Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सुदूरपश्चिम प्रदेशसभाको आजलाई तय गरेको बैठक पनि स्थगित भएको छ । सभामा गण पुरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घाेषणा गरेका हुन् । प्रदेशसभा बैठक बस्न संसदको एक तिहाई अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि सो संख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थपाले जानकारी गराए । निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको बैठकलाई प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिस्कार गरे भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहे । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका उपनेता पठानिसंह बोहराका अनुसार सरकारका अर्थमन्त्री प्रकाश रावलले आज प्रतिपक्ष दलसँग छलफल गर्ने…

Read More

धनगढी – सुदूरपश्चिम प्रदेश सकरारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ । सोमबार बोलाइएको प्रदेशसभा बैठक प्रतिपक्ष दल (एमाले, जसपा र राजपा)ले बहिस्कार गरेपछि प्रदेश सरकारले उनीहरूलाई छलफलका लागि बोलाएको छ । सरकारले छलफलका लागि बोलाएपछि सुदूरपश्चिम प्रदेशसभाका तीन प्रतिपक्ष दल (एमाले, लोसपा, राजपा)ले समान धारणा बनाएर छलफलमा सहभागी हुने जनाएका छन् । ‘सरकारले सोमबार बेलुकादेखि छलफलमा आउन आग्रह गरिरहेको छ,’ एमाले संसदीय दलका नेता लीलाधर भट्टले भने, ‘छलफलमा जानुअघि तीनवटै प्रतिपक्ष दलहरू बसेर साझा धारणा बनाउने छौं, त्यसका लागि अहिले छलफल भइरहेको छ ।’ उनले तीनवटै विपक्षी दलको साझा धारणा…

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९४ हजार रुपैयाँमा आइपुगेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं –  जापानले आज शिन्जो आबेको अन्त्यष्टि गर्ने तयारी गरेको छ । जापामा लामो समय प्रधानमन्त्री बनेका अबेको गत हप्ता चुनावी र्‍यालीमा गोली हानी हत्या भएको थियो । ६७ वर्षको उमेरमा निधन भएका आबेलाई श्रद्धाञ्जली दिन सोमबार साँझ गर्मीको पर्बाह नगरी ठूलो संख्यामा मानिस उपस्थित भएका थिए । शुक्रबार घरेलु बन्दुक बोकेका एक व्यक्तिले उनको हत्या गरेका थिए । बन्दुक बनाउन आक्रमणकारीले युट्युबको सहयोग लिएको बताइन्छ । उनको हत्यापछि जापान स्तब्ध बनेको छ । आबे कुनै संगठनमा आबद्ध भएको र सो कार्यप्रति आक्रमणकारी असन्तुष्ट अनुसन्धानमा खुलेको छ ।

Read More

काठमाडौं – नेकपा केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता सुरु भएको छ। ओलीको निवास भक्तपुरको बालकोटमा भेटवार्ता सुरु भएको हो। पार्टीका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले लिउको स्वागत गरेका थिए। दुवैबीच अहिले विविध विषयमा छलफल भइरहेको छ। भेटवार्तामा एमालेको तर्फबाट नेताहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, राजन भट्टराई, कृष्ण केसी,अन्जान शाक्य र उषाकिरण भण्डारी सहभागी रहेका छन्। चार दिने भ्रमणका लागि आइतबार नेपाल आइपुगेका लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, पराराष्ट्रमन्त्री नारायण खड्का र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग‍ भेटघाट गरिसकेका छन्।

Read More

काठमाडौं – सरकारले बाढी र पहिरोजस्ता विपद्बाट जोगिन बेलैमा सचेत हुन आग्रह गरेको छ । बाढी र पहिरोको जोखिमबारे पहिला नै सम्बन्धित निकायसँग जानकारी लिएर मात्रै आफू जान चाहेको ठाउँमा निस्किन आग्रह गरेको छ । आफू जान लागेको ठाउँको मौसम कस्तो छ र आफूले प्रयोग गर्ने बाटोमा बाढी र पहिरोको अवस्था के छ बुझेर मात्रै यात्रा सुरु गर्न राष्ट्रिय विपद् जोखिम न्यनूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको छ । “तपाईँलाई थाहा छ कतातिर पानी पर्दैछ । खहरे खोला, नदी बढेका छन् कि ?,” प्राधिकरण भन्छ, “घरगाउँबाट टाढा जान ठिक समय छ कि छैन । आफूलाई चाहिएको ठाउँको मौसमको जानकारी लिएर मात्रै…

Read More

काठमाडौं – सार्वजनिक सवारी साधनको भाडा फेरि बढेको छ । असार २७ गतेदेखि लागु हुने गरी सार्वजनिक सवारी साधनको भाडा पनि बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।इन्धनको बजार मूल्य बढेकाले सवारीसाधनको भाडादर समेत बढाएको हो । विभागका अनुसार यात्रुबाहक सवारी साधनमा १.७९ प्रतिशतले भाडा बढाइएको छ । पहाडी बाटोमा सन्चालन हुने मालबाहक सवारी साधनमा २.३४ प्रतिशत र तराईको बाटोमा सन्चालन हुने मालवाहक सवारी साधनमा २.६ प्रतिशतले भाडा बढाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ । बढेको भाडा दुई वा सोभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रुटमा सन्चालन हुने सार्वजनिक यातायातमा असार २७ गतेदेखि नै लागु भएको विभागले जारी गरेको सूचनामा…

Read More

काठमाडौँ – संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सभा समक्ष टेबुल गर्ने कार्यतालिका छ । त्यसैगरी सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ खानेपानी तथा सरसफाइ विधेयक, २०७६ टेबुल गर्ने कार्यतालिका छ । त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक २०७९ माथिको दफावार छलफल सदनमा…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज देशको बर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एघार महिनाको तथ्यांक सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांकअनुसार २०७९ जेठ मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा रु ३५१ अर्ब ९१ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको छ । २०७८ असार मसान्तमा यस्तो मौज्दात रु १९८ अर्ब ७६ करोड रहेको थियो । उक्त विवरणमा देशको समग्र अर्थतन्त्रको अवस्थाका बारेमा उल्लेख गरिएको छ ।

Read More

गण्डकी – गण्डकी प्रदेश सरकारले २०९ औँ भानु जयन्ती मनाउन बुधबार सार्वजनिक बिदा दिएको छ। तनहुँमा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई ‘गण्डकीको गौरव’ भन्दै उनको जन्मजयन्तीको अवसरमा प्रदेश सरकारले बिदाको घोषणा गरेको हो। अघिल्लो वर्ष चैत १८ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट भानु जयन्तीमा बिदा दिने निर्णय भएको थियो। गण्डकी सरकारले योसहित असोज २३ गते कोजाग्रत पूर्णिमा, फागुन ४ गते गण्डकी प्रदेश सरकार स्थापना दिवस र चैत १५ गते चैते दशैँमा पनि बिदा दिने निर्णय गरेको थियो।

Read More