काठमाडौं – नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९४ हजार रुपैयाँमा आइपुगेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ।
Facebook Comments Box