Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गरेकी छन् । उनले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेकी हुन् । विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको छ । विश्वविद्यालयका लगि मकवानपुरको चित्लाङ र काभ्रेमा संरचना निर्माण भइरहेको छ । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले प्राविधिक विषय पढाइ हुने गरी छुट्टै विश्वविद्यालय सञ्चालन गर्न मदन भण्डारी विश्वविद्यालयसम्बन्धी विधेयक ल्याएको थियो ।

Read More

कञ्चनपुर – चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ। बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ। बाढीका कारण बस्ती पूरै जोखिममा छ। स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन्। सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन्। गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन्। उच्च जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरीका गणपति अमरबहादुर ऐरले जानकारी दिए। ऐरका अनुसार बाढीबाट स्थानीय किर्सन भुल, हरिश भुल, रगी भुल, विस्ना भुल, मदन भुल, उत्तरे भुल, दानी भुल, ठेसे भुल, विरमा भुल, छाला प्रशोधन केन्द्र र ज्ञान ज्योति बालविकास केन्द्रको भवन जोखिममा…

Read More

महेन्द्रनगर – आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि दार्चुला जिल्लामा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदान स्थल थप गर्न सिफारिस गरेको हो । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले अपि हिमाल गाउँपालिका–३ को सुर्मा भवानी आधारभूत विद्यालय थुम्ती र लेकम गाउँपालिका-४ को तमैराज आधारभूत विद्यालय झलातीमा केन्द्र थप गर्न सिफारिस गरेको हो । जिल्लाभरि चार मतदानस्थल थप गर्न निवेदन आएको भए पनि प्रक्रिया नमिल्दा ती मात्र थपका लागि सिफारिस गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए । यसका लागि सिफारिस गरिएको मतदानस्थलसँगै जिल्लामा एक सय १२ मतदानस्थल…

Read More

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ । भारतबाट मूल्य घटेर आएपनि नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने भएको हो । पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ । तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ । यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने निगमको भनाइ छ ।

Read More

काठमाडौं – मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ । बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी प्रहरी समायोजनको माग गर्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका हुन् । यही साउन २२ गते सबै दलका प्रदेशसभा सदस्यसहित सबै मन्त्रीहरूको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यतालिका रहेको उनले बताए । सातदिने ‘अल्टिमेटम’सहितको ज्ञापनपत्रपछि पनि प्रहरी समायोजन नगरिए संर्घषका थप कार्यक्रम सार्वजनिक गरिने उनले चेतावनी दिए । सर्वदलीय बैठकबाट आन्दोलनको निर्णय गरिएको भन्दै आन्दोलनमा प्रदेशका सबै राजनीतिक दलको समर्थन र सहयोग रहने उनको भनाइ छ । अहिले पनि सङ्घीयता विरोधीहरूलाई बल पुग्ने गरी केन्द्र सरकारले काम…

Read More

काठमाडौं – बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ।भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठूलो सङ्ख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट भित्रिने नागरिकको जमुनाह नाकामा स्वास्थ्य जाँच गर्ने गरिएको छ । जमुनाह नाकामा अहिले सीमावर्ती भारतीय सहर रुपैडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ता र भारतबाट घर फर्किने नेपालीको भीड लाग्ने गरेको छ । दैनिकरूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको जोखिम फेरि बढ्न सक्ने उनले बताए । भारतबाट…

Read More

काठमाडौं – नेपाली बजारमा आज सुन-चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा आइपुगेको छ। तेजावी सुनको भाउ पनि ९४ हजार ८ सय रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ।चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

काठमाडौंमा – सशस्त्र प्रहरी बल नेपालका ४२८ प्रहरी निरीक्षकहरुको एकैपटक सरुवा भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको मंगलबारको निर्णयले उनीहरुको सरुवा भएको हो । सरुवा भएका उनीहरुले १ साउनदेखि सरुवा भएकै इकाइबाट तलब र भत्ता बुझ्ने सरुवा पत्रमा उल्लेख गरिएको छ । सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोला

Read More

काठमाडौं – सप्तकोसी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । आज बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ । नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडानम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । उनीहरूलाई प्रभावकारी रूपमा छिटो स्थानान्तरण गरी राहतको बन्दोबस्त गर्न गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् । नदी नजिकैको बस्तीमा पसिसकेको र गृहमन्त्री खाँणको निर्देशन अनुसार नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुवास बोहोराले जानकारी दिए । गृहमन्त्री खाँणले बेलकामा सप्तकोसीको कटानबारे…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पैसा खर्च गरेर तथा पैसा बाँडेर निर्वाचन जित्ने नेताले विकास नगर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) डोटीले मङ्गलबार केआइसिंह गाउँपालिकामा आयोजना गरेको जनसम्बन्ध विस्तार तथा सङ्गठन सुदृढीकरण अभियान एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री भट्टले पैसाले चुनाव जितिन्छ भन्ने कुरो गलत भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जुन नेताले पैसा खर्च गर्छ, त्यसले विकास गर्दैन, जो जनताको विकासका लागि रातदिन खटिन्छ त्यो नेताले विकास गर्छ ।” मुख्यमन्त्री भट्टले चुनावमा करोडौँ रुपैयाँ खर्च गरे भन्ने नेताले अहिलेसम्म विकास गरेको कहीँ पनि उदाहरण नभएकाले पैसा एक…

Read More