Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौँमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताएका हुन् । ‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’ अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतिमा लगेको भन्दै उनीहरूले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने ओलीको भनाई छ । सत्तारुढ गठबन्धनका नेताहरूको कुनै गन्तव्य नै नभएको आरोप लगाएका ओलीले देशलाई बरबादीबाट बचाउनका…

Read More

काठमाडौं –  न्यायका लागि सिंहदरबार अगाडी आन्दोलन गर्न पुगेकी निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो । निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथि जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिइन । बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् ।

Read More

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। गृह मन्त्रालयमा शुक्रवार बिहान भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको जनाइएको छ । भेटमा गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताएका छन्। ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाणले भने, ‘नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ।’ उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताएका छन्। अन्य छिमेकी मूलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो । भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न…

Read More

काठमाडौं – परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् । भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रीभोजको आयोजना गर्नेछन् ।

Read More

काठमाडौं – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ७०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार २२० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार…

Read More

काठमाडौं – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको राजीनामा अस्वीकृत भएको छ । एआईजीको ५६ वर्षे उमेर हदका कारण पोखरेलले अनिवार्य अवकाश पाएका छन् । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा आफूभन्दा कनिष्ठ एआईजी धिरजप्रताप सिंहलाई नियुक्त गरेको भन्दै उनी रिट निवेदन लिएर सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि उनले २ साउनमा प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका थिए ।

Read More

काठमाडौं – रुसी अदालत अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई ९ वर्षको जेल सजाय सुनाएको छ । गत फेब्रुअरीमा मस्को एयरपोर्टमा पक्राउ परेकी ३१ वर्षिया ग्रिनरलाई​ लागूऔषध ओसारपसारमा दोषी देखिएपछि रुसी अदालतले जेल सजाय तोकेको हो । ग्रिनरको सामानमा भांगको तेलसहित भ्याप क्यानिस्टरहरू फेला पारेपछि उनलाई पक्राउ गरिएको थियो । ओलम्पिकमा स्वर्ण विजेता ग्रिनर क्लब बास्केटबल खेल्न रुस गएकी थिइन् ।

Read More

कैलाली – बाघको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध बाघको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा आरआईटी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई गोदावरीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका २ बस्ने समीर ओली, चुरे गाउँपालिका ६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत, र बैतडी डिलासैनी गाउँपालिका २ बस्ने राजेन्द्र सिंह भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरूको साथबाट टाउकोदेखि पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाइ ३ फिट २ ईन्च चौडाइ २ फिट २ ईन्च भएको बाघको छाला, प्लास्टिकको कट्ठा,…

Read More

काठमाडौं – सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलहरू आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा.बेदुराम भुसालले जानकारी दिए । उनका अनुसार आगामी भदौ दोस्रो साताभित्र सिटको भागबण्डा टुङ्ग्याउने गरी कार्यदललाई जिम्मा दिने निर्णय भएको छ । कार्यदलमा को-को बस्ने भन्ने दलहरूले आन्तरिक छलफल गरेर टुङ्ग्याउने भएका छन् । बैठकले सरकारले हिजो चुनावको मिति घोषणा गरेकोमा स्वागत गर्दै सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आजबाट हुने जापान भ्रमणका लागि शुभकामना दिएको छ । बैठकका निर्णयहरू विज्ञप्तिमार्फत सार्वजनिक गर्ने नेता भुसालले जानकारी दिए ।

Read More

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी र नेकपा बहुमत पार्टीबीच एकता गर्ने सहमति भएको छ। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’सहितको वार्ता टोलीको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो। आज बिहान बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति गठन पनि गरेको छ। साथै वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति जारी गर्दै एकता प्रक्रियामा सामेल हुन पार्टी सङ्गठन र नेता कार्यकर्तालाई आह्वान गरेका छन्।

Read More