Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सञ्चार तथा सुचना प्रबिधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले साहित्कारको सम्मान र संरक्षण गर्नु सरकारको दायीत्व भएको बताएका छन् । १२ वर्षिया वाल लेखिका गीत पछाईको अंग्रेजी छोटो उपन्यास पोर्टलको विमोचन गर्दै सो कुरा बताएका हुन् । उनले सानो उमेरमा दोस्रो पुस्तक प्रकाशन गरेर अमुल्य कार्य गरेको बताउदै यस्ता कलाकारलाई अमुल्य गहनाको रुपामा संरक्षण गर्नुपर्ने बताए । उनले भने,‘१२ वर्षिया वाललेखिकाको पुस्तकले लाखौंलाई प्रेरणा दिएको छ । उनको यो उपन्यासलाई विश्वभर फैलाउन सरकारले सहयोग गर्नेछ ।’ यस्ता साहित्यकारको रचनालाई सञ्चारमाध्यमले प्रचार–प्रसार गरेर सहयोग गर्नु सबैको कर्तब्य भएको बताए । विमोचन कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री मेटमणी चौधरीले सानै उमेरमा साहित्यको माध्यमबाट…

Read More

काठमाडौँ – नेकपा एमालेले स्वास्थ्य बीमा कार्यक्रम र कोरोना बीमाको भुक्तानीलाई निरन्तरता दिन माग गरेको छ । आजको संसद बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले उक्त माग गरेका हुन् । स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउनुपर्ने र बीमा रकम बढाएर ६ लाख पुर्‍याउनुपर्ने पनि उनले बताए । स्वास्थ्य बीमालाई २०७४ को ऐन अनुसार पूर्ववत रुपमा सञ्चालन गर्न संसदीय समितिले निर्देशन दिएको दुई हप्ताभन्दा बढी अवधि भइसक्दा पनि कार्यान्वयन नहुँदा लाखौँ मानिसहरू यसको सुविधाबाट वञ्चित भएको उनले बताए । ६ अर्बभन्दा बढी कोरोना बीमा रकम भुक्तानी गर्न आनाकानी गरिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । उनले गंगालाल…

Read More

काठमाडाैं – आइतबार सुनचाँदी दुवैको मूल्यमा घटेको छ। सुन तोलामा ५ सय र चाँदी १५ रुपैयाँ घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार तोलाको ९६ हजार ८ सय रुपैयाँ थियो। यस्तै चाँदीको मूल्यमा पनि गिरावट छ। महासंघका अनुसार गत साताका तुलनामा तोलामा १५ रुपैयाँले घटेको छ। आइतबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ५ रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबार तोलाको १२ सय २० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी दुवैको कारोबार मूल्यमा गिरावट देखिएको छ। गत शुक्रबार प्रतिऔंस १७९२.५८ डलरमा कारोबार भएको सुन घट्दै आइतबार…

Read More

काठमाडौँ – अभियान लघुवित्तको आईपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको । यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन…

Read More

काठमाडौं – गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सत्तारुढ दल काँग्रेस निकट भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले राष्ट्र बैङ्क अगाडी प्रदर्शन गरेको छ। आज बिहान प्रदर्शनका लागि पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले २१ प्रदर्शनकारीलाई पक्राउ गरी प्रहरी वृत्त मालिगाँउमा राखिएको छ। नेकपा एमालेको आर्थिक विभागमा एम अधिकारीको नाम समावेश गरिएको भन्दै सत्ता गठबन्धनले विरोध गर्दै आएको छ। एमाले र गभर्नर अधिकारीले भने एम अधिकारी महाप्रसाद अधिकारी नभएको प्रस्टीकरण दिइसकेका छन्।

Read More

टोकियो — पाँच दिने जापान भ्रमणमा रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जापानको हिरोसिमास्थित संग्रहालयको भ्रमण गरेका छन् । दाहालसहितको् टोलीले आणविक बम खसेको हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गरेका हुन् । नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ । प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहेका छन् । दाहाल यही २५ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौं – बुटवल तर्फ जाँदै गरेको ट्रक गुल्मीमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमिचौरमा लु १ ख १८६६ नम्वरको ट्रक दुर्घटना हुँदा चालक गुल्मीदरवार गाउँपालिकाका अन्दाजी ३५ वर्षका रनबहादुर ढेगाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। खाली ट्रक सिमीचौरको राङबासबाट बुटवल तर्फ जाँदै गरेको थियो। ट्रक करिब सडक देखि दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको गुल्मी प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – प्रतिनिधि सभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाभियोगबारे छलफल हुने उल्लेख छ । “०७८ फागुन २९ गतेको बैठकमा देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने छ,” सम्भावित कार्यसूचीमा उल्लेख छ । प्रतिनिधि सभाको बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

Read More

काठमाडौं – अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार भएको बम विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् । अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतंकवादी समूह इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ । विस्फोटमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका अस्पतालका एक वरिष्ठ अधिकारीले बताएका छन् । अनलाइन पोस्ट गरिएको भिडियो फुटेजमा एम्बुलेन्सहरू घटनास्थलमा कुदिरहेको देख्न सकिन्छ । गत शुक्रबार काबुलमा इस्लामिक स्टेटले गराएको विष्फोटमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने १८ जना…

Read More

काठमाडौँ- गीतका कारण सर्जक शिव हमाल विवादमा परे। उनको शब्द रचना रहेको तीज गीत ‘पापाकी परी’ सार्वजनिक भएपछि उनी विवादमा परेका थिए। गीतको म्युजिक भिडिओमा मोडल करिश्मा ढकाललाई पेटिकोट लगाएर नचाएपछि गीत विवादमा परेको हो। विवाद चर्किएपछि गीतको दृश्य सम्पादन गरिएको छ। गीतको केही शब्द पनि हटाइएको छ। सार्वजनिक गीत आशिष अविरलको संगीतमा सुशीला पाठकले गाएकी हुन्। गीत रिलिज भएकै दिन आलोचना सुरु भएको थियो। आलोचना बढ्दै गए पनि गायिका सुशीला पाठक गीत नहटाउने जिकिर गरिरहेकी थिइन्। गीतकी मोडल करिश्मा पनि गीत हटाउन नहुने अडानमा थिइन्। तर शिवले गीतका केही शब्द र दृश्य हटाउन दबाब दिएका थिए। राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी समेत…

Read More