवाफ दिनुपर्ने माग गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई जवाफ दिन रुलिङ गरेका छन् । प्रतिनिधिसभाको आज (सोमबार)को बैठकमा एमाले सांसद अर्यालले मूल्यवृद्धिले जनतालाई आहात बनाएको भन्दै मन्त्रीले जवाफ दिनुपर्ने माग गरिन् । ‘मूल्यवृद्धि गरेर जनतालाई आहात दिइएको छ । जनताको जीवन कष्टकर बनाइएको छ । एमाले टुलुटुलु हेरेर बस्न सक्दैन । यति छोटो समयमा किन यति धेरै मूल्यवृद्धि गर्ने अवस्था किन आइलाग्यो ?, उनको माग थियो, किन बढाइयो भन्ने विषयमा मन्त्रीले…

Read More

काठमाडौँ – नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखले नै महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने बताएका हुन् । उनले भने, ‘यस महाअभियोग प्रस्तावमा सभामुख ज्युको जिम्मेवारी र दायीत्य हुन्छ कि हुँदैन ? हुन्छ भने सभामुखले कहिलेबाट हामीले महाअभियोग समितिले विषयवस्तु पाउने ? काम गर्न पाउने ? देश र जनताले उठेका प्रश्नहरुको जवाफ पाउने ? यस बारेमा सभामुखजीको बिचार संसदले जानकारी चाहन्छ ।’ आफु ११ सदस्यीय महाअभियोग सिफारिस समितिको सदस्य समेत भएको उल्लेख गर्दै सांसद पण्डितले थपे, ‘जिम्मेवारी नपाएकोले गर्दा…

Read More

सुनसरी- बराहक्षेत्र नगरपालिका–१ बगुवास्थित सडकमा को.२ ह ८९८५ नम्बरको टेम्पोलाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टेम्पोमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतरा बस्ने १७ वर्षीया स्टिफिना राई रहेकी छन् । टेम्पोलाई खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा, ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र वेश क्याम्प चतराबाट संयुक्त टोली उद्दारमा खटिएको थियो । उद्धार टोलीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ६ सय मिटर तल उनको शव फेला पारेको हो । साथै घाइते भएका अटोमा सवार रसुवा गोसाइकुण्ड गाउँलिका–६ धुन्चे बस्ने १८ वर्षीया आनिया तामाङ चतरा अस्पतालमा सामान्य उपचार पश्चात डिश्चार्ज भएकी छन् ।…

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल आयल निगमलाई पत्र बुझाएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको कारण माग गर्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले निगमलाई पत्र बुझाएको हो । सोमबार पेट्रोलियम पदार्थमा लाग्ने खर्चका बारे र मूल्यवृद्धिको कारण माग गर्दै पार्टीका तर्फबाट ज्ञापनपत्र बुझाइएको शाहीले बताए । राप्रपाले पेट्रोलियम पदार्थको कच्चा मूल्य, सुद्धिकरण चार्ज, कर, भाडा दर लगायतका बिषयमा जानकारी माग गरेको छ । त्यस्तै नेपालका भिभिआपीलाई कति तेल उपलब्ध गराइन्छ र निगम कर्मचारीहरूको बोनस कति छ भन्ने जानकारी पनि माग गरिएको छ। आयल निगमले सोमबारदेखि लागू हुने गरी पेट्रोलको भाउ लिटरको १९९ र डिजेलको १९२ रुपैयाँ पुर्‍याएपछि…

Read More

काठमाडौं – नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको छ । त्यसअघि पहिले ब्याटिङ गरेको बहराइनले ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन । कविता कुँवरले अविजित ३ रन झारिन् । इन्दु वर्मा सुन्य रनमा आउट हुँदा कप्तान रुबिना क्षेत्री सुन्य रनमा अविजित रहिन् । बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक एक विकेट लिईन् । त्यसअघि पहिले…

Read More

काठमाडौं – आठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेषभाव र मन मुटाव नराखी एक आपसमा सदभाव, सौहार्दता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताए । योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने समेत उनले जनाए । गृहमन्त्री खाणले जीवनलाई शान्त, फलदायी र उत्पादनमुलक बनाउन योग प्रभावकरी…

Read More

काठमाडौं – नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै सार्वजनिक सवारी साधनको मूल्य समेत बढेको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्टरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाएको हो । विभागले स्वचालित प्रणाली बमोजिम आजदेखि नै बढेको मूल्य लागु हुने जनाएको छ । विभागले यात्रुवाहक सवारीमा ५.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ट.९४ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाएको हो ।

Read More