Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । आज (सोमबार) बिहान दाहाल निवास खुमलटारमा भएको भेटमा सरकारले संसदमा पेस गरेको नागरिकता विधेयकबारे छलफल गरेको र छलफल सकारात्मक भएको गृहमन्त्री खाँणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । सरकारले नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ साल साउन २२ गते प्रतिनिधि सभामा दर्ता गरेको थियो । राज्य व्यवस्था समितिले २०७७ असार ९ गते प्रतिवेदनसहित प्रतिनिधि सभामा पेस गरेको थियो । सरकारले त्यो प्रतिवेदन असार २४ गते फिर्ता लिएर त्यसै दिन अर्को विधेयक संसद् सचिवालयमा पेस गरेको छ ।…

Read More

काठमाडौँ – प्रहरीको महानिरीक्षक (आइजिपी) सम्बन्धी रिटमा आज पनि सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतमा विचाराधीन नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बढुवा सम्बन्धी परेको मुद्दाको फैसला सोमबार आउन सक्ने देखिएको छ। जवाफी बहस सकिएपछि कामु प्रधान न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले फैसला गर्ने छ। जवाफी बहसका लागि लामो समय नलाग्ने भएकाले फैसला आजै आउन सक्ने सम्भावना रहेको एक कानुन व्यवसायीले बताए। विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै गत वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। एआईजी बढुवा सिफारिसविरुद्ध परेको रिटमा पोखरेलको रिटलाई लगाऊ राखेपछि जेठ ३० गतेबाट अन्तिम सुनुवाइ सुरु भएको थियो। त्यसपछि असार…

Read More

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले नामिबियाको सामना गर्दै छ। स्कटल्याण्डको काम्बस्डून न्यु ग्राउण्डमा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ। यसअघि आइतबार भएको खेलमा नामिबिया स्कटल्याण्डसँग ७७ रनले पराजित भएको थियो। सात टोली सम्मिलित लिगको शीर्ष तीनमा पर्ने टोलीले सोझै विश्वकप छनोटको ग्लोबल क्वालिफायर्स खेल्न पाउनेछन्। नेपाल लिगमा १६ खेलबाट १५ अंक जोड्दै पाँचौं स्थानमा छ भने एक खेल कम खेलेको नामिबियाले १४ अंक जोडेको छ।

Read More

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता-कार्यकर्ताहरुले भातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका छन्। पार्टीको केन्द्रीय समिति बैठक सुरु हुनुअघि नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका कोइराला पक्षका नेता-कार्यकर्ताहरुले प्रदर्शन गर्न लागेका हुन्। कांग्रेस केन्द्रीय समितिको बैठक सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको छ। त्यसअघि साढे ११ बजेदेखि नै पार्टी कार्यालय बाहिर प्रदर्शनको कार्यक्रम तय गरिएको छ। अवधि समाप्त भएपछि केन्द्रीय कार्यसमिति भंग गरिएका भ्रातृ संस्था वैधानिक विधिबाट पूर्णताको माग गर्दै प्रदर्शन गर्न लागिएको शेखर कोइराला निकट विद्यार्थी संघकी नेता प्रेमिका रानामगरले जानकारी दिइन्…

Read More

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग चार दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरूबीच दुई पक्षीय आपसीहितका विविध विषयमा भेट भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विदेश विभाग प्रमुख लिउले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम रहेकोे मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं — नेपालमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दो क्रममा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ७०० जनाको पीसीआर परीक्षण गर्दा १०४ जना र १ हजार ३४५ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ६६२ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जना संस्थागत आइशोलेशन र…

Read More

काठमाडौँ – केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले तीन पटकसम्म संघीय संसदमा पेस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको व्यवस्थासँग मिल्दोजुल्दो हुने गरी अहिलेको सरकारले त्यससम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेका हुन् । संवैधानिक परिषदमा आफ्नो अनुकूल समीकरण नहुने अवस्था देखेपछि तत्कालीन प्रधानमन्त्री ओलीले जे गरेका थिए, अहिले प्रधानमन्त्री देउवाले समेत त्यही व्यवस्था हुबहु राखेर विधेयक बनाएका हुन् । विधेयकमा केही शब्दावली फेरबदल बाहेक अरू सबै व्यवस्था पुरानो अध्यादेशसँग मिल्दोजुल्दो छ । विधेयकमा ऐनको दफा ६…

Read More

काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ आज (आइतबार) बिहान काठमाडौँ ओर्लिएका छन् । ८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहान साढे ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारीले उनको स्वागत गरेका छन् । लिउ होटल द्वारिकामा रहनेछन् । नेपाल रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार लिउले आज बेलुकी पराष्ट्रमन्त्री खड्का र साँझ प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् ।…

Read More

काठमाडौं – केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरूबाट १ अर्ब ७ करोड (१/७ बिलियन)अमेरिकी डलर बराबरको सहयोग प्राप्त गर्ने भएको छ। सो कुराको जानकारी युक्रेनका प्रधानमन्त्री डेनिस सिमहलले जानकारी दिए। प्रधानमन्त्री डेनिसले शनिबार युक्रेनले विभिन्न दाताहरूबाट सो रकम प्राप्त गर्न लागेको जानकारी दिएका हुन्। सो रकम विश्वका विभिन्न दाता राष्ट्रहरूबाट प्राप्त हुन लागेको र विकास र पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय बैंकमार्फत् सो रकम प्राप्त हुने भएको पनि समाचारमा जनाइएको छ।विकास र पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय अमेरिकी सहयोग नियोग यसएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट मार्फत् सो सहयोग उपलब्ध हुने जानकारी दिइएको छ। औषधिसम्बन्धी कार्यक्रम र अन्य पुनर्निर्माणका क्षेत्रमा यो…

Read More

काठमाडौं – बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर उम्मेदवार मायाकुमारी खड्का (कुँवर) निर्वाचित भएका हुन् । एमालेका बानियाँले चार हजार ७७७ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रंगबहादुर खातीले तीन हजार ७७४ मत पाएर पराजित भए । खातीलाई एक हजार तीन मतले पछि पार्दै बानियाँ प्रमुखमा निर्वाचित भएका हुन् । यस्त उपमेयरमा मायाकुमारी खड्का (कुँवर)ले चार हजार ७२७ मत ल्याएर निर्वाचित भएकी हुन् । बुढीगंगामा नौ हजार १२८ मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

Read More