Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – आगामी मंसिरमा हुने आम निर्वाचनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बैठक बस्न लागेको कार्यदलका सदस्य हिमलाल पुरीले जानकारी दिए। पाँच दलीय सत्ता गठबन्धनले आगामी मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको थियो। कार्यदलमा नेपाली कांग्रेसबाट ४, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य रहेका छन्। कार्यदलमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन्। त्यस्तै, माओवादीबाट वर्षमान पुन र जर्नादन शर्मा, नेकपा एकीकृत समाजवादीबाट प्रमेश…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौँको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दैछन् । ‘आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर जुम्लाबाट चुनाव लड्ने औपचारिक जानकारी गराउँदैछु,’ शाहीले भने । पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू पनि सहभागी हुने उनले बताएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्रका गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ ।…

Read More

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । आज बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल गर्न लागेका हुन् । सिटबाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज दिउँसो बस्दै छ । सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायतका विषयमा…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७८९ परीक्षणमा ५५३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ४० जनाको पीसीआर परीक्षणमा ४५१ र १ हजार ७४९ जनाको एन्टिजेन परीक्षणमा १०२ जना गरी ५५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।

Read More

काठमाडौं – प्रतिनिधिसभाले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको हो । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव समितिमा पठाउने राखेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो । गत २२ फागुनमा प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा सो प्रस्तावलाई पठाउने प्रस्तावलाई आइतबारको प्रतिनिधिसभाले बहुमतले स्वीकृत गरेको हो । गत फागुनमा संसदले एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादीका सांसदलाई समेटेर महाअभियोग सिफारिस समिति गठन…

Read More

काठमाडौं – लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् । लोसपा नेता शरदसिंह भण्डारीका अनुसार सरकारमा सामेल र मुद्दा फिर्ता छलफलका एजेन्डा रहेका छन् । लोसपाले आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जाने मनस्थिति बनाएको छ । सोही कारण अहिलेको सरकारमा लोसपालाई सहभागी हुन प्रधानमन्त्री देउवाले आग्रह गर्दै आएका छन् । आजको भेटमा ठाकुरले मधेस आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताविरुद्ध लगाइएको मुद्दा फिर्ता गर्न प्रधानमन्त्री देउवालाई आग्रह गर्ने भएका छन् । नागरिकता विधेयक संसदबाट पास गरेकाले वर्तमान सरकारमा सहभागी बन्न लोसपा लचक देखिएको…

Read More

काठमाडौं – गुल्मीमा ४० वर्षीया महिला बलात्कृत भएकी छन्। ती महिलालाई बलात्कार गरेको अभियोगमा मालिका गाउँपालिका-७ सिलादी बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । किशोरले ती महिलालाई मालिका गाउँपालिका-६ राहले कुमाल पंधेराको जंगलमा शुक्रबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरी चौकी मर्भुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका नवनिर्वाचित उपराष्ट्रपति जगदीप धनखडलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ । उपराष्ट्रपति पुनले आज शुभकामना सन्देश पठाउँदै भारतका नवनिर्वाचित उपराष्ट्रपतिको सफल कार्यकालको कामना गरेका हुन् । उपराष्ट्रपति पुनले सो सन्देशमा भारतका नवनिर्वाचित उपराष्ट्रपतिको कार्यकालमा नेपाल र भारतबीचको बहुआयामिक सम्बन्ध अझै सुदृढ तथा विस्तार हुने विश्वास व्यक्त गरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

Read More

काठमाडौं – सरकारले सर्वोच्च अदालतको आदेश अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा विज्ञ समूह गठन भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । विज्ञ समूहमा पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वाधार विज्ञ डा.सूर्यराज आचार्यसहितका व्यक्ति रहेको उनले जानकारी दिए । समूहले १ महिनाको समय पाएको छ । समूहमा वातावरण, विकास, अर्थतन्त्र र हवाई क्षेत्रका विज्ञहरु समावेश रहेको महानिर्देशक अधिकारीले जानकारी दिए । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणमा यसअघिका सबै प्रक्रिया रद्द गरी विज्ञ समूहको सुझावका आधारमा अगाडि बढ्न…

Read More

काठमाडौंँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले एक चीन नीतिमा उभिन सरकारलाई अनुरोध गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद प्रदीप ज्ञवालीले चीन र ताइनवानबीचको तनावमा हस्तक्षेप गर्न नहुने बताए । उनले नेपाल एक चीन छिमेक नीतिमा उभिनुपर्नेमा जोड दिए । उनले तिब्बत, हङकङ र ताइवान समेत चीनको अङ्ग भएको नेपालले स्वीकार गर्नुपर्ने बताए ।

Read More