Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सार्वजनिक भएको न्यायाधीश र अधिवक्ता घुस डिल प्रकरणमा दोषीलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै न्याय परिषदमा निवेदन दर्ता गरेको छ । पार्टीको सुशासन विभागका प्रमुख तथा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेललाई पक्राउ गरी थप अनुसन्धान गर्न निवेदन दर्ता गराएको हो । शाहीले तत्काल उनीहरूलाई पक्राउ नगरे थप आन्दोलन गर्ने र सर्वोच्चमा रिट दायर गरिने चेतावनी दिए।

Read More

जनकपुर – भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ । जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गरेका छन् । करिब ५ सय धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो नै पहिलो रेल हो । रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुगेको हो । जयनगरबाट रेल नेपाल प्रवेश गरेलगत्तै ठाउँ–ठाउँमा फूलमालाले स्वागत गरिएको छ । त्रेतायुगमा राम र सीताको विवाह भएको थियो । भारत अयोध्याका राजा दशरथका छोरा राम र जनकपुरका राजा जनककी छोरी सीतासित विवाह भएको थियो । रामायण अध्यायमा उल्लेख…

Read More

जनकपुरधाम – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । ११ यात्रु घाइते भएका छन् । विराटनगरबाट कटारी जाँदै गरेको ना. ५ ख १८९८ नम्बरको बस कोसी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टेको हो । मृत्यु भएकी अन्दाजी ५०/६० वर्षीया महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । बस दुर्घटना भए लगत्तै नेपाल र सशस्त्र प्रहरी पुगेर घाइतेहरूको उद्धार गरेका छन् । ६ जनाको भारदह अस्पताल र अन्य ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अनियन्त्रित भई सडकबाट उत्तर २० फिट तल झरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर ठुलो दुर्घटना टारिएको उनले बताए । आज (बिहीबार) ललितपुरमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी र एसपीपीमा नेकपा एमालेले राष्ट्रघात गरेको आरोप पनि लगाए । उनले भने, ‘एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन, तर एमालेको केपी ओली नेतृत्वको सरकारले यस्तो प्रावधान थपेर राष्ट्रघात गर्‍यौँ । धन्न हामीले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अङ्ग बनाएर ठुलो दुर्घटना टार्‍यौँ ।’ एमसीसीसँगै पारित गरिएको १२ बुँदे घोषणालाई अमेरिकाले समेत मान्यता दिइसकेको प्रचण्डको…

Read More

काठमाडौं – नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले महिलाबाट पुरुषमाथि पनि हिंसा हुने घटना देखिएकाले यसबारेमा सोच्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन मानवअधिकार समितिको बैठकमा धारणा राख्दै सांसद पाण्डेले यौन हिंसाबारेमा पटक पटक हदम्याद बढाउने कानुन बनाएको स्मरण गराउँदै पुरुष हिंसाका बारेमा पनि सोच्नु पर्ने बेला आएको बताएकी हुन् । ‘हदम्यादलाई ३५ दिनबाट छ महिनासम्म पु¥यायौं, ६ महिनाबाट एक वर्ष पु¥यायौं, यसले पनि भएन, अब जहिले सुकै र जसले पनि उजुरी दिन पाउने गरि न्यायको ढोका सधँैका लागि खुला गरौँ, पुरुषमाथि भएका हिंसाका बारेमा पनि व्यवस्था गरौं,’ उनले भनिन् । उनका अनुसार उजुरी परेपछि छानबिन गर्दा भएको के हो रु पत्ता…

Read More

काठमाडौँ- सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिन यता चाँदीको मूल्य घट्दो क्रममा छ ।

Read More

बारा – ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ – संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७-०७८) पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्रीले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६, लोकसेवा आयोग विधेयक र २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ‘ग्लोवल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची छ । त्यस्तै दिउँसो १ बजे नै बस्ने राष्ट्रिय सभाको…

Read More

काठमाडौं – कानुन व्यवसायमा एकपछि अर्को बेथिति र अनियमितताको पाटो खुल्दै गएको अवस्थामा फेरि अर्को ‘काण्ड’ बाहिरिएिको छ । एउटाको जग्गा अर्कोलाई बिक्री गर्ने व्यवस्था मिलाइदिएबापत एकजना बरिष्ठ अधिवक्ता र अर्का अधिवक्ताले ८ करोड कमिशन लिएको रहस्य खुलेको छ । मंगलबारमात्र एक सञ्चारमाध्यममा न्यायाधीश र कानुन व्यावसायीबीच एक आरोपीलाई छुटाउनका लागि आर्थिक लेनदेनको बारेमा छलफल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै यसपटक अर्का कानुन व्यवसायीले व्यवसायीकै संरक्षणमा ३२ करोड रूपैयाँ हुण्डीमार्फत् विदेश पठाइएको भन्दै अख्तियारमा उजुरी दिएको बताएका छन् । अधिवक्ता प्रेम सिंह धामीले २०७४ पुस १८ गते भएको जग्गा कारोबारबाट जग्गा किन्ने र जग्गाधनी दुवैका तर्फबाट ८ करोड रुपैयाँ कमिशन लिएको…

Read More

काठमाडौँ – मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेकाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने निर्णय भएको छ । यसैगरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखी असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा…

Read More