Author: महेन्द्रनगर पोष्ट

दार्चुला – जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालले सर्पदंसको उपचारका लागि जनशक्ति तयार गर्दैछ । सर्पदंशको उपचार जिल्लामै गर्न सुदुरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले तालिम प्रदान गरिरहेको स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जय राज भट्टले जानकारी दिनु भएको छ । जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालका समान ३÷३ जना स्वास्थ्यकर्मीलाई सर्पदशं उपचारको तालिम दिइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत भट्टले बताउनु भयो । यसअघि सर्पदंशको उपचार गर्न तराई लगायत भारत जानुपर्ने बाध्यता रहेकोमा जिल्ला अस्पताल दार्चुला तथा गोकुलेश्वरमै उपचार सम्भव हुने उहाँको भनाई छ । जिल्लामै सर्पदंशको उपचार सुरु गरे सर्पको टोकाईबाट ज्यान जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको…

Read More

रामपुर – पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर झेडीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत असार ७ गते साँझ पौने ८ बजेको समयमा एक बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । सामुदायिक वनमा लगेर बालिकामाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको आमाले प्रहरीमा दिएको उजुरीका आधारमा आरोपीलाई पक्राउ गरेर अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

Read More

काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद नआउने बताएका छन् । नेकपाका संस्थापक नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको समाजवादबारेको अन्तरक्रियामा बोल्दै नेता पौडेलले सबैको पालो पुर्‍याउन मन्त्री फेर्ने संस्कृतिले समाजवाद नआउने बताए । पौडेललाई कार्यक्रममा उपस्थित नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई लक्षित गर्दै यस्तो धारणा राखेका थिए । ‘चार दिन काम गर्न नपाएका मन्त्रीलाई हटाउनुपर्ने । सबैको पालो पुर्‍याउनुपर्ने पनि कतै हुन्छ ? समाजवादको कुरा गर्दा रामकुमारी झाँक्रीलाई धर्धरी रुवाएर समाजवाद आउँछ ? हामी समाजवादको नारा फलाक्ने तर घार प्रतिक्रियावादी कामहरू गर्ने ? यसरी चल्दैन । नेता, कार्यकर्ता सबैको संस्कार बदल्नुपर्छ तब…

Read More

काठमाडौं – नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन् । अध्यक्ष गणेश तिमिल्सिनाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री जनार्दन शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् । राष्ट्रिय सभाबाट एमाले सांसदहरु बाहिरिए पनि अर्थमन्त्री शर्मा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आएको छ ।

Read More

काठमाडौं – काठमाडौँको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । किटानी जाहेरीसँगै ज्यानसम्बन्धी कसूरमा श्रेष्ठमाथि अनुसन्धान भइरहेको र आजै म्याद थपको तयारी रहेको जनाइएको छ । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । गायिका सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । घटनास्थलमा मोबाइल फेला नपरेको र उनको सलसमेत समेत घटनास्थलभन्दा बाहिर फेला परेकाले कर्तव्य गरी मरिएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पक्राउ…

Read More

काठमाडौं – सरकारले एलपी ग्यासलाई क्रमिक रुपमा विद्युतीय चुलोेमार्फत प्रतिस्थापन गर्न ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत् जोडौँ’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको र त्यसबाट सार्थक सफलता हासिल गर्ने क्रममा रहेको स्पष्ट पारेको छ । आन्तरिक बिजुलीको खपत बढाउने तथा विदेशी ग्यासको आयातलाई क्रमश: घटाउने लक्ष्यका साथ सरकारले अभियानात्मक, प्रवद्र्धनात्मक रुपमा काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी दिनुभयो । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा ऊर्जामन्त्री भुसालले नेपालको समग्र विकासमा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विशिष्ट भूमिका रहेको बताउनुभयो । दुई वर्षभित्र सबै नेपालीलाई भरपर्दो बिजुली मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली…

Read More

काठमाडौं – राप्रपाको केन्द्रीय प्रशिक्षण विभागले असार ११ र १२ गते काठमाडौंमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभिन्न व्यक्तिलाई प्रशिक्षण विभागको प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको छ । विभागका सदस्य सचिव दिनेश कार्कीले दिनुभएको जानकारी अनुसार,प्रदेश नं १- इनु अधिकारीमधेस प्रदेश – गिरिश गिरीबागमती प्रदेश- नानीमैया आचार्यगण्डकी प्रदेश- वरुण विक्रम राणालुम्बिनी प्रदेश- प्रेमनारायण चौधरीकर्णाली प्रदेश- धनसुर शाहीसुदुरपश्चिम प्रदेश- अभिषेक जोशी

Read More

महेन्द्रनगर – जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार, बुधबार र विहीबार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई एक-दुई स्थानमा भारी बर्षाको समेत संभावना रहेको छ। तसर्थ मंगलबार देखि बिहिबार सम्म देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा…

Read More

कैलाली – कैलालीको गोदावरीमा गाडीधनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन् । महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए । ‘महेन्द्रनगरबाट सँगै ल्याएको थिएँ, यहाँ रोकेर फोटो खिचौं भने,’ भण्डारीले भने, ‘गाडी रोकेपछि ३ जनाले हातमुख बाँधेर ढुंगाले हानेर गाडी उतै फर्काएर लगे ।’ घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

Read More

दार्चुला–तिंकर सडक निर्माणमा संलग्न कामदारको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका–२ मालगाउँस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भीरबाट लडेर नौगाड गाउँपालिका–४ सिप्टीका अन्दाजी ४६ वर्षिय जय बहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । धामी आज विहान १० बजेतिर भीरबाट करिब ५ सय मिटर तल खसेको तथा घटनास्थलमै मृत्यु भएको बताइएको छ । अहिले उक्त स्थानमा इलाका प्रहरी कार्यालय दुहुँबाट इन्सपेक्टर लोकेन्द्र बहादुर कार्कीको टोली र सुन्सेराबाट प्रहरीको टोली घटनास्थलमा गइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक विष्टले जानकारी दिनु भएको छ । घटनाको बाकी विवरण आउन बाकी रहेको छ ।

Read More