धनगढीः सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव रामबन्धु सुवेदीको सरुवा भएको छ। मन्त्रालयका प्रदेश सचिव सुवेदीको संघीय गृह मन्त्रालयमा सरुवा भएको हो। उनको बिहिवार एक कार्यक्रमका बिच बिदाई गरिएको छ। आर्थिक मामिला मन्त्री रनेशकुमार शाही र मन्त्रालयका कर्मचारीहरुले उनको बिदाई गरेका हुन्। उनी सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा पाँच महिना बसेका छन्।
सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयमा नयाँ सचिवको रुपमा छविलाल रिजाल आउने मन्त्रालय स्रोतले बताएको छ।
Facebook Comments Box