धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो ६ महिनाको अवधीमा ७२ जना कुष्ठ रोगी भेटिएका छन्। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७२ जना कुष्ठ रोगी भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। शनिबार धनगढीमा स्वास्थ्य निर्देशनालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ्य अधिकृत मनोज ओझाले प्रदेशमा कुष्ठरोग बढ्दै गएको तथ्यांक सार्वजनिक गरेका छन्। उनकाअनुसार सबैभन्दा बढी कैलाली, कञ्चनपुर र अछाममा कुष्ठरोगी फेला परेका छन्। अहिलेसम्म कैलालीमा एक सय ३१ कञ्चनपुरमा ३२ र अछाममा २५ जना कुष्ठरोगीको उपचार भइरहेको छ। डोटीमा ५, बाजुरामा ४, बझाङमा ३, दार्चुला र बैतडीमा २, २ र डडेल्धुरामा १ जना कुष्ठरोगी रहेको ओझाले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा २०५ जनामा…
Author: महेन्द्रनगर पोष्ट
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ग्लोबल इजुकेशन ट्रेनिङ एण्ड रिसर्च सेन्टर सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिका–५ को हसनपुरस्थित ऐश्वर्या स्कुल नजिकै ग्लोबल इजुकेशन टे«निङ एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको हो। ग्लोबल इजुकेशनले सबै तह र विषयका तयारी कक्षा, ब्रिज कोर्ष, कम्युप्टर कक्षा, लोकसेवा आयोग तयारी कक्षा, शिक्षक सेवा आयोग कक्षा अध्यापन गराइने जनाएको छ। यस्तै बैंकिङ तयारी कक्षा, नेपाल प्रहरीका तयारी कक्षा, अंग्रेजी, कोरियन, जापानिज लगायतका भाषाको शिक्षण पनि गराइनेछ। इजुकेशनले दक्ष तथा विषय विशेषज्ञ शिक्षकबाट कक्षा सञ्चालन गरिने जनाएको छ।
बझाङः बझाङमा एक महिला मृत फेला परेकी छन्। जिल्लाको थलारा गाउँपालिका–३ लामातोलास्थित सेती नदीमा ७६ वर्षीया जौमती सार्की मृत फेला परेकी हुन्। जिल्लाको दुर्गाथली गाउँपालिका–१ की सार्की शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन। जिल्लाको बेदकोट नगरपालिका–१० दैजीबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। दुई ग्राम लागुऔषधसहित शुक्रबार राति शुक्लाफाँटा नगरपालिका–१० घर भएका महेश चुनरा र सोही नगरपालिका–११ बस्ने २५ वर्षीय शंकर कामी पक्राउ परेका हुन्। अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले लु.१४ प ६७८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले क्रिकेट सुदूरपश्चिमको पहिचान बन्दै गएको र यस खेलको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्। शनिबारदेखि महेन्द्रनगरमा स्टार प्रोडक्सनको आयोजनामा सुरु भएको कर्पोरेट क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री रावलले यो प्रतियोगिताबाट उत्कृष्ट खेलाडी उत्पादनमा योगदान पुग्ने बताए। ‘सुदूरपश्चिम क्रिकेटका स्टार खेलाडी उत्पादन गर्ने थलो हो,’ उनले भने, ‘प्रदेश सरकार खेलकुद र खेलाडीको विकासका लागि गम्भीर छ।’ मुख्यमन्त्री रावलले जिल्ला स्तरका मात्रै नभएर प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगिता आयोजनाका लागि पनि अघि सर्न आयोजकलाई सुझाव दिए। यसका लागि प्रदेश सरकार पनि सहयोग गर्न तयार रहेको उनको भनाई थियो। मुख्यमन्त्री रावलले ब्याटिङ गरेर प्रतियोगिताको शुभारम्भ गरेका…
धनगढी: बैतडीमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। आज बिहानैदेखि नेपाल टेलिकमले प्रदान गर्ने भ्वाइस सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको हो। बिहानैदेखि सेवा अवरुद्ध हुँदा हजारौं ग्राहक समस्यामा परेका छन्।
धनगढीः कैलालीको घोडाघोडीबाट ट्याक्टरसहित अवैध काठ बरामद गरिएको छ। घोडाघोडी नगरपालिका–९ रतिपुरबाट सालको गोलियासहित ट्याक्टर नियन्त्रणमा लिइएको हो। एक थान सालको गोलियासहित ८२ चिरान काठ बरामद गरिएको प्रहरीले जनाएको छ। सब–डिभिजन वन कार्यालय सुखडबाट खटिएको गस्ती टोलीले ट्याक्टरमा लोड गरेर ल्याउँदै गरेको अवैध काठ बरामद गरेको हो।
धनगढी: पुनर्वास नगरपालिकामा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन्। आज पुनर्वास नगरपालीका– ५ सिम्रीस्थित धनगढि–बेलौरी हुलाकी सडकमा म १ ह ८२४ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा ३ जना घाइते भएका थिए। घाइते मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ का ३१ वर्षीय सरोज रिमालको मृत्यु भएको हो। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। उनका अनुसार अटोमा सवार रामेछापको सिन्धुलि नगरपालिका–११ का १८ वर्षीया सबिना घिमिरे र महोत्तरीको बर्दिवास नगरपालिका–४ का २२ वर्षीय शुशिल बुढाथोकि घाइते छन्। दुबै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको…
धनगढीः अभिनेत्री एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन्। शनिबार भैरहवामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन्। केही चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी एलिजा पत्रकार ऋषि धमलाकी पत्नी हुन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको बताइन्। ‘उहाँ हाम्रो पार्टीमा आउन इन्ट्रेस्ट राखेपछि प्रवेश गराउने कुरा स्वभाविक हो’, अध्यक्ष श्रेष्ठले भनिन्, ‘पार्टीमा आएपछि के जिम्मेवारी दिने भन्ने बैठकले निर्णय गर्छ, अहिले नै भन्ने कुरा होइन।’
डडेल्धुराः डडेल्धुरा सदरमुकाम राजमार्ग छेउछाउमा रहेका घरधनी र जग्गाधनीले मुआब्जा रकम पाउन थालेका छन्। सडक चौडा गर्नका लागि सडक क्षेत्राधिकारभित्र रहेका घर र जग्गाधनीलाई सरकारी मुल्यांकनका आधारमा मुआब्जा दिन थालिएको हो। सदरमुकाम क्षेत्रमा दायाँबायाँ १५, १५ मिटर सडक चौडा पार्न क्षतिपूर्ति दिन लिएको हो। विगत लामो समयदेखि मुआब्जाको विषयलाई लिएर सडक चौडा पार्ने काममा अवरोध हुँदै आएको थियो। तर,डडेल्धुरा जिल्ला सदरमुकाम बाघखोरबासीहरूले मुआब्जा रकम पाउन थालेसँगै सदरमुकामको सडक फराकिलो बन्ने कुरामा स्थानीय ढुक्क छन्। सडक फराकिलो बनाउन स्थानीयलाई मुआब्जा वाफतको रकम बाँडिन लागेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। स्थानीयको जमिन लागतकट्टा गरि सडक डिभिजन कार्यालयका नाममा नामसारि गरिएपछि स्थानीयलाई…