काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ ।
भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने भएको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ ।
यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ । तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ । यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निगमको भनाइ छ ।
Facebook Comments Box