काठमाडौं – सरकाले मंसीर ४ गते संघीय र प्रदेश सभाको चुनावका लागि मिति तय गरे लगत्तै निर्वाचन आयोगले दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । आयोगले आइतबारदेखि नै राजनीतिक दल दर्ताको प्रक्रिया सुरु गर्ने भएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावका लागि आइतबारदेखि दल दर्ता प्रक्रिया सुरु गरिने जानकारी दिए । संविधानको धारा २७१ अनुसार राजनीतिक दल दर्ता गर्नुपर्छ, तदअनुसार आइतबारदेखि नै प्रक्रिया प्रारम्भ गरेर छिटै यसलाई सम्पन्न गर्ने उनको भनाइ छ ।
निर्वाचनमा भाग लिने चाहने दलले दल दर्ताको लागि आयोगले तोकेको समयमा र तोकिएको ढाँचामा आयोग समक्ष निवेदन दिनु पर्ने कानूनी व्यवस्था छ ।
Facebook Comments Box