Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते भएका छन् । काठमाडौंको चक्रपथस्थित भाटभटेनी नजिकै थापाको प्रदेश ३–०१–०२२ च ४४३७ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् । प्रदेश ३–०२–००९ प १७८२ नम्बरको मोटरसाइकलमा सवार दुई जना र अर्का एक सडकमा हिँडिरहेका एक बालक घाइते भएको प्रहरी स्रोतले जनाएको छ। घाइते हुनेमा मोटरसाइकलमा सवार काभ्रेका विवेक अधिकारी र ओखलढुंगाका सुदिप खतिवडा रहेका छन् । उनीहरुको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ भने काठमाडौँकै जरंखुका बालक रुक्सल थापाको चाहिँ त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी स्रोतको भनाइ छ । प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ…

Read More

काठमाडौं – सशस्त्र प्रहरीका अधिकृतहरूलाई लक्षित गरी फ्रेन्च भाषा प्रशिक्षण कक्षा सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा सोमबार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सो प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे । पौडेलले फ्रेन्च भाषाको आवश्यकता र महत्त्व दिनानुदिन बढ्दै गइरहेको चर्चा गर्दै संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा तैनाथीको लागि जाने सशस्त्र प्रहरी कर्मचारीहरुलाई लक्षित गरी फ्रेन्च भाषामा दक्ष बनाउँदै लैजाने संगठन प्रमुखको उद्देश्य अनुरूप उक्त प्रशिक्षण कक्षा सञ्चालन गरिएको बताए । त्यस अवसरमा एलायन्स फ्रँसेका डेपुटी डाइरेक्टर प्रवीण राणाले फ्रेन्च भाषाको महत्त्व तथा आवश्यकता माथि प्रकाश पार्दै सशस्त्र प्रहरी बल नेपाल र फ्रान्सेली संस्थाबीच समझदारी गरी…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४५७ जनामा कोरोना भाइरसबाट संक्रमित हुन पुगेका छन् भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाभित्र गरिएको ४ हजार ६५१ जनाको परीक्षणमा ४५७ जनामा संक्रमित भएको पुष्टि हुन आएको छ । यो भनेको सरदरमा १०० जनाको परीक्षण १ जनाका दरले कोरोना संक्रमण हुन थालेको पुष्टयाइँ हो । विगत २४ घण्टाभित्र भएको यो तथ्यांक पछिल्लो ५ महिनायताकै उच्च संक्रमणको अवस्था हो । यो तथ्यांक २ हजार ३ सय ४१ जनाको पीसीआर र २ हजार ३ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा आएको हो । २ हजार ३४१ जनाको पीसीआर…

Read More

काठमाडौँ – न्याय परिषदले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ । सोमबारको न्यायपरिषदको बैठकले उच्च अदालत दिपालयको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेश कुमार निधि र काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो । परिषदको सिफारिस कायम मुकायम प्रधानन्यायाधीशले कार्यान्वयन गर्नेछन् । उनीहरुमाथि कार्यक्षमताको अभाव, खराब आचरण र पद अनुरुपको आचरण गर्न नसकेको भन्ने पुष्टि भएपछि बर्खास्तको सिफारिस भएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए । शर्मामाथि सिरहा जिल्ला अदालतमा बसेर काम गर्ने क्रममा नाबालिकाको बलात्कारमा थुनछेक आदेशमा बदनियत राखेको आरोप छ । साथै उनीमाथि कस्तुरीको विनासम्बन्धी मुद्दामा पनि कार्यक्षमताको अभाव…

Read More

धनगढी – कैलालीको कटनी नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ उजेलीसेभर बस्ने पुरन ठकुल्लाकी छोरी ९ वर्षीया आयुशा ठकुल्लाको कटन नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकी बालिकाकोको स्थानीय मिरर अस्पताल हसुलियामा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौँ – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएका हुन् । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ । पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनाकारी दियो ।

Read More

काठमाडौं – नेपाल प्रहरी श्रीमती संघले पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका भक्तजनहरुलाई निःशुल्क खानेपानी वितरण गराएका छन् । संघकी अध्यक्ष कुशुम शाहीको नेतृत्वमा संघले साउनको पहिलो सोमबारका अवसरमा पशुपतिनाथ दर्शनका लागि आएका दर्शनार्थीहरुलाई खानेपानी उपलब्ध गराएका हुन् । संघले उक्त अवसरमा दर्शनार्थीहरुको हितलाई ध्यानमा राख्दै प्राथमिक उपचार स्वास्थ्य सेवा पनि उपलब्ध गराएको थियो । साउनको सोमबार भगवान् शिवको दर्शनका लागि आएका भक्तालुहरुलाई सामान्य स्वास्थ्य समस्या आइपरेको खण्डमा सहयोग गर्ने उद्देश्यले स्वास्थ्य सेवा पनि उपलब्ध गराइएको संघकी अध्यक्ष शाहीले बताइन् । उक्त अवसरमा सयौं भक्तालुहरुले आफूहरुबाट सेवा लिएको बताउँदै जसले गर्दा आगामी सोमबारहरुमा पनि यस्तै सेवा गर्ने उत्प्रेरणा मिलेको शाहीले बताइन्…

Read More

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री हेरफेरका कारण केही विधेयक पास गर्न नसकिएको र ढिलाइ भएको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटाले संसद्‍ विधेयक पारित गर्ने काममा लागेको र काम भइरहेको बताएका हुन् । संसद्‍का गतिविधिलाई लिएर सभामुख सापकोटाले गरेको पत्रकार सम्मेलनमा केही महत्त्वपूर्ण विधेयक पारित भएको र केही विधेयक प्रक्रियामा रहेको बताए । उनले भने, ‘यो बजेट अधिवेशन भए पनि १५ विधेयक पारित भएका छन् । पाँचवटा संसदीय समिति र विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् । मेरो योग्यताको परख गर्ने वातावरण बनेको थिएन ।’ सभामुख सापकोटाले नागरिकता लगायतका विधेयक पारित गर्ने क्रममा रहेको…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयालक्षित कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाउन सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कमैया मुक्त घोषणा गरिएको २२ वर्षको उपलक्ष्यमा बौल्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। उनले मुक्त कमैया, हरुवा चरुवा, हलिया, भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबासको लागि घर घडेरी, तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन, बेरोजगारीको अवस्था हुन नदिन गठित कार्यदलले भनेका कुरालाई ध्यानमा राखेर मन्त्रालयले आवश्यक कदम चाल्न पनि निर्देशन दिए। उनले कुप्रचारको निर्मुल गर्न जरुरी भएकोले आवश्यक काम कारबाहीको लागि सम्बन्धित सबैलाई ध्यानाकर्षण गराए। प्रधानमन्त्री देउवाले हरुवा चरुवालगायतका कमैया श्रमिकको रोजगारको अवस्था सिर्जना गरी आयआर्जन बढाउने…

Read More

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओबीच भेट भएको छ। सोमबार राजदूत बौरबाओले प्रमुख प्रतिपक्ष दलका नेता ओलीलाई भेटेका हुन्। भेटमा दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको स्रोत जनाएको छ। उनीहरुबीच दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा पनि छलफल भएको बताइएको छ। राजदूत बौरबाओ नेपालको आर्थिक र सामाजिक विकासका लागि फ्रान्स सधै सकारात्मक रहेको उल्लेख गरेका छन्। उनले दुई देशबीच आपसी सहयोग आदान प्रदान गर्नुपर्ने बताएका छन्। भेटवार्तामा एमाले उपमहासचिव विष्णु रिमालसमेत सहभागी थिए।

Read More