Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा एमालेले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिलाई आजबाट दिने दुई दिने प्रशिक्षण सुरु भएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित प्रशिक्षण कार्यक्रमको नेकपा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरेका छन् । प्रशिक्षण कार्यक्रममा देशभरबाट पार्टीको प्रतिनिधित्व गरी निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले प्रशिक्षण दिने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । एमालेबाट २०५ जना पालिका प्रमुख र २४० जना उपप्रमुखहरु निर्वाचित भएका छन् ।

Read More

धनगढी – नक्कली नोट छाप्ने गरेको आरोपमा कैलाली प्रहरीले एक जना फोटो स्टुडियो सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–८ स्थित बी युनिक फोटो स्टुडियोका सञ्चालक २१ वर्षीय रामदास रानालाई फोटो स्टुडियोमा नक्कली नोट छाप्ने गरेको आरोपमा पक्राउ गरेको हो । यसैगरी, हजारको एक थान नक्कली नोटसहित सोही ठाउँका १८ वर्षीय अनुराग रानालाई पनि पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अनुरागले धनगढीको मायामेट्रो अस्पतालमा एक हजारको नक्कली नोट दिंदा जाली नोट छाप्ने गरेको तथ्य पत्ता लागेको हो । बुधबार साँझ अनुरागले चलाएको लु८५ प५१८४ नम्बरको मोटरसाइकलले धनगढी उपमहानगरपालिका–५ हसनपुरका १६ वर्षीय टेकबहादुर छेडाललाई ठक्कर दिएपछि दुवै…

Read More

काठमाडौं – सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० कायम गरिएको छ । त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

दमौली – पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु भएको छ । मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको ग १ क ४४६९ नम्बरको मिनि टिपर दुर्घटनामा सोही टिपरका चालक म्याग्दे–६ मनपाङ निवासी ४७ वर्षीय रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए । दुर्घटनामा घाइते दमैको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई आज बसेको स्थायी कमिटीले अनुमोदन गरेको उहाँले बताउनुभयो । “उचित समयमा बजेटको काम सकिएपछि हामीले नयाँ मन्त्री पठाउनेछौँ”, उहाँले भन्नुभयो । यस्तै बैठकले राष्ट्रिय हितमा प्रतिकूल पार्ने कुनै पनि किसिमका सन्धि सम्झौता गर्न नदिने र सरकारले त्यो कुरामा सजक गराइने निर्णयसमेत गरेको उहाँले जानकारी दिनुभयो । पार्टीले…

Read More

रौतहट – सशस्त्र प्रहरीले रौतहटको सीमावर्ती क्षेत्र बंकुल चौकबाट नेपाली र भारु नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाको टोलीले आज बिहान भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोटसहित पक्राउ गरेको हो । पक्राउ परेका सक्सेनाको साथबाट नेपाली एक हजार दरका ५० थान, भारु २ हजार दरका २३ थान र भारु ५ सय दरकख १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताए ।

Read More

सुर्खेत – सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको सङ्ख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारीले बताए । यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लाग्यो भनेर राष्ट्रवादको झुटो प्रचार भइरहेको बताएका छन् । रितबहादुर खड्का स्मृति दिवसका अवसरमा पेरिस डाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दाबी गरेका छन् । प्रचण्डले भने, ‘अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ । हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरू नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दै छन्, त्याचे बिल्कुल झुटो हो । गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ…

Read More

काठमाडौं – समयमै काम सम्पन्न नगर्ने २० ठेकेदार कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिविद्धताबमोजिम काम नगर्ने ठेकेदार र ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरेको हो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा(१) अनुसार उनीहरूलाई एक वर्षदेखि तीन वर्षसम्म सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् । यी हुन् कालो सूचीमा परेका कम्पनी तथा ठेकेदार :

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि र पशुपन्छी क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिएको छ । प्रदेशसभाको बुधबारको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री प्रकाश रावलले प्रस्तुत गर्नुभएको आव २०७९/८० को बजेटमा ‘आत्मनिर्भर कृषिः प्रदेशको समृद्धि’, नमूना गाउँ आफैँ बनाऔँ, ‘प्रदेश सरकारः कृषकको अभिभावक’, ‘एक खेतमा तीन बालीः उत्पादन वृद्धि गराँै यसपालि’ जस्ता आकर्षक नारासहित कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण, सामूहिकीकरण र बजारीकरणमा प्राथमिकता दिइएको छ । यसैगरी ‘मेरो उत्पादनः प्रदेशको पहिचान, कृषि आयमा वृद्धिः किसानको समृद्धि’ माटो जोगाऔँः उत्पादन बढाऔँ, गोठदेखि ओठसम्म स्वच्छ दूध’जस्ता नारासहित कृषि पशुपन्छी गतिविधि सञ्चालनसम्बन्धी कार्यक्रम बजेटमा समेटिएको छ । …

Read More