Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौँको बालुवाटारमा बुधबार बिहान भएको आगलागी नियन्त्रणमा आएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको थियो । प्रहरीका अनुसार त्यहाँको स्टोरबाट आगो सल्किएको थियो । ५ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए । क्षतीबारे थप विवरण आउन बाँकी छ ।

Read More

काठमाडाैं । सिन्धुपाल्चोकमा सेयरिङ लभ नेपालले १५० जना विधार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । आइतबार सिन्धुपाल्चोकको कोठे ७ सुनकोशी गाँउपालिकामा रहेको जल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विधार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको हो । सेयरिङ लभ नेपालका अध्यक्ष समिर श्रेष्ठले विद्यालयमा भएका विद्यार्थीलाई स्टेशनरी सामाग्री कापि किताब, पेन पेन्सिल, चाउचाउ, बिस्कुट, साबुन, सरफ र खेलकुदका साम्राग्रीहरु वितरण गरिएको बताए । विद्यालयको शैंचालय अवस्था जिर्ण देखिएकोले सेयरिङ लभ नेपालले विभिन्न सहयोग गर्नुका साथै शौचालयको अवस्था हेरेर नयाँ तरिकाले बनाउने घोषणा समेत गरिएको छयस संस्थाले विगत ४ बर्ष देखि सामाजिक कार्यहरु गर्दै आएको छ । साथै विधार्थीहरुको लागी स्टेशनरी समानहरु वितरण गरि रहेको छ…

Read More

महेन्द्रनगर – आज देशभर भारी वर्षाको सम्भावना रहेकोले उच्च सर्तकता अपनाउन जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ, अहिले देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा वर्षा भइरहेको छ। काठमाडौंमा मंगलबार रातीदेखि परेको पानी अहिलेसम्म रोकिएको छैन। बुधबार दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मुलुकका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ। बाँकी सबै क्षेत्रमा हल्का देखि मध्यम वर्षा भईरहेको र यो अवस्था…

Read More

काठमाडौं – सरकारले निश्चित मापदण्डको जारको पानी मात्रै पिउन सुझाव दिएको छ । डीएफटीक्युसी नम्बर रहेको र बिर्को सिलबन्दी भएको पानी मात्रै पिउन भनेको हो । खाद्य अनुज्ञापत्र नलिई उत्पादन बिक्री वितरण गरेको जानकारी भएमा विभागलाई सूचना दिन नागरिकलाई आग्रह गरेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै बोतल र जारको पानी पिउँदा डीएफटीक्युसी नम्बर हेर्न भनेको हो । मापदण्ड विपरीतको पानी पाइएमा कारबाही समेत हुने विभागले बताएको छ ।

Read More

काठमाडौं – वामदेव गौतम नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेकपा राष्ट्रिय एकता पार्टी’ घोषणा गरेका छन् । काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीको घोषणा गरिएको हो। साविक नेकपामा अन्तद्र्वन्द्व चर्किएपछि नेकपा राष्ट्रिय एकता अभियान सुरु गरिएको र पछि सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि अगाडि बढेको अभियानलाई अहिले दलको रुपमा आएको पत्रकार सम्मेलनमा मार्फत जानकारी सार्वजनिक गरिएको छ ।

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठकमा मन्त्री पद गुमेका नेताहरु मंगलबार पनि उपस्थित भएका छैनन्। नेताहरु प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ(किसान) बैठकमा उपस्थित नभएका हुन्। बैठकमा विरोध खतिवडा भने उपस्थित छन्। खतिवडा सोमबारको बैठकमा पनि साँझ एकैछिन गएका थिए। सोमबारको बैठकमा पुगेकी झाँक्री भने मंगलबार गएकी छैनन्।आलेको मोवाइलमा सम्पर्क हुन सकेन भने श्रेष्ठ पारिवारिक काममा व्यस्त भएको भन्दै बैठकमा नगएको बुझिएको छ।नवनियुक्त मन्त्रीमध्ये स्वास्थमन्त्री भवानी खापुङ मात्र बैठकमा उपस्थित छन्।अध्यक्ष माधवकुमार नेपालले पेश गरेको सांगठनिक र राजनीतिक प्रतिवेदनमा ११ ओटा समूहले सुझाव पेश गर्दैछन्।

