धनगढी: नेपालगञ्जबाट बाजुरा गइरहेको नेपाली सेनाको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ।
खराब मौसमका कारण अछामको बान्नीगढी जयगढ गाउँपालिका–५, थालाकोटमा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार थालाकोट मैदानमा हेलिकोप्टर ल्याण्ड भएको हो।
अछामको उक्त क्षेत्रमा बिहान सबेरैदेखि चट्टयाङसहित वर्षा भइरहेको छ।
Facebook Comments Box