Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा एमालेका सांसदहरुले राष्ट्रिय सभाको बैठक बहिष्कार गरेका छन् । अध्यक्ष गणेश तिमिल्सिनाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री जनार्दन शर्मालाई डाक्ने बित्तिकै एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् । राष्ट्रिय सभाबाट एमाले सांसदहरु बाहिरिए पनि अर्थमन्त्री शर्मा बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आएको छ ।

Read More

काठमाडौं – काठमाडौँको नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिएका छन् । घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । किटानी जाहेरीसँगै ज्यानसम्बन्धी कसूरमा श्रेष्ठमाथि अनुसन्धान भइरहेको र आजै म्याद थपको तयारी रहेको जनाइएको छ । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो । गायिका सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । घटनास्थलमा मोबाइल फेला नपरेको र उनको सलसमेत समेत घटनास्थलभन्दा बाहिर फेला परेकाले कर्तव्य गरी मरिएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । पक्राउ…

Read More

काठमाडौं – सरकारले एलपी ग्यासलाई क्रमिक रुपमा विद्युतीय चुलोेमार्फत प्रतिस्थापन गर्न ‘विदेशी ग्यास छोडौँ, स्वदेशी विद्युत् जोडौँ’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिरहेको र त्यसबाट सार्थक सफलता हासिल गर्ने क्रममा रहेको स्पष्ट पारेको छ । आन्तरिक बिजुलीको खपत बढाउने तथा विदेशी ग्यासको आयातलाई क्रमश: घटाउने लक्ष्यका साथ सरकारले अभियानात्मक, प्रवद्र्धनात्मक रुपमा काम भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी दिनुभयो । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा ऊर्जामन्त्री भुसालले नेपालको समग्र विकासमा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विशिष्ट भूमिका रहेको बताउनुभयो । दुई वर्षभित्र सबै नेपालीलाई भरपर्दो बिजुली मन्त्री भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली…

Read More

काठमाडौं – राप्रपाको केन्द्रीय प्रशिक्षण विभागले असार ११ र १२ गते काठमाडौंमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला, प्रदेश र पालिका तहसम्म प्रशिक्षण सञ्चालन गर्न विभिन्न व्यक्तिलाई प्रशिक्षण विभागको प्रदेश संयोजकको जिम्मेवारी प्रदान गरेको छ । विभागका सदस्य सचिव दिनेश कार्कीले दिनुभएको जानकारी अनुसार,प्रदेश नं १- इनु अधिकारीमधेस प्रदेश – गिरिश गिरीबागमती प्रदेश- नानीमैया आचार्यगण्डकी प्रदेश- वरुण विक्रम राणालुम्बिनी प्रदेश- प्रेमनारायण चौधरीकर्णाली प्रदेश- धनसुर शाहीसुदुरपश्चिम प्रदेश- अभिषेक जोशी

Read More

महेन्द्रनगर – जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार, बुधबार र विहीबार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई एक-दुई स्थानमा भारी बर्षाको समेत संभावना रहेको छ। तसर्थ मंगलबार देखि बिहिबार सम्म देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा…

Read More

कैलाली – कैलालीको गोदावरीमा गाडीधनीलाई कुटपिट गरी एउटा निजी गाडी लुटिएको छ । डडेलधुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर उनको गाडी अपरिचित व्यक्तिले लुटेका हुन् । महेन्द्रनगरबाट लिफ्ट मागेर आएका ३ जनाले गोदावरी ५ मा आइपुगेपछि कुटपिट गरेर गाडी लगेको भण्डारीले बताए । ‘महेन्द्रनगरबाट सँगै ल्याएको थिएँ, यहाँ रोकेर फोटो खिचौं भने,’ भण्डारीले भने, ‘गाडी रोकेपछि ३ जनाले हातमुख बाँधेर ढुंगाले हानेर गाडी उतै फर्काएर लगे ।’ घाइते भण्डारीको पद्या अस्पतालमा उपचार भइरहेको र लुटिएको गाडी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

Read More

दार्चुला–तिंकर सडक निर्माणमा संलग्न कामदारको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका–२ मालगाउँस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भीरबाट लडेर नौगाड गाउँपालिका–४ सिप्टीका अन्दाजी ४६ वर्षिय जय बहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । धामी आज विहान १० बजेतिर भीरबाट करिब ५ सय मिटर तल खसेको तथा घटनास्थलमै मृत्यु भएको बताइएको छ । अहिले उक्त स्थानमा इलाका प्रहरी कार्यालय दुहुँबाट इन्सपेक्टर लोकेन्द्र बहादुर कार्कीको टोली र सुन्सेराबाट प्रहरीको टोली घटनास्थलमा गइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक विष्टले जानकारी दिनु भएको छ । घटनाको बाकी विवरण आउन बाकी रहेको छ ।

Read More

काठमाडौं – नेपाल प्रहरी महानिरीक्षक नियुक्तिको रिटमा विपक्षी अर्थात् सरकार पक्षको बहस सुरु भएको छ। महान्यायाधिवक्ता कार्यालयको तर्फबाट शोभाकान्त भण्डारीले बहस सुरु गरेका हुन्। यस अघि जेठ ३० गते र असार ५ गते रिट निवेदक एआईजी विश्वराज पोखरेलको तर्फबाट बहस भएको थियो। आज पनि आफूहरुले बहस गर्ने पोखरेलकी कानुनी सल्लाहकार अधिवक्ता सुनिता राउतले बताएकी थिइन्। तर आज भने इजलासले विपक्षीलाई समय दिएको हो। सरकारी वकिल कार्यालयका तर्फबाट पनि बहसका लागि दुई दिन समय पाउनेछन्। महान्यायाधिवक्ताको कार्यालय र आईजीपी धिरजप्रताप सिंहको तर्फबाट निजी कानुन व्यवसायीले बहस गर्ने छन्। सरकारलेसिंहलाई आईजीपीमा बढुवा गरेपछि एआईजी पोखरेलले वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर…

Read More

एजेन्सी – बलिउड नायिका आलिया भट्ट आमा बन्ने भएकी छिन्। सामाजिक सञ्जालमा अस्पतालको तस्बिर सेयर गर्दै उनले लेखेकी छिन्, ‘छिट्टै हाम्रो बच्चा आउँदैछ।’ आलिया अहिले पति रणवीर कपूर सँग लण्डनमा बस्दै आएकी छिन्। रणवीर र आलियाको विवाह मुम्बईस्थित घर वास्तुमा नजिकका साथीभाइ र परिवारका बीचमा भएको थियो। ५ वर्ष डेटिङ गरेपछि दुवैले १४ अप्रिल २०२२ मा विवाह गरेका थिए।

Read More

काठमाडौं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गर्ने क्रममा दुई निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै पर्यटन मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्ने क्रममा दुई महत्त्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका हुन् ।  उनले विश्व संम्पदा सूचीमा परेका हनुमानढोका र स्वयम्भूलाई जोड्ने गरी हेरिटेज मार्ग बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । श्रेष्ठले आफू सांसद हुँदादेखि सुरु गरेको कामलाई पुरा गर्नेगरी उक्त निर्णयमा हस्ताक्षर गरेको बताए । सोही शीर्षकमा काम गर्नेगरी डिपिआर सहित बजेट समेत विनियोजन भइसकेको छ । त्यस कार्यलाई तिव्रता दिनेगरी निर्णयमा हस्ताक्षर गरेका हुन् । यस्तै कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित…

Read More