काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत गिल्स बौरबाओबीच भेट भएको छ।
सोमबार राजदूत बौरबाओले प्रमुख प्रतिपक्ष दलका नेता ओलीलाई भेटेका हुन्। भेटमा दुई देशबीचको सम्बन्ध र समसामयिक विषयमा छलफल भएको स्रोत जनाएको छ।
उनीहरुबीच दुईपक्षीय सम्बन्ध र आपसी हितका बारेमा पनि छलफल भएको बताइएको छ। राजदूत बौरबाओ नेपालको आर्थिक र सामाजिक विकासका लागि फ्रान्स सधै सकारात्मक रहेको उल्लेख गरेका छन्। उनले दुई देशबीच आपसी सहयोग आदान प्रदान गर्नुपर्ने बताएका छन्। भेटवार्तामा एमाले उपमहासचिव विष्णु रिमालसमेत सहभागी थिए।
Facebook Comments Box