Author: महेन्द्रनगर पोष्ट

पर्सा – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको छ । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको उपस्थिति छैन । बैठकमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वागत मन्तव्य राखेका छन् । बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरूसहित १३ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौं – सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले नागरिकता विधेयक प्रस्तुत गरेका हुन । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो विधेयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।

Read More

काठमाडौं – रेल्वे विधेयक प्रतिनिधिसभाबाट पनि बहुमतले पारित भएको छ । राष्ट्रिय सभामा पेश भएको विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो । प्रतिनिधिसभाको बुधवारको बैठकले रेल्वे विधेयकलाई पारित गरेसँगै नेपालमा रेल सञ्चालनमा देखिएका कानुनी अवरोध हट्नेछ । प्रतिनिधिसभाबाट पारित भएको नेपाल रेल्वे ऐन, २०७९ राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै लागु हुने भएको छ । प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले रेल्वे विधेयक निर्णयार्थ प्रस्तुत गर्ने प्रस्ताव राखेका थिए ।

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र KOICA (Korea International cooperation Agency) नेपालका पदाधिकारीहरू बीच नेपाल प्रहरीको साइबर व्यूरोको क्षमता अभिवृद्धिका लागि साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले वित्तिय अपराध, साइवर बुलिङ लगायतका साइबर अपराधहरु दिन प्रति दिन बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमले नेपाल प्रहरीको संस्थागत विकासका साथै साइबर अपराध नियन्त्रणका लागि थप टेवा पुग्ने बताउनुभयो । साथै उहाँले नेपाल प्रहरी यस प्रकारका अपराध नियन्त्रण तथा अनुसन्धानका लागि अति संवेदनशील र गम्भीर रहेको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले साइबर अपराधविरुद्ध एक्लै लड्न नसकिने उल्लेख…

Read More

काठमाडौं – काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २८ पुगेको छ । सङ्क्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका छन्, जसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार सम्म हैजा सङ्क्रमितको संख्यामध्ये काठमाडौँ महानगरपालिकामा ११, कागेश्वरी मनोहरामा ८, चन्द्रागिरिमा २, बुढानीलकण्ठमा १ र कीर्तिपुरमा १ जना सङ्क्रमित देखिएका छन् । त्यस्तै, भक्तपुरका चाँगुनारायण नगरपालिकामा १ र सूर्यविनायकमा १ जनामा हैजा पुष्टि भएको छ भने ललितपुर महानगरभित्र २ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । महाशाखाले काठमाडौँमा हैजा सङ्क्रमण देखिएका विभिन्न स्थानमा पानी परीक्षणका लागि नमुना सङ्कलन तथा पीयूष वितरण अभियान तथा…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । आजको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैंकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आबद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरिन् । उनले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुवै पक्षलाई कारबाही गर्न माग गरेकी छन्। एमालेको पछिल्लो अन्तर पार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ । एमाले सांसदहरुले भने अर्थमन्त्रालयले बजेटमार्फत गरेको नीतिगत भ्रष्ट्राचारलाई लुकाउन…

Read More

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदका लागि यही असार ३१ गतेका लागि चुनावको मिति तोकेका छन् । जारी प्रतिनिधिसभाको बैठकमा उनले उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भन्दै सोहीअनुसारको सूचना निकाल्न संसद सचिवालयलाई निर्देशन दिए। २०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि रिक्त पदमा अब नयाँ उपसभामुख चयन हुने भएको छ। राष्ट्रियसभाको उपाध्यक्ष पद पनि रिक्त छ। सांसद्‍हरुले उपसभामुख र उपाध्यक्ष चयन हुन नसकेको भन्दै आवाज उठाउँदै आएका छन् ।

Read More

काठमाडौं – सुदूरपश्चिममा मुख्यमन्त्री र बजेटको संशोधनको माग गर्दै प्रदेश सभा बहिष्कार गरेका प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलबीचको वार्ता निष्कर्षविहीन भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएकोमा बैठक विना निष्कर्ष सकिएको हो । प्रतिपक्षी दलले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ बुँदे सुझावसहितको मागपत्र बुझाएको छ । नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले सरकारसँगको छलफल सकारात्मक भए पनि कुनै सहमति भने हुन नसकेको बताए । भट्टले प्रतिपक्षी दलकातर्फबाट मुख्यमन्त्रीलाई सुझावसहितको १४ बुँदे माग पत्र बुझाइएको बताएपनि त्यसमा के-के कुरा उल्लेख गरिएको छ भनेर खुलाउन चाहेनन् ।…

Read More

एजेन्सी – अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार यो चिकित्सा क्षेत्रका लागि उत्साहजनक कदम हो । यस सफल प्रत्यारोपणसँगै मानव अंगहरूको अभावलाई सम्बोधन गर्न सुँगुरका अंग प्रयोग गर्ने दीर्घकालीन लक्ष्यको एक कदमनजिक पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन् । शल्यक्रियापछिका दिनमा मुटुले सामान्य काम गरेको चिकित्सकहरूले बताएका छन् ।जुन र जुलाईमा तीन दिनको प्रयोगमा अस्वीकारको कुनै संकेत नदेखिएको उनीहरूले बताएका छन् । यही मार्चमा एक ६७ वर्षीय पुरुषको हृदय रोगका कारण मृत्यु…

Read More

काठमाडौं – बुधबार सुन-चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, सुनको मूल्यमा आज प्रतितोला दुई सय रुपैयाँ गिरावट देखिएको हो। त्यसैगरी, महासंघका अनुसार अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More