Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण कुमार सुवेदी नियुक्त भएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा राजनीतिक विश्लेषक सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए।

Read More

काठमाडौं – सरकारले सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेसँगै म्यादी प्रहरीको भर्ना खुलाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता टेकप्रसाद राईले म्यादी प्रहरी भर्नाका लागि प्रक्रिया अघि बढाइने बताए । यसअघि स्थानीय तहको चुनावमा १ लाख १९ हजार म्यादी प्रहरी भर्ना गरिएको थियो । सङ्घ र प्रदेशको निर्वाचन आगामी ४ मङ्सिरमा हुने भएको छ।

Read More

काठमाडौं – सत्ता गठबन्धनको बैठक भोलि(शुक्रवार) बिहान ९ बजे बस्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचन मङ्सिर ४ गते गर्ने निर्णय गरेपछि पाँच दलीय गठबन्धनमा बैठक बालुवाटारमा बस्न लागेको हो । सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँडको विषयमा छलफल गरिने गठबन्धनका एक नेताले बताए । सिट बाँडफाँड गर्ने विषयमा शीर्ष नेताहरूले कार्यदल बनाएर मोडिलाटी तयार गर्ने तयारी गरेका छन् । भोलि बस्ने बैठकले सिट बाँडफाँडसँगै प्रधानमन्त्री, राष्ट्रपति, उपराष्ट्रपति सभामुख, उपसभामुखलगायत राजकीय पदमा समेत एउटा समझदारी बनाउने तयारी गरेको छ ।

Read More

काठमाडौं – सरकाले मंसीर ४ गते संघीय र प्रदेश सभाको चुनावका लागि मिति तय गरे लगत्तै निर्वाचन आयोगले दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले आइतबारदेखि नै राजनीतिक दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिए । संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्ने उनको भनाइ छ । निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।

Read More

काठमाडौं – देशभर पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ९ सय २६ जनाको परीक्षण गर्दा ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप ३२४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Read More

काठमाडौं – सरकारले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । छानविन समितिको प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो । मन्त्रिपरिषदको बिहीबारको बैठकले उनलाई हटाएको हो । यसअघि सरकारले छानबिन समिति गठनसँगै निलम्बनमा परेका अधिकारी सर्बोच्च अदालतको अन्तरिम आदेश लिएर काममा फर्किएका थिए । उनी निलम्बनमा परेपछि सरकारले निगमकै पाइलट दिपु जुहारचनलाई अस्थायी महाप्रबन्धक नियुक्त गरेको थियो ।

Read More

काठमाडौं – सरकारले आगामी मंसिर ४ गते आइतवारका लागि आम निर्वाचनको मिति घोषणा गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब एकै चरणमा हुनेछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चुनावको मिति घोषणा गरेको जनाइएको छ । निर्वाचन आयोगको सुझाव र परामर्शका आधारमा सरकारले चुनावको मिति घोषणा गरेको हो । निर्वाचन आयोगले मंसिर २ गतेका लागि चुनाव गर्न उपयुक्त हुने सुझाव दिएको थियो । यसअघि बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले मंसिर ४ गतेका लागि चुनाव घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो । २०७४ सालमा मंसिर १० र मंसिर २१ गते गरी दुई चरणमा चुनाव भएको थियो…

Read More

काठमाडौं – चीनले सैन्य प्रशिक्षणका दौरान ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तट छेउको पानीमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले स्थानीय समयअनुसार १ बजेर ५६ मिनेट जाँदा क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको हो । डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र चिनियाँ जनमुक्ति सेनाले प्रयोग गर्छन्। ताइवानको रक्षा मन्त्रालयले क्षेप्यास्त्र प्रहार भएसँगै आफ्नो क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई तयारी अवस्थामा राखेको जानकारी दिएको छ। यसअघि सन् १९९६ मा पनि बेइजिङ र ताइपेइबीच तनाव हुँदा चीनले ताइवान नजिकै क्षेप्यास्त्र प्रहार गरेको थियो। विज्ञहरूले चीनले ताइवानको आकाशमाथिबाट क्षेप्यास्त्र प्रहार गर्न सक्ने अनुमान गरेका छन् ।

Read More

काठमाडौं – मधेश प्रदेशको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमका लागि किनेको साइकलमा अनियमितता गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले बुधबार काठमाडौंस्थित विशेष अदालतमा प्रदेश सचिव यामप्रसाद भुसालसहित आठ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। मधेश प्रदेशको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा अनियमितता भएको भन्दै अख्तियारले अनुसन्धान सुरू गरेको थियो। आरोपितहरूले साइकल किनेर तीन महिनादेखि गोदाममा राखेको भन्दै उजुरी परेको थियो। त्यसमा अनुसन्धान हुँदा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले साइकल खरिद प्रक्रिया गर्दादेखि भुक्तानी गर्दासम्म कर्मचारीहरू र साइकल आपूर्तिकर्ताले हिनामिना गरेको देखिएको अख्तियारको ठहर छ। अख्तियारले प्रदेश…

Read More

काठमाडौँ – सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानव बस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ । मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए । अहिले कोसीले बाँध भत्काएर मानवबस्ती प्रवेश गरेको स्थानमा २०४५ सालअघि कोसी बग्ने गर्थ्यो । २०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरी…

Read More