Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर-कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा नाच्दै मयुर। विश्वमै ठूलो झुण्डमा बाह्रसिंगा देख्न पाइने शुक्लाफाँटामा चार सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीसमेत रहेका छन्।रासस

Read More

काठमाडौं -एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली आज थाइल्यान्ड जाँदै छ।  अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट थाइल्याण्ड जान लागेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जनाकारी दिए। थाइल्याण्ड जाने टोलीको हिजो एन्फाले बिदाइ गरेको छ। नेपाली टोलीले थाइल्याण्डमा रहँदा त्यहाँको राष्ट्रिय र शीर्ष डिभिजन क्लब चोनबुरीसँगको दुई मैत्रिपूर्ण खेल्ने छ। नेपालले चैत १० गते थाइल्याण्डको राष्ट्रिय र चैत १३ गते एक शीर्ष क्लब चोनबुरीसँग मैत्रिपूर्ण खेल्दैछ। केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरेको नेपालले फिफा वरियतामा सुधार हुने गरी प्रदर्शन गर्ने नेपाली टोलीका प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए। इन्डोनेसिया र जोर्डन…

Read More

कैलाली- कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका १ का २३ वर्षीय आकाश विक पक्राउ परेका प्रहरीले बताएको छ। उनलाई ५२० मिलिग्राम लागुऔषध खैरो हिरोइन र २७ हजार २ सय ४० रुपैयाँसहित पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

Read More

अछाम-अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छन्।मेल्लेख गाउँपालिका–३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन्। आफ्नो बारीमा भैँसीले घाँस खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेको बताइएको छ। हँसिया प्रहारबाट रंगदेवीको नाक, मुख र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । अमृता पक्राउ परेकी छन्।

Read More

लमजुङ-लमजुङका मर्स्याङदी गाउँपालिका-६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलो लागेको छ। शनिवार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन्। हावा चलेकाले डढेलो नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिवार लागेको आगो झनझन बढ्दै गएको छ । आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिए पनि आगोको मुस्लो ठुलो भएकाले निभाउन सकिएको छैन। ’  मर्स्याङदी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलो लागेको हो। वनमा एक्कासी डढेलो लागेपछि स्थानीय आइतबार  आगो नियन्त्रणका लागि पुगेका थिए। डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलो नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए। 

Read More

काठमाडौं-नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस आज मनाइँदैछ। राणाशासनकै बेला विराटनगर जुटमिलमा मजदुर आन्दोलनको अगुवाइ गरेर राजनीतिमा होमिएका कोइराला पाँच पटकसम्म प्रधानमन्त्री बन्नु भएको थियो। २०५३ सालमा नेपाली कांग्रेसको सभापतिमा चुनिएका कोइराला तीन कार्यकालसम्म कांग्रेसको सभापति रहेका थियो। २०६२/६३ को जनआन्दोलन मार्फत संसद् पुनःस्थापना गराउन, बृहत् शान्ति सम्झौता मार्फत् माओवादी सशस्त्र युद्धको अन्त्य गराउन र संविधान सभाको निर्वाचनमार्फत् सङ्घीय लोकतान्त्रिक गणतन्त्र सुनिश्चित गर्न कोइरालाले अगुवाइ गरेका थियो। २०६३ साल जेठ ४ गतेको प्रतिनिधि सभा घोषणापछि कोइरालाले अन्तरिम राष्ट्रप्रमुखको भूमिका समेत निर्वाह गर्नु भएको थियो। कोइरालालाई शान्तिप्रक्रिया र संविधान निर्माण प्रक्रियाका सुत्रधार मानिन्छ। उनको नेतृत्वमा २०६५…

Read More

कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरको जिल्ला सदस्यमा युवा नेता विवेक बोगटी मनोनित भएका छन। एमाले कञ्चनपुरले युवा नेता बोगटी सहितका नेताहरुलाई जिल्ला सदस्यमा मनोनित गरेको हो। बोगटी जिल्ला युवा परिषर कञ्चनपुरका अध्यक्ष रहेका छन। नेता बोगटीले पार्टीले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन।

Read More

काठमाडौँ -नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित चार जना नेता आज चीनको बेइजिङ जाँदै छन्। आज बिहान ९ बजे पौडेलसहित एमालेका नेताहरू काशीनाथ अधिकारी, पुष्प कँडेल, मिना रखाल चीन जान लागेका छन्। एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पौडेलसहित नेताहरू चीन जान लागेका हुन्। उनीहरूले चिनियाँ विदेश विभागका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ। पौडेलसहित नेताहरू पाँच दिने भ्रमणका लागि बेइजिङ जान लागेको रिजालले बताए।

Read More

काठमाडौं -राजनीतिक दलहरुले स्थानीय तहको चुनाव केन्द्रित कार्यक्रमलाई तीव्रता दिन थालेका छन्। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन  हुने भएसँगै दलहरु चुनाव केन्द्रित कार्यक्रममा व्यस्त रहन थालेका हुन्।  निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न पार्टीका केन्द्रीय नेतृत्व नै जिल्ला जिल्लामा पुग्ने क्रम चलिरहेको छ। देशभर ठूला, मझौला र साना सभाहरु गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ। पार्टीको बागमती प्रदेश समितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रुपमा तयारी गर्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताए। आमसभालाई भव्य, व्यवस्थित बनाउन प्रदेश अध्यक्ष विक्रम बहादुर थापाको संयोजकत्वमा ५५५ सदस्यीय आयोजक समिति गठन गरेको छ। काठमाडौं,…

Read More

भारत- भारतको पूर्वी राज्य बिहारमा मदिरा सेवन गरेर होली मनाएकामध्ये कम्तीमा ३२ जनाको मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार होली मनाउने क्रममा विषालु मदिरा सेवन गरेकामध्ये विहारका विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको हो। मृत्यु हुनेमा भागलपुरका १६, बाँकाका १२, मधेपुराका ३, नालंदका १ जना छन्। विषाधियुक्त मदिरा सेवनबाट दर्जनौं व्यक्ति बिरामी भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने जनाइएको छ। अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण भागलपुरमा २, बाँकामा ६ र मधेपुरामा दर्जनबढी व्यक्ति गम्भीर बिरामी भएका छन्। बिहारमा सन् २०१६ देखि अनाधिकारिक रूपमा उत्पादन हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। रक्सी खाएर मृत्यु भएको भनिएका…

Read More