Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले आज शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। हिजो शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गोली प्रहारबाट ज्यान गुमाएका आबेको निधनमा राष्ट्रिय शोक बनाउने निर्णय गरेको हो। ‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आवेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ,’ मन्त्रिपरिषद् निर्णयमा भनिएको छ,’उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ। नेपाल सरकारले स्वर्गीय आवेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।’

Read More

कैलाली – कैलालीको धनगढी स्थित मोहना नदीमा पानीको सतहले खतराको तह पार गरेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहानदेखि नदीमा पानीको सतहले खतराको तह पार गरेको हो। मोहना नदीमा बाढी आएपछि तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कान्द्रा र मोहनामा पानीको सतह बढ्दो क्रममा छ भने कर्णाली नदीमा पानीको बहाव स्थिर रहेको छ।

Read More

महेन्द्रनगर – केही दिनअघि मात्रै गायिका इन्दिरा जोशीले सार्वजनिक गरेको गीतमा अहिले चोरेको आरोप लागेको छ। ‘पछ्यौरी’ बोलको गीत अंग्रेजी गीतसँग हुबहू मिल्न गएपछि चोरीको आरोप लागेको हो। अमेरिकी गायक जेसन डेरुलोले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेको गीतसँग जोशीको गीतमा प्रयोग भएका सुर तथा धुन हुबहु मिलेको छ भने उक्त गीत जोशीले आफ्नै शब्द, संगीत र स्वरमा एक साताअघि मात्रै सार्वजनिक गरेकी थिइन्।

Read More

काठमाडौँ – नयाँ नागरिकता विधेयक ल्याउनेबारे छलफलका लागि मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवाले साँझ ५ बजे बैठक आह्वान गरेका हुन् । बैठकमा नयाँ नागरिकता विधेयकबारे छलफल हुने बताइएको छ ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । सरकारको सिफारिसमा शुक्रबार राष्ट्रपति भण्डारी ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनका अनुसार राष्ट्रपति भण्डारीले डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी हुन् । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डोरनाथ अर्याललाई ओमन, नवराज सुवेदीलाई साउदी अरेबिया र वासुदेव मिश्रलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ प्रवक्ता आचार्यले जारी गरेको विज्ञप्तिमा…

Read More

काठमाडौं – अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मा माथि मंगलबारदेखि छानबिन थालिने भएको छ।करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको, सीसीटीभी फुटेज मेटाएको आरोपबारे छानबिन गर्न गठित संसदीय समितिले मंगलबारबाट काम सुरु गर्ने भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको थियो। समितिमा एमालेका ४ सांसद, २–२ सांसद नेपाली कांग्रेस र माओवादी केन्द्रका तथा एकीकृत समाजवादी, जसपा र लोसपाबाट १–१ सांसद सदस्य रहेका छन्। शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले राखेको सहजीकरण बैठकमा छानबिन समितिले मंगलबारबाट काम सुरु गर्न सहमति जनाएका हुन्। अर्थमन्त्री शर्मामाथि छानवीनको रिपोर्ट बुझाउन १० दिनको समय दिइएको छ। ‘शर्मामाथि छानबिनका लागि गठित…

Read More

पोखरा– गण्डकी प्रदेशसभामा एमालेले अवरोध गरेको छ । बजेटमा आपत्ति जनाउँदै एमालेले विभिन्न माग अघि सारेर अवरोध गरेको हो । अहिले बजेटअन्तर्गत वार्षिक विकास कार्यक्रमको मन्त्रालयगत छलफल चलिरहेको छ । छलफल बिहीबार नै सुरु हुने भनिए पनि एमालेले अवरोध गर्ने देखेर बैठक सुरु हुनुअगावै सूचना टाँसेर शुक्रबारका लागि सारिएको थियो । शुक्रबारको बैठक सुरु हुनेबित्तिकै एमालेले उठेर विरोध जनाएको हो । ‘वार्षिक विकास कार्यक्रम अध्ययन गर्दा प्रतिपक्षीमा रहेको हिसाबले मात्र होइन, सत्तापक्ष र समग्र पत्रकार र नागरिक समाजको पनि आपत्ति छ । प्रतिपक्षीले नउठाउने हो भने जे कमजोरी भएको छ, हामीले पनि समर्थन गरेको ठहरिन्छ,’ एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले भने, ‘प्रतिपक्षीको हिसाबले उठाउनैपर्छ ।…

Read More

काठमाडौं – अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिएकी छन् । उनले ज्योतिष तथा अभिनेता हरिहर अधिकारी सँग आज (शुक्रबार) लगनगाँठो कसेकी हुन् । नीता र हरिहरको विवाह समारोह दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा आयोजना गरिएको छ । विवाहमा दुवै तर्फका नजिकका आफन्त र सिमित साथीभाइलाई मात्र निम्त्याइएको छ । नीताले केही दिन अगाडि नजिकका साथीहरूलाई ब्याच्लर पार्टी दिएकी थिइन् । बुधबार उनको मेहन्दी तथा संगीत समारोह आयोजना गरिएको थियो । मेहन्दी समारोहमा अभिनेत्री रेखा थापा, अनु शाहलगायत कलाकार र केही रंगकर्मी पत्रकारको सहभागिता थियो । नीताले हरिहर सँगको केही बर्षको प्रेम विवाहमा परिणत गरेकी हुन् ।

Read More

काठमाडौं – गोली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ।शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो। उनको उपचारको क्रममा निधन भएको हो।प्रहरीले एक शंकास्पदलाई पक्राउ गरी छानविन अगाडि बढाएको छ।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई वटा विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपति भण्डारीले बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउ बिजन ऐन, २०४५लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Read More