काठमाडौं – राप्रपाको केन्द्रीय प्रशिक्षण विभागले असार ११ र १२ गते काठमाडौंमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभिन्न व्यक्तिलाई प्रशिक्षण विभागको प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको छ ।
विभागका सदस्य सचिव दिनेश कार्कीले दिनुभएको जानकारी अनुसार,
प्रदेश नं १- इनु अधिकारी
मधेस प्रदेश – गिरिश गिरी
बागमती प्रदेश- नानीमैया आचार्य
गण्डकी प्रदेश- वरुण विक्रम राणा
लुम्बिनी प्रदेश- प्रेमनारायण चौधरी
कर्णाली प्रदेश- धनसुर शाही
सुदुरपश्चिम प्रदेश- अभिषेक जोशी
Facebook Comments Box