Author: महेन्द्रनगर पोष्ट

राजविराज – एक दिने निःशुल्क आँखा शिविरबाट तीन सय ५१ जनाको उपचार गरिएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा आँखा शिविर सञ्चालन गरिएको हो। उक्त शिविरमा तीन सय ५१ जना आँखाका रोगीले आँखा जाँच गराएको सो क्लबले जनाएको छ । तीमध्ये एक सय १३ मा मोतियाबिन्दु फेला परेकाले उनीहरुलाई लहान अस्पतालमा निःशुल्क उपचारको लागि पठाउने धर्मीहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले बताए ।

Read More

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज देशका सबै निर्वाचन क्षेत्रमा कोण सभा गर्ने भएको छ। महँगी, बेरोजगारी, कुशासन र लम्पसारवादविरुद्ध देशभरबाट पार्टीका सदस्य र नागरिकलाई कोणसभामा सहभागी हुन राप्रपाले आह्वान गरेको छ। सरकारले माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी गर्ने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले चेतावनी दिएका छन्। काठमाडौँलगायत देशका विभिन्न ठाउँमा ‘थाल ठटाउने’ कार्यक्रम गर्दै राप्रपाले तेस्रो चरणको आन्दोलनको चेतावनी दिएको थियो। राप्रपाको केन्द्रीय समितिको पछिल्लो बैठकले साउन महिनामा राष्ट्रव्यापी विरोध कार्यक्रम र भदौमा जनसंघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो।

Read More

दार्चुला – अज्ञात रोगले छात्रा बिरामी पर्न थालेपछि दार्चुलाको एक विद्यालय बन्द गरिएको छ। अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका अध्ययनरत छात्रामा एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रूने, कराउने तथा भीडभाडदेखि डराउने लक्षणहरू देखिएपछि विद्यालय १३ गतेदेखि बन्द छ। विद्यालयका प्रधानाध्यापक खडकसिंह लोथ्यालका अनुसार छात्राको स्वास्थ्य अवस्थामा सुधार भए साउन १७ गतेदेखि विद्यालयको पठनपाठन सुचारू गरिनेछ। विद्यालय बन्द भएपछि साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ। छात्राको स्वास्थ्य अवस्थाबारे बुझ्ने काम भइरहेको विद्यालय प्राधानाध्यापक लोथ्यालले जानकारी दिए।

Read More

दार्चुला – दार्चुलाको अपि हिमाल गाउँपालिकाले विभिन्न पदमा १८ जना करारकर्मचारी माग गरेको छ । गाउँकार्यपालिकाको साउन १० गते बसेको बैठकले विभिन्न पदमा १८ जना करारकर्मचारी माग गरेको हो । गाउपालिकाले खुल्ला प्रतिस्पर्धामार्फत कर्मचारी छनोट गरिने उल्लेख गर्दै योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई दरखास्त भर्न आह्वान गरेको छ । अघिल्लो स्थानीय सरकारले बिना स्रोत विभिन्न शिर्षकमा आफ्ना आफन्त र कार्यकर्ताहरुलाई मात्र भर्ती गरेको आरोप लगाउदैं गाउँ कार्यपालिकाको बैठकले करारमा भर्ना गरिएका कर्मचारीलाई गत साउन १ गतेदेखि करार अवधि थप नगर्ने निर्णय गरेको थियो । गाउँपालिकाले एक सुचना जारी गदैँ जलस्रोत अधिकृतमा १ जना सरसफाई स्वच्छता प्रवर्धकमा १ जना ,अमिन १…

Read More

काठमाडौँ- देउखुरीको गढवामा स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु भएको छ। न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसले किच्दा त्यही स्कुलमा पढ्ने गढवा गाउँपालिका वडा नम्बर-७ मानपुर उत्तर टोलकी पूजा थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। स्कुल सकेर घर जानेबेला शनिबार स्कुल बसबाट ओर्लेकी बालिकालाई बसको पछाडिको टायरले किचेको थियो। गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

Read More

दार्चुला – मालिकार्जुन गाउँपालिकामा दुई महिनाको अवधिमा सात पटक कार्यपालिका वैठक बसेको छ । गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि २ महिनाको अवधिमा ७ पटक कार्यपालिका वैठक बसेको जानकारी दिएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकोले त्यसमाथि छलफल गर्न २ महिनाको अवधिमा ७ पटक कार्यापालिका वैठक बसेको बताइएको छ । प्रत्येक महिना गाउँपालिकाले गरेका कामकारवाही लगायत प्रगतिबारे सवैलाई जानकारी गराउने उद्येश्यले गाउँपालिकाले आज दोस्रो पटक पत्रकार सम्मेलन गरेको जनाएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज दुई महिना पुरा भएपछि गाउँपालिकाले पत्रकार सम्मेलनको आयोजना गरेको गाउँपालिका अध्यक्ष हिरा सिह धामीले जानकारी दिनु भएको छ । स्थानीय तहको…

Read More

दार्चुला – दार्चुलाको अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका छात्राहरुमा अज्ञात रोग देखिएपछि पठनपाठन बन्द भएको छ। खण्डेश्वरी माविमा अध्ययनरत छात्राहरु एक हप्तादेखि एकाएक बिरामी हुन थालेपछि पठनपाठन बन्द गरिएको हो। छात्राहरु एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रुने, कराउने तथा भीडभाडदेखि डराउने गरेको विद्यालयका प्रधानाध्यापक खडकसिंह लोथ्यालले जानकारी दिए।त्यसकारण साउन १३ गतेदेखि साउन १७ गतेसम्म विद्यालय बन्द सम्म गरिएको उनले बताए। यस्तै साउन १५ गतेदेखि सञ्चालन हुने भनिएको प्रथम त्रैमासिकको परीक्षासमेत अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार २८२ नमुना परीक्षणमा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २ हजार ४७४ पीसीआरमा ३९१ र २ हजार ८०८ एन्टीजेन परीक्षणमा १८६ जना संक्रमित फेला परेका हुन् । बिहीबार एकै दिन ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । २४ घण्टामा २६९ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या भने ४ हजार ३५६ पुगेको छ । २४ घण्टाको अवधिमा २८ हजार २५६ जनाले खोप लगाएका छन् ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता भएको छ। प्रचण्डलाई भेट्न डोप्रेजसहितको टोली खुमलटार पुगेको हो । भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहेको उनले बताएकी छन् । प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार नेपालको शान्ति प्रक्रिया सकरात्मक दिशामा अघि बढेको टिप्पणी गरेकी छन् । उनका अनुसार प्रचण्डले युरोपेली युनियनलाई सहयोगका लागि धन्यवादसहित नेपालको शान्ति र विकासको लागि साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

Read More

काठमाडौं – शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्यका हैसियतमा समितिका संयोजक रहेका लक्ष्मणलाल कर्णले निवर्तमान अर्थमन्त्रीले अनाधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरेको भन्ने विषयमाथि आफ्नो प्रतिवेदन बुझाएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले दुईजना अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको भन्ने विषयमाथि छानबिन गर्न २२ असारमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो । समितिलाई सुरुमा १० दिनको समयावधिदिइएको थियो । समय अपूग भएको भनि ५ साउनमा सात दिन समय थप भएको थियो । प्रतिवेदनमा ‘अनधिकृत व्यक्तिको प्रवेश पुष्टि हुन नसकेको’ निष्कर्ष छ ।…

Read More