काठमाडौं – सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । बुधबारको तुलनामा बिहीबार तोला ८०० रुपैयाँले बढेर ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० कायम गरिएको छ ।
त्यस्तै चाँदीको मुल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Facebook Comments Box