कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन। जिल्लाको बेदकोट नगरपालिका–१० दैजीबाट अवैध लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
दुई ग्राम लागुऔषधसहित शुक्रबार राति शुक्लाफाँटा नगरपालिका–१० घर भएका महेश चुनरा र सोही नगरपालिका–११ बस्ने २५ वर्षीय शंकर कामी पक्राउ परेका हुन्।
अस्थायी प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले लु.१४ प ६७८६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।
Facebook Comments Box