Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नर्भिक अस्पताललाई सरकारसँग लिजमा लिएको जग्गामा नक्सा पास नगरी बनाएको संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएका छन्। अस्पतालले बनाएको उक्त संरचना सरकारसँग भएको सम्झौताविपरीत भएकोले २४ घण्टाभित्र हटाउन निर्देशन दिइएको हो। अन्यथा नियमअनुसार कारबाही हुने चेतावनीसमेत महानगरले दिएको छ। ‘प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि।नं। २०८५ क्षे।फ। १–८–१–१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिमतर्फ निर्मित संरचनाहरु (क्यान्टिन भवनलगायत) नेपाल सरकारसँग भएको सम्झौताविपरीत नक्सा पास स्वीकृत नगरी निर्माण भएको पाइएकोले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टाभित्र हटाउनु हुन जानकारी गराइन्छ। अन्यथा नियमानुसार कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ,’ महानगरको…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण भएको छ ।५३५१ जनामा गरिएको परीक्षणमा ९ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । अहिले देशभरि ५६८६ जना सक्रिय संक्रमित छन् । यस्तै, ४७० जना भने कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

Read More

काठमाडौं – धौलागिरी लघुवित्तले ३ लाख ९ हजार कित्ता आइपीओ जारी गर्दैछ। मंगलबार (साउन २४) बाट खुला हुने दरखास्तका लागि एक साताको अवधि छ। लघुवित्तले जारी पुँजी १० करोड ३१ लाखको ३२.१० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँकोे साधारण सेयर जारी गर्न लागेको हो। सेयर अंकित मूल्य प्रतिकित्ता १०० का दरले ३ लाख ३१ हजार कित्ता छ। जसमध्ये जारी पुँजीको ०.५ प्रतिशतले हुन आउने ५ हजार १ सय ५५ कित्ता कर्मचारीका लागि तथा सर्वसाधारणलाई छुट्याइएको सेयरको ५ प्रतिशतले हुन आउने १६,५५० कित्ता सामूहिक लगानीका लागि छुट्याइएको छ। त्यसपछि बाँकी हुन आउने ३ लाख ९ हजार २ सय ९५…

Read More

काठमाडौं – असमान ढंगले कर्मचारीहरुको तलव बढाइएको भन्दै काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बाहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । सोमबार अर्थ मन्त्रालयअगाडि तीन जिल्लाका नायव सुब्बाहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् । आइतबार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणाविपरीत तलव बढाइएको भन्दै नायव सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिएका छन् । यस विषयमा आन्दोलित कर्मचारी र अर्थमन्त्रालयका अधिकारीहरुबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका आन्दोलित नायव सुब्बा गोविन्दप्रसाद कोइरालाले बताए । उनले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका…

Read More

काठमाडौं – सांसदहरुले संवैधानिक आयोगका काम कारबाहीलाई थप प्रभावकारी बनाउन एउटै शक्तिशाली आयोग बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा भएको ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन र आगामी आवको स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति’ सम्बन्धमा भएको छलफलमा सांसदहरुले प्रत्येक जातजाति, भूगोल वा क्षेत्रको आधारमा छुट्टाछुट्टै आयोग बनाउनुको सट्टा सबैको प्रतिनिधित्व हुनेगरि एउटै शक्तिशाली आयोग बनाउनुपर्नेमा जोड दिएका हुन् । सांसद नन्दलाल रोका क्षेत्रीले सरकारले आयोग गठन गर्ने तर पर्याप्त बजेट नदिने र सहयोग नगर्ने सन्र्दभ उल्लेख गर्दै सबै जातजातिको प्रतिनिधित्व हुनेगरि एउटा मात्रै आयोग बनाउनुपर्ने तर्क गरे । सांसद कुमारी मेचेले सबै आयोगलाई एकै ठाउँमा गाभेर शक्तिशाली आयोग बनाउनुपर्नेमा जोड दिइन् । सांसद…

Read More

काठमाडौं – उच्च अदालतको न्यायाधीशका लागि २७७ जनाले आवेदन दिएका छन्। न्याय परिषद्‌ले २७ पदसंख्याका लागि साउन ११ गते दरखास्त आह्वान गरेको थियो। सोही आह्वानअनुसार इच्छुक २ सय ७७ जनाले आवेदन दिएका हुन्। परिषदका अनुसार कानुनव्यवसायीमा १ सय ६१, जिल्ला न्यायाधीमा ७५, न्याय समूहका कर्मचारीमा १३, सरकारी वकिल समूहका कर्मचारीमा ९, कानुन समूहका कर्मचारीमा ८ र अन्यमा ११ जनाले आवेदन दिएका छन्।

Read More

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरूको तलबमान लागू हुने बताएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरूको तलब असमान ढङ्गले वृद्धि गरिएको भन्दै आन्दोलित कर्मचारीहरूका नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाब दिएका थिए । उनीहरूसँगको भेटमा मन्त्री शर्माले तत्कालको लागि बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने बताएको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए । ५ कर्मचारी सङ्गठनका अध्यक्षहरूसँगको भेटमा अर्थमन्त्री जनार्दन शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र ‘पे कमिसन’गठन गर्ने प्रतिबद्धता व्यक्त गरेको पोखरेलले बताए । पोखरेलसहित निजामती कर्मचारी सङ्गठनका अध्यक्ष लेखनाथ कोइराला, नेपाल…

Read More

विराटनगर– सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बनाएका छन् । अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बनाएका छन् । मेहनती अधिकारी पाँच वर्षदेखि यो पेशामा आबद्ध छन् । एउटा पोखरीको माछा उत्पादनबाट आम्दानी हेरेर सङ्ख्या बढाएको उनको भनाइ छ । उनले गएको वर्ष ४० लाखको माछा बिक्री गरेका थिए । अभियानमुखी बहुउद्देश्यीय कृषि फार्मबाट उनले माछाका दाना उत्पादन गर्ने कारखाना स्थापना गरेका छन् । दाना उद्योगबाट वर्षेनी ४० टन दाना उत्पादन भइरहेको र प्रतिकेजी ५६ सम्म बिक्री भइरहेको बताइएको छ । पानीमा तैरिने र नतैरने दुई किसिमको दाना…

Read More

काठमाडौं – सुनसरीको इटहरी उपमहानगरपालिकाबाट प्रहरीले लागू औषध (खैरो हेरोइन) कारोबारमा संलग्न दम्पती सहित ४ जनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका–६ स्थित आइतबारेबाट प्रहरीले साउन २० मा इटहरी-४ घर भएका २८ वर्षका सुशान्त घिमिरे र २७ वर्षीया सिर्जना ओझाको साथबाट १ ग्राम १५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो । उनीहरूको बयानका आधारमा खैरो हेरोइनको डिलर सञ्चालक धनकुटा घर भएर इटहरी बस्ने ३४ वर्षीय विर्त सिंह राई र उनकी पत्नी ३५ वर्षीया पवित्रा राईलाई प्रहरीले पक्राउ गरेको छ । ​विर्त सिंह राईको डिलरमा ३ वटा करुवामा लुकाएर राखेको अवस्थामा ३३ ग्राम ९० मिलिग्राम खैरो हेरोइन फेला परेको इलाका प्रहरी…

Read More

काठमाडौं: साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More