काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टीबीच एकता गर्ने सहमति भएको छ। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो। आज बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ। साथै वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रक्रियामा सामेल हुन पार्टी सङ्गठन र नेता कार्यकर्तालाई आह्वान गरेका छन्।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं – सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूसहितको बैठक अहिले बसिरहेको छ। सरकारले आमचुनावको मिति घोषणा गरेको भोलिपल्ट गठबन्धनका नेताहरूको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो। बैठकमा सत्तारूढ दलका दोस्रो तहका नेताहरू पनि सहभागी छन्। बैठकमा चुनावी तालमेलका साथै लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल हुने स्रोतले बताएको छ । यसअघि सरकारको नेतृत्व गरिरहेको काँग्रेसले लोसपालाई सरकारमा ल्याउने प्रस्ताव गरेको थियो। गठबन्धनमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोसपालाई सरकारमा ल्याउने विषयमा असहमति जनाएको बताइएको थियो। सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले अहिलेको गठबन्धन चुनावसम्मै कायम रहने बताउँदै आएका छन्। चुनावसम्म गठबन्धन गर्न सिट बाँडफाँट उनीहरूका लागि…
काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्मा आज स्वदेश फर्किँदै छन्। अस्ट्रेलियामा सम्पन्न एनुअल चिफ्स अफ डिफेन्स (सिएचओडी) कन्फरेन्स-२०२२ मा सहभागी भएर प्रधानसेनापति शर्मा आज साँझ काठमाडौँ आइपुग्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। अस्ट्रेलियन डिफेन्स फोर्सको संयोजकत्वमा युएस इण्डोप्यासिफिक कमाण्डद्वारा अष्ट्रेलियाको सिड्नीमा आयोजना भएको (सिएचओडी) मा सहभागी हुन प्रधानसेनापति शर्मा गत साउन ७ गते अष्ट्रेलिया प्रस्थान गरेका थिए। साउन ९ देखि ११ गतेसम्म भएको उक्त कन्फरेन्समा एसिया प्रशान्त क्षेत्रमा अवस्थित राष्ट्रका सेना प्रमुखहरूको उपस्थितिमा विद्यमान अन्तर्राष्ट्रिय सुरक्षा एवं आपसी सहयोगका पक्षहरूसहित सुरक्षाका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। कन्फरेन्समा सहभागी राष्ट्रका सेना प्रमुखहरूबिच पनि अन्तर्राष्ट्रिय सुरक्षा…
काठमाडौं – नेपाल समाजवादी पार्टीले साउन २१ गते शनिबार बैठक बोलाएको छ । काठमाडौंमा हुने बैठकमा विविध एजेन्डामाथि छलफल हुने पार्टीले जनाएको छ । बैठकमा संगठन निर्माणसम्बन्धी छलफल हुने र केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीको निर्णय, नेता तथा कार्यकर्ताहरूको कार्यविभाजन सम्बन्धी निर्णय हुने नेता विश्वदीप पाण्डेले जानकारी दिए । यसका साथै बैठकमा आगामी निर्वाचनबारे पनि छलफल हुने र चुनावी रणनीतिबारे आवश्यक निर्णय हुने पनि बताइएको छ । निर्वाचन आयोगसम्बन्धी कार्य तथा अन्य विविध विषयमा पनि बैठकमा छलफल हुनेछ ।
काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय मातहतका निकायका प्रमुखहरूलाई आ-आफ्ना कार्यालयको क्षमता वृद्धि गरेर बजेटको लक्ष्य पूरा गर्न निर्देशन दिएका छन्। आर्थिक वर्ष २०७८-७९ को प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बोधन गर्दै शर्माले वार्षिक लक्ष्य पुगेका निकायले अझै आजको आवश्यकता अनुसार आफूलाई थप क्षमतावान बनाउनु पर्ने र लक्ष्य नपुगेका कार्यालयले आफ्ना लक्ष्य पुर्याउन योग्य बनाउनु पर्ने बताए । अहिलेको काम गर्ने मुख्य औजार सफ्टवेयर भएकाले उनले कार्यालयहरूलाई अहिलेको आवश्यकता अनुसार झन्झटिलो कागजी प्रक्रियाहरूबाट मुक्त गर्दै आधुनिक सूचना प्रविधिमा विकास गर्न पनि निर्देशन दिए। उनले अन्य मन्त्रालय र निकायलाई बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सहजकर्ताको भूमिका…
दार्चुला – कोरोना भाइरसको संक्रमण फेरी फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । बिहिबार प्रशासनले एक सुचना जारी गदैँ देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेकाले सतर्कता अपनाउन आग्रह गरिएको साहयक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले जानकारी दिनु भएको छ । भीडभाडमा नजान, घर बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएमा परीक्षण गर्न आग्रह गरिएको उहाँले बताउनु भयो । यस्तै कोरोना विरुद्धको खोप लगाउन बाँकी रहेको भएमा नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत प्रशासनले आग्रह गरेको छ । विहिबार प्रशासनले एक सूचना जारी गदै सेवाग्राहीहरुको भिडभाड…
काठमाडौं – सर्वोच्च अदालत आजदेखि शुक्रबार पनि पूरा समय सञ्चालन हुने भएको छ । सर्वोच्च अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै आज शुक्रबारदेखि अरु बार सरह पूरा समय काम हुने जनाएको हो । गत असार २२ मा बसेको अदालतको पूर्ण बैठकले शुक्रबार पूरा समय कार्यालय संचालन गर्ने निर्णय गरेको थियो।
दार्चुला – दार्चुलामा स्वास्थ्य बीमा गरेका १ हजार ८८९जनाले जिल्ला अस्पताल दार्चुलाबाट उपचार सेवा पाएका छन् । उनीहरुले गत आर्थिक वर्ष २०७८/७९मा जिल्ला अस्पतालबाट उपचार सेवा पाएको स्वास्थ्य बीमा कार्यालय दार्चुलाका सहजकर्ता जमन सिह धामीले जानकारी दिनु भयो । सहजकर्ता धामीले दिएको जानकारी अनुसार गत आर्थिक वर्षको साउनमा १२३ जनाले सेवा दिएका छन । भाद्र महिनामा १४५ जनाले सेवा पाएका छन । यस्तै असोजमा १०४ जना,कार्तिक महिनामा १०१ जना मंसिर महिनामा १२३ जनाले सेवा पाएको सहजकर्ता धामीले बताउनु भयो । यस्तै पुसमा १५८ जना माघमा १२८ जना फागुनमा २१७ जना चैत्रमा १६९ जानले सेवा लिएक छन । आर्थिक वर्षको चैत्रमा…
काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ जना तथा खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी कूल ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गरिएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी नायव उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहनुभएको छ । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन…
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र काठमाडौं महानगरका मेयर बालेन्द्र साहबीच भेटवार्ता भएको छ । मेयर साहसँगको भेटमा काडमाडौंको फोहोर व्यवस्थापनका विषयमा कुराकानी भएको महामन्त्री थापाले जानकारी दिए । बुधबार महानगर प्रमुख साहसँग फोहोर व्यवस्थापनसँगै सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापनका विषयमा छलफल भएको उनले बिहीबार जानकारी दिए । ‘हिजो काठमाडौँ महानगर प्रमुखसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो । काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहनेछ,’ उनले भने ।