Author: महेन्द्रनगर पोष्ट

कैलाली – कैलालीका ५ स्थानीय तहले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन जग्गाको नापजाँच प्रक्रिया अघि बढाएका छन् । धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कैलारी गाउँपालिका, भजनी नगरपालिका र लम्कीचुहा नगरपालिकामा भूमि आयोगले जग्गा नापजाँचको कामलाई अघि बढाएको हो । ती स्थानीय तहमा भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरणका लागि भूमि आयोग र स्थानीय तहले कर्मचारी खटाएको भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायले बताउनुभयो । उहाँले साउन महिनाभित्र केही वडामा लालपुर्जा वितरणको काम सुरु हुने बताउनुभयो । भूमि आयोगले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई निःशुल्क जग्गाधनी प्रमाणपत्र वितरण गर्ने जनाएको छ । भूमि आयोग र स्थानीय तहले…

Read More

काठमाडौं – साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । साउनको तेस्रो सोमबार आज बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । दर्शनका लागि लाखौँ भक्तजन अहिले पनि पशुपति क्षेत्रमा लाममा बसेको उहाँको भनाइ थियो । भक्तजनलाई सहजरुपमा लाम लागेर दर्शन गरी फर्कने व्यवस्था मिलाइएको छ । बिहान तीन बजेदेखि मन्दिर दर्शनका लागि लाममा बसेका भक्तजनलाई वर्षाले केहीबेर असर पारेको थियो । विगतका दुई हप्तामा भन्दा आज सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने बोल बम यात्रीको…

Read More

एजेन्सी – अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ । सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी दिनुभयो । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अमेरिकाको मासाचुसेट्स राज्यको डिपार्टमेन्ट अफ एजुकेशनबाट स्वीकृत पाठ्यक्रममा विश्वको इतिहास र भूगोल विषयमा नेपाली डा विष्णुमाया परियारका बारेमा पाठ समावेश गरिएको छ, भिडियो र ‘स्लाइड शो’को माध्यमबाट पढाइने उक्त पाठमा डा परियारका बारेमा र जातीय…

Read More

दार्चुला – दार्चुला जिल्लाको महाकाली नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पेस गर्नआग्रह गरेको छ । चालु आर्थिक वर्ष २०७९÷२०८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयको भौतिक सुविधा विस्तार लगायत कार्यक्रममा सहभागिताका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै तोकिएका प्राथमिकताका क्षेत्र र सर्तभित्र रहेर विद्यालयले यही साउन २९ गतेभित्र पालिकामा प्रस्ताव पेस गर्न आह्वान गरेको हो । विगतमा राष्ट्रपति शैक्षिक कार्यक्रम कार्यान्वयन फितलो भएपछि यसवर्ष छिट्टै कार्यान्वयनको प्रक्रिया सुरु गरेको नगरपालिकाले जनाएको छ ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विगत चार वर्षदेखि जारी छ । विद्यालय भवन निर्माण तथा प्रयोगशालालाई मुख्य…

Read More

पोखरा – पोखरा महानगर वडा नम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण १०० भन्दा बढी घर डुबानमा परेको छ । डुबानमा मानवीय क्षति केह िनभएपनि स्थानीयका घरहरु भने डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । उनले आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको बताए । पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो । पानी तर्काउने काम भइरहे पनि निरन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको वडाध्यक्ष बरालको भनाइ छ ।

Read More

काठमाडाैं – नेकपा एमालेले आज काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने भएको छ। सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गर्न लागेको हो। यसअघि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो। प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन्। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको एमालेको आरोप छ।

Read More

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो। उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ। ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ। अदालतले मुद्दा हात…

Read More

काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आङ्कलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ। निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ । त्यसमा अध्ययन गरी सरकारले निर्णय गर्नेछ ।

Read More

काठमाडौं – अमेरिकी राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे संसदीय समितिमा छलफल हुने भएको छ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा एसपीपीबारे छलफल हुन लागेको हो। बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाइएको हो। एसपीपी सम्झौतामाथि विवाद भएपछि नेपाल सरकारले अमेरिकालाई पत्र पठाउने निर्णय गरिसकेको छ। आज बस्ने समितिको बैठकमा त्यसबारे छलफल हुने सहसचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन्। गत १३ साउनमा बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई लेखिसकेको दाबी गरेका थिए। त्यसअघि अमेरिकालाई पत्राचार नगरेको चन्दै चर्को आलोचना भएको थियो।

Read More

दार्चुला – जिल्लामा पुनः कोरोना सङ्क्रमणदर वृद्धि हुन थालेको छ । केहीसमय यता जिल्लामा कोरोना संक्रमणदर बढन थालेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । भारतमा कोरोना संक्रमणदर दिनानुदिन बढिरहेकाले सीमा जोडिएको दार्चुला जिल्लामा समेत संक्रमणदर बढ्दै गएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनु भयो । कोरोना संक्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ । जिल्लामा भारतसंग सीमा जोडिएका नाकामा कोरोना परीक्षणदरमा बृद्धि गरिएको पुलघाटका स्वास्थ्यकर्मी रविन्द्र सिह ठगुन्नाले बताउनु भयो ।भारतबाट नेपाल फर्कने नागरिकको कोरोना परीक्षण भइरहेको उनले बताए । साउन पहिलो साता सम्म कोरोनाका संक्रमित शून्य रहेको दार्चुलामा अहिले २ जनामा संक्रमण पुष्टि भइसकेको…

Read More