Read More

एजेन्सी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिकरूपमा सम्पन्न देशहरूको समूह (जी सेभेन) को बैठकमा युक्रेन द्वन्द्व वार्ता र कूटनीतिक माध्यमबाट खाज्नुपर्नेमा जोड दिएका छन् । ‘प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे भारतको अडान स्पष्ट गर्दै शत्रुताको तत्काल अन्त्य हुनुपर्ने र वार्ता र कूटनीतिको बाटो रोजेर समाधानमा पुग्नुपर्नेमा जोड दिएका’ भारतका विदेश सचिव विनयमोहन क्वात्राले बताए । युद्धले पूर्वी युरोपमाका साथै अन्य स्थानमा खाद्य सुरक्षामा परेको प्रभावको चर्चा गर्दै शान्ति प्रवद्र्धन एवम् द्वन्द्वको अन्त्य हुनुपर्ने प्रधानमन्त्री मोदीले जी सेभेन नेताहरूलाई बताएका उनले संवाददाताहरूलाई जानकारी दिए । त्यसअघि प्रधानमन्त्री मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै युक्रेन र रूसका राष्ट्रपतिबीचको प्रत्यक्ष वार्ताले जारी द्वन्द्व…

Read More

काठमाडौं – सिरहा र कैलालीमा डुबेर तीन जना बालबालिकाको मृत्यु भएको छ । सिरहाको सुखिपुर नगरपालिका–५ हनुमाननगर टोल बस्ने बिनोद पासवानको छोरा ३ वर्षीय नारद कुमार पासवानको डुबेर सोमबार मृत्यु भएको हो । घर छेउमा रहेको पोखरीको डिलमा खेल्ने क्रममा खसेर डुब्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कैलालीको लम्की चुहा नगरपालिका-८ मलभङ्गा बस्ने लाल बहादुर बिष्टकी छोरी ७ वर्षीया आश्रिया बिष्ट र सोही ठाउँ बस्ने भिम बहादुर कुवँरकी छोरी ६ वर्षीया भावना कुवरको सोमबार साँझ डुबेर मृत्यु भएको छ । सोही ठाउँस्थित बडिमालिका इँटाभट्टाको पछाडि खेलिरहेको अवस्थामा नजिकै रहेको पोखरीमा खसेर डुबेको अवस्थामा उनीहरु भेटिएका थिए । उद्दार गरी…

Read More

महेन्द्रनगर – नेकपा एमाले कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाको जिम्मेवारी खोसिएको छ । एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको सोमबार बसेको बैठकले थापालाई अध्यक्षको जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । साथै बैठकले दुर्गा जोशीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ । अध्यक्ष थापालाई कारबाही गर्न एमालेको जिल्ला कमिटीले प्रदेश कमिटीमा सिफारिस गरेको थियो ।

Read More

काठमाडौं – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जाल (नन् एलिगेन्ड मुभमेन्ट पार्लामेन्ट्री नेटवर्क)को सम्मेलनमा सहभागी हुन मंगलबार अजरबैजान गएका छन्। उक्त सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा नेतृत्वको संसदीय प्रतिनिधिमण्डल मंगलबार बिहान सवा ११ बजे त्यसतर्फ प्रस्थान गरेको हो। अजरबैजानमा हुने उक्त कार्यक्रममा सभामुखले असंलग्न आन्दोलनको आवश्यकता एवम् महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसदहरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ। अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ। सम्मेलनले घोषणापत्र जारी गर्नेछ। सम्मेलनका क्रममा सभामुखले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम पनि छ। प्रतिनिधिमण्डलमा प्रतिनिधि…

Read More