Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ । भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने भएको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ । तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ । यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निगमको भनाइ छ ।

Read More

काठमाडौं – मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी प्रहरी समायोजनको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् । यही साउन २२ गते सबै दलका प्रदेशसभा सदस्यसहित सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यतालिका रहेको उनले बताए । सातदिने ‘अल्टिमेटम’सहितको ज्ञापनपत्रपछि पनि प्रहरी समायोजन नगरिए संर्घषका थप कार्यक्रम सार्वजनिक गरिने उनले चेतावनी दिए । सर्वदलीय बैठकबाट आन्दोलनको निर्णय गरिएको भन्दै आन्दोलनमा प्रदेशका सबै राजनीतिक दलको समर्थन र सहयोग रहने उनको भनाइ छ । अहिले पनि सङ्घीयता विरोधीहरूलाई बल पुग्ने गरी केन्द्र सरकारले काम…

Read More

काठमाडौं – बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ।भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट भित्रिने नागरिकको जमुनाह नाकामा स्वास्थ्य जाँच गर्ने गरिएको छ । जमुनाह नाकामा अहिले सीमावर्ती भारतीय सहर रुपैडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ता र भारतबाट घर फर्किने नेपालीको भीड लाग्ने गरेको छ । दैनिकरूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको जोखिम फेरि बढ्न सक्ने उनले बताए । भारतबाट…

Read More

काठमाडौं – नेपाली बजारमा आज सुन-चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा आइपुगेको छ। तेजावी सुनको भाउ पनि ९४ हजार ८ सय रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ।चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौंमा – सशस्त्र प्रहरी बल नेपालका ४२८ प्रहरी निरीक्षकहरुको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको मंगलबारको निर्णयले उनीहरुको सरुवा भएको हो । सरुवा भएका उनीहरुले १ साउनदेखि सरुवा भएकै इकाइबाट तलब र भत्ता बुझ्ने सरुवा पत्रमा उल्लेख गरिएको छ । सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोला

Read More

काठमाडौं – सप्तकोसी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ । नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडानम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । उनीहरूलाई प्रभावकारी रूपमा छिटो स्थानान्तरण गरी राहतको बन्दोबस्त गर्न गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । नदी नजिकैको बस्तीमा पसिसकेको र गृहमन्त्री खाँणको निर्देशन अनुसार नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुवास बोहोराले जानकारी दिए । गृहमन्त्री खाँणले बेलकामा सप्तकोसीको कटानबारे…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जुन नेताले पैसा खर्च गर्छ, त्यसले विकास गर्दैन, जो जनताको विकासका लागि रातदिन खटिन्छ त्यो नेताले विकास गर्छ ।” मुख्यमन्त्री भट्टले चुनावमा करोडौँ रुपैयाँ खर्च गरे भन्ने नेताले अहिलेसम्म विकास गरेको कहीँ पनि उदाहरण नभएकाले पैसा एक…

Read More

दार्चुला – दार्चुलामा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। केहीसमय यता जिल्लामा कोरोना संक्रमणदर बढन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । छिमेकी राष्ट भारतमा कोरोना संक्रमणदर दिनानुदिन बढिरहेकाले सीमा जोडिएको दार्चुला जिल्लामा समेत संक्रमणदर बढ्दै गएको बताएको छ । यसैचिव जिल्ला अस्पताल दार्चुलाले सोमबार एक सुचना जारी गदै कोभिड १९ संक्रमित बढी रहेकोले अस्पतालमा आउने विरामी तथा उनका कुवरुवाहरुले सामाजिक दुरी कायम गरी अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्र अस्पताल आउन भनेको छ । यस्तै विरामीको साथमा एक जना मात्रै कुरुवा बस्न समेत अस्पतालले सुचना मार्फत जानकारी दिएको छ । साउन पहिलो साता सम्म कोरोनाका संक्रमित शून्य रहेको दार्चुलामा अहिले २…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पाँच हजार ४१५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८१४ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये २७ सय ६२ पीसीआर परीक्षण गर्दा ५०९ र २६ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा ३०५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २९९ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा कसैको पनि मृत्यु भएको छैन । काठमाडौं उपत्यकामा मात्रै ३१३ जना सङ्क्रमित थपिएका छन् । जसमा काठमाडौंमा २५३, ललितपुरमा ३६ र भक्तपुरमा २४ रहेका छन् । योसँगै…

Read More

काठमाडौं – एक वर्षमा करिब ३९ हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा ३८ हजार आठ सय ९६ जना विदेशी पर्यटकले मुस्ताङका पर्यटकीयस्थलको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र (एकयाप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयले जनाएको छ । अड्चालिस जना देशका पर्यटक आएकामध्ये सबैभन्दा बढी ३३ हजार ४५७ जना भारतीय रहेका एक्याप जोमसोमका प्रमुख अशोक सुवेदीले बताउनुभयो । दुई हजार ७४३ जना विदेशी पर्यटक मनाङहुँदै पाँच हजार ३०० मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङ आएका हुन् । यसैगरी एक हजार ५६६ जना पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । कागबेनीदेखि कोरला नाका सम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित…

Read More