Author: महेन्द्रनगर पोष्ट

भोजपुर – भोजपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामप्रसादराई गाउँपालिका–१ ओख्रे बस्ने ४८ वर्षीय अम्बिराज कार्की रहेका छन् । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । कार्कीले ती किशोरीलाई २०७८ फागुन २३ गते आफ्नै घरभित्र लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार गरी गर्भवती बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Read More

काठमाडौं – काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो । अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराले केही अघि मात्रै आगलागी भएको र निभाउने कार्य जारी रहेको जानकारी दिए ।

Read More

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल-भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गरेका छन्। सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकाहरूको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दवाव दिए। बुधबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ मा विरोधको सूचना पेस गर्दै उनले नेपालीसँग विवाह गरेका नेपाली नागरिकलाई २० वर्ष निरन्तर नेपालमा बसोबास गरेको र नेपालको कुनै एउटा भाषा र संस्कृतिमा लिखित परीक्षा र अन्तरवार्ता उत्तीण गरेकालाई नेपालको कृतिम नागरिकता दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिए। उनले भने, ‘नेपाली नागरिकता नेपाली जनताले पाउनुपर्छ। र, यो…

Read More

काठमाडौं – तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिए पछि झन्डै २ वर्षदेखि रिक्त प्रतिनिधिसभाका उपसभामुखको लागि निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए । निर्देशनलगत्तै संसद सचिवालयका सचिव गोपालनाथ योगीले सुचना निकालेर उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन दिउँसो १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आव्हान गर्ने र ३१ असारमा बस्ने बैठकबाट उपसभामुख चयन गर्ने तालिका तय भएको जनाएका हुन् ।

Read More

पर्सा – जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । बुधवार वीरगञ्जमा सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो । बैठकमा देशभरबाट करिव ६ सय जना सहभागी भएको जनाइएको छ । बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षको उपस्थिति छैन । बैठकमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले स्वागत मन्तव्य राखेका छन् । बैठकमा केन्द्रीय सदस्य, कार्यकारिणी सदस्यहरूसहित १३ जनाले मन्तव्य राख्ने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौं – सरकारले प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रस्तुत गरेको छ । प्रतिनिधिसभाको जारी बैठकमा गृहमन्त्री वालकृष्ण खाँडले नागरिकता विधेयक प्रस्तुत गरेका हुन । प्रतिनिधिसभामा प्रस्तुत भएको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक प्रतिनिसभा बैठकमा प्रस्तुत गरेको हो । सो विधेयक पारित भए लगत्तै मुख्यतः जन्मसिद्धका आधारमा नागरिकता प्राप्त गरेका नागरिकलाई नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेछन ।

Read More

काठमाडौं – रेल्वे विधेयक प्रतिनिधिसभाबाट पनि बहुमतले पारित भएको छ । राष्ट्रिय सभामा पेश भएको विधेयक प्रतिनिधिसभाबाट पनि पारित भएको हो । प्रतिनिधिसभाको बुधवारको बैठकले रेल्वे विधेयकलाई पारित गरेसँगै नेपालमा रेल सञ्चालनमा देखिएका कानुनी अवरोध हट्नेछ । प्रतिनिधिसभाबाट पारित भएको नेपाल रेल्वे ऐन, २०७९ राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै लागु हुने भएको छ । प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले रेल्वे विधेयक निर्णयार्थ प्रस्तुत गर्ने प्रस्ताव राखेका थिए ।

Read More

काठमाडौं – प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र KOICA (Korea International cooperation Agency) नेपालका पदाधिकारीहरू बीच नेपाल प्रहरीको साइबर व्यूरोको क्षमता अभिवृद्धिका लागि साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ। कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले वित्तिय अपराध, साइवर बुलिङ लगायतका साइबर अपराधहरु दिन प्रति दिन बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमले नेपाल प्रहरीको संस्थागत विकासका साथै साइबर अपराध नियन्त्रणका लागि थप टेवा पुग्ने बताउनुभयो । साथै उहाँले नेपाल प्रहरी यस प्रकारका अपराध नियन्त्रण तथा अनुसन्धानका लागि अति संवेदनशील र गम्भीर रहेको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले साइबर अपराधविरुद्ध एक्लै लड्न नसकिने उल्लेख…

Read More

काठमाडौं – काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या २८ पुगेको छ । सङ्क्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका छन्, जसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार सम्म हैजा सङ्क्रमितको संख्यामध्ये काठमाडौँ महानगरपालिकामा ११, कागेश्वरी मनोहरामा ८, चन्द्रागिरिमा २, बुढानीलकण्ठमा १ र कीर्तिपुरमा १ जना सङ्क्रमित देखिएका छन् । त्यस्तै, भक्तपुरका चाँगुनारायण नगरपालिकामा १ र सूर्यविनायकमा १ जनामा हैजा पुष्टि भएको छ भने ललितपुर महानगरभित्र २ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । महाशाखाले काठमाडौँमा हैजा सङ्क्रमण देखिएका विभिन्न स्थानमा पानी परीक्षणका लागि नमुना सङ्कलन तथा पीयूष वितरण अभियान तथा…

Read More

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । आजको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैंकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आबद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरिन् । उनले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुवै पक्षलाई कारबाही गर्न माग गरेकी छन्। एमालेको पछिल्लो अन्तर पार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ । एमाले सांसदहरुले भने अर्थमन्त्रालयले बजेटमार्फत गरेको नीतिगत भ्रष्ट्राचारलाई लुकाउन…

Read